सरकार नियोजन

Wednesday, January 2, 2013

याँ सरकार जन्मिने हल्ला चलेको पनि धेरै भैसको । तर आज भन्यो भोलि भन्यो सरकार जन्मिदै जन्मिदैन । महिनौ भैसक्यो सरकार जन्माउनका लागी बिपक्षी दलहरु जोडतोडका साथ लागी परेका तै पनि हातालागी सुन्य छ । उपलाब्दीको सुन्यता र कहिल्यै सरकार नबन्ने हैरानी बीच दलहरु खुइय~~~~~ गर्दै पसिना चुहाउदै छन । यद्यपी नयाँ सरकार भन्ने जिनिस क्यै गरी बन्दै बन्दैन । यसरी नयाँ सरकार जन्मिदै नजन्मिनुले दलहरुमा नपुंसकताको आसंका गरिदैछ । र सिंहदरबारमा बाँझोपनको लक्षण देखिदै छ ।
सितल निवासे रामबरण महामहिमले घरीघरी थपिदिइरहने म्यादले बाल्वाटारे बाउराम सम्माननीयलाइ पिल्स चक्कीको काम गरेको छ । राम्बरनले थपिरहने बाउराम्ले घुद्क्याइरहने अविछिन्न शृंखलाले नयाँ सरकार जन्मिने प्रक्रियाको बिरुद्दमा निरोधक कार्य गरेको छ । र लाग्छ सितलनिवास यतिबेला रास्ट्रपति भवन नभएर सरकार नियोजन क्लिनिकमा परिणत भएको छ ।

यसरी लगातार म्याद थपी रहदा अरु त दिक्क भै नै हाले । संगै बाउराम पनि दिक्क हुनु भएछ । ह्या~~~ कति सिध्याउनु र थप्नु ? जहिल्यै थप्याछ थप्याछ । एक दिन बिहानै उहाँ सरकार नियोजन क्लिनिकमा पुग्नु भएछ । एकाबिहानै बाउराम्लाई आफ्नो क्लिनिकमा आएका देखेर राम्बरन जिल खानुभएछ । भन्नु भएछ - " अरे ओउ बाउराम्जी ! चाइन्जो एकाबिहानै कताडी , कखरी आम्नु भो ? के पर्यो ? कतै म्याद चक्की त सकिएन ? दिनको एउटा मात्रै खाएको भए त सकिने थिएन । दिनको दुइ तिनोटै खानुभयो किया हो ? तर केही छैन सकिए नि । सकिएको भए लैजानोस सात आठोटा फेरी । "

बाउराम्ले भन्नु भो - " झुर मान्चे ! जहिल्यै म्याद थाप चक्की । दिक्कै लाग्दो । मलाई त एलर्जी भइसको । दिमाख खराब ।

राम्बरनले भन्नु भो - " लेह ! झन म्याद थपेर । सरकार नियोजनमा सहयोग पारीराछु झन दिमाख खराब रे | के सारो टिमुर्किएको मान्चे हौ । लु भनम न त भनम क्यारम त क्यारम ? त्यसो भए क्यारम म ? "

बाउराम्ले भन्नुभो - " अब चक्की नथपिदिनुस के । बरु संगिनी सुइ लाइदिनुस ताकी तीन महिना सम्मा ढुक्क होस । "

यता आज सरकार बन्ला भन्यो नि छैन । भोली सरकार बन्ला भन्यो नि छैन । दिक्क भएछन बिपक्षी दलहरु । ल भएन भनेर तिनिहरु पनि सरकार नियोजन क्लिनिक पुगेछन । राम्बरनले सोध्नु भो - " आम्मामा~~~~~~ एका बिहानै पाखुरा सुर्कदै बल बाँधेर आम्नु भच त ? अरे यार क्यार्न आम्नु भो हौ तपाईंहरु चै ? "  

बिपक्षीदलहरुले भने - " के हो हजुर | नयाँ सरकार जन्मिदै जन्मिदैन त ? चाइन्जो संगिनी सुइ लाइदेउ भन्दै बाउराम आ'का थिए रे । तपाईंले भ्यासेक्टोमी नै गरिदिएर पठाउनु भयो कि क्या हो ? "

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका