ठट्टा

Friday, January 25, 2013

असली नेता भन्या त्यो हो जसले जनताको मुहारमा हाँसो ल्याम्न सक्छ । यस तथ्यलाई बिचार गर्दा कामरेड प्रचण्ड सबभन्दा असल नेता हुनुन्च जस्तो लाउच । कारण उहाँले केहि दिन यता मुलुक हँसाएर दग्द गर्न थाल्नु भा'छ । आफ्नै कुरा गर्नुपर्दा नि आजभोली कमेडी शृंखला तिर त्यति मन जान छाडेको छ बरु सुम्चार चेनलतिर रिमोट घुमायो अनि पेटमिची मरीमरी हाँस्यो । कारणसुम्चार शृंखलाहरुमा फरक्क कपाल मास्तिर फर्काको चेस्मा लगाको अनि बाक्लो जुगा भा,को एक चरित्र नियमित देखा पर्दछन र तिनले अचेल लास्टै हंसाम्न थाल्या छन तिनी अर्थात कामरेड प्रचण्डघोषित रुपमै ठट्टामा उत्रिनु भएको छ । उहाको उच्च स्तरकोउच्च उणस्तरको ठट्टाले सुम्झी सुम्झी खित्खिताईरहन मुन लाइरन्च अचेल । नियमित हासोको यति पोटिलो कारण फेला पर्दा मन सारै गद्गद् भैराच । 

ठट्टाको सुरुवात भयो रहरबाट । उहाँले भन्दिनु भयो - " अबको प्रधानमन्त्री मै बन्छु । " एक्कासी उँहामा उठेको रहरको सुनामीले मान्छेहरु चकित भए । अनि प्रधानमन्त्री बन्न खुट्टा उचालीरहेका नेताहरु त्राही ताहि भए । एक्कासी उहामा उठेको रहरको सुनामीले कतै आफुलाई त बगाउने होइन भन्ने भयले बालुवाटार पनि कम्पायमान भयो । अनि त्याँ बसेर लाल्धोज नामले ट्वीटर चलामने मान्छेको मुटुमा पनि ठुलै रेक्टरस्केलको तरङ्ग पैदा भयो त्यो रात बालुवाटारमाहाराजगंज दुवै निदाएन । खास कुरो के हो भन्ने छटपटीले बल्खु,कोटेश्वर र बालकोट पनि निदाएन । उता डडेल्धुरे देउजा भने कुना फर्केर खितिखिती हाँस्दैमा आफ्नै आवाजको हल्लाले निदाम्न सकेनन ।


हुन त उहाजस्तो मुलुक जल्दोबल्दोबलियोबाङ्गो नेताले - " मै प्रधानमन्त्री भन्नु कुनै अस्वाभाबिक र अनौठो कुरा थिएन । " कामरेड प्रचन्ड प्रधानमन्त्री बन्नै पाइन्न भनेर अन्तरिम संबिधानका कुनै धारामा लेखेको थिएन । न त कुनै शास्त्रमा नै उल्लेख गरिएको थियो । तै पनि एक लट सबैको निद हराम भैसकेसी मुसुमुसु हाँस्दै भन्नु भो - " तोइट ! को भन्या छ प्रधानमन्त्री मैले त ठट्टा पो गरेको त । " त्यसपछी नेताहरुका अनुहार भरिलो भएर आयो । लोक मरीमरी हास्न थाल्यो । तर बाल्वाटारेलाई झोक मरेन । कुदेर आएर लोप्वा ख्वाए । प्रचन्ड कामरेडले आस्चर्यचकित हुँदै सोध्नु भो - " अरे ! किन लोप्वा ख्वाको ? " कामरेड बाल्वाटारेले भन्नुभयो - " झोक चलेर ।" प्रचन्ड कमरेडले सोध्नुभो- " गज्जप छ बा । झोक चै किन चलेको नि ? " कामरेड बाल्वाटारेले रिसाम्दै भन्नु भो - "अनी किन प्रधानमन्त्री बन्छु भन्नु भो त ? " प्रचन्ड कामरेडले भन्नु भो - " एssss! त्यो त ठट्टा पो गरेको त । के भन्नु हुदोरच भनेर । " बाल्वाटारे कामरेड नि मुसुमुसु हास्नु भो र भन्नु भो - " एsssss ! लोप्वा ख्वाको नि ठट्टा पो गर्या त । के भन्नु हुदो रहेछ । "

त्यसपछी प्रचन्ड कामरेडले लगातार हसाइ नै रहनु भएको छ । कहिले दैलेख पुगेर आफ्नै ठिटाहर्को भेश देखेर अर्कालाई "डाँका" भनेर सरापेर हासोको फोहोरा छुटाइदिनु हुन्छ । कहिले त नाकालाल्धोज र म एक भएम भनेर उच्चस्तरको पिस सुनाम्नु हुन्छ । फेरी कुदेर काठमाडौ आम्नु हुन्छ । अनी पत्रकारहर्का अगाडी " हामी दलहरु सहमतीको नजिकै आइ सकेम भनेर ठट्टा गर्नुन्च । " फेरी देश दौडाहमा निस्कनुन्च । अनी अर्को जोक सुनाम्नुन्छ - " पुरै मेचीकाली एमाओबादीको जनलहरले ढाक्यो । "

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका