ठोकेन्द्रको मनोबाद

Wednesday, January 9, 2013

डेकेन्द्रको हत्येको उत्खनन पश्च्यात यो ठोकेन्द्रको मनमा भुइचालो गइराखँ । सातो लैजाने गरि चिसो आधी हुरी चलीराको छ कि जस्तो लाइराख ।  यो कताकता डरकै महसुस गराई हो की भन्ने हामीलाई लाइराख । कि त डरमा हो कि त पिरमै मनमा नाना तर्कना खेल्ने गर्खन । निन्द्रा गायप् हुन्चन । यता पल्टियो उता पल्टियो । यो जाडोआ कल कल एक जग चिसो पानी खायो । सौचालय गयो आयो । सुत्यो फेरी उठ्यो | पानी खायो सौचालय गयो । मनमा एक तमास कुराहरु खेलिरन्चन । ये उल्का~~~~ ! के सारो कुरा खेलिरा'का हुन मनमा ? थर्काम्न मुन लाउच कइले कइ त - " ए कुराहरु ! तिमार्का काम चैन ? मनमा कति खेलेका ? हैन तिमारु केटाकेटी हौ की क्या हो ? केटाकेटी नै भए पनी , तिमारु किन खेल्छौ ? तिमार्लाई पढ्नु पर्दैन ? होमोर्क अर्न पर्दैन ? जैल्यै खेल्याच खेल्याच । पढ्नु उन्नु चैन । तिवर्ले जखरी खेलेर बस्या भए म थोडी पिएचडी धारी डाक्टर बन्थे ? थोडी बोर्ड फ्रस्ट खेलेर ल्याइन्थ्यो ? तर कुरा खेल्न छाड्दैन । मलाइ लास्ट झोक चलेर आम्च । थर्काम झैँ लाउच - " ए कुरा , चैन्जो मेरा मनमा किन खेल्चौ हँ ? तिमा पिडम्लामा सुम्ला उठाम ? मेरो मन थोडी रंगशाला हो र तिमारु यखरी खेल्नलाइ ?


कुरा बोल्दैन । म र मेरो कुरा बीच यस्तो भिषण द्वन्द चर्कीदा कखरी निदाम्न सकेकी होली यी मिसिला चै । हेर घुरेकी । अब त यिनकै निन्द्राले नी निन्द्रा नपर्ने भो ।

फेरी कुराहरुको ओलम्पिक सुरु भयो मनमा । जिम्दै पुरिएका डेकेन्द्रको उत्खनन सुरु भो । डेकेन्द्रलाइ रोपियो । जनयुद्द सप्रियो । जनयुद्दको सप्राइले के के फल्यो फल्यो । सिंह दरबारमा फलेको नरम आरामदायी फुनुनु घुम्ने यो मोहिनी कुर्सी पनी यसैको देन हो कि भन्ने हाम्लाई लाइराख । तथापी त्यहि फलेको पापले सिध्याम्ला सिध्याम्ला पारिरच आफैलाई । डेकेन्द्र रोप्ने ठोके हर्ले उत्पात मच्चाए । मेरै साशन अन्तर्गतको प्रहरी हिरासतमा परेछन । रोप्या कुरा सिनित्तै लाइदिएछन । अझ त्यसले पश्चताप भएको जेल जान तयार रहेको कुरा समेत भनि भ्याएछन । तेरीमा सिल्ली हो भसक्कै पारि हाल्यौ नि त । म ठोकेहरुको इन्द्र यानकी ठोकेन्द्रलाइ ठोकेहर्ले नै पिर पारे ।


यी मानबअधिकारबादीले नि उल्कै गरे । ठोकेहरुलाई उचालेर पाप स्वीकार गर्ने बनाएछन । जुरुक्क उचालेर जेल जाम जाम लाग्ने बनाएचन । क्यार्ने अब जानेले खुट्टो उचालेसी । एक मन त गए जाउँन ठोकेहरु जस्तो लाउच । अर्को मन सोच्छु मान्दै मान्दैन । मेरो सरकारले अपराधीलाइ कारवाही गर्ने ? मेरो सरकारले कानुनी राज्जेको परिकल्पना अर्ने ? उहु ! यो कखरी हुन्च ? यो हुनै सक्दैन । यो घोर अनर्थ हुन्छ । यो त मेरो सरकारकै बिजेत हुन्च । बिजेत भएको सरकारमा बसिरहनुको औचित्य के ? औचित्य नभेसी म सरकारमा बसिरहने कुरा आउन्न छोड्ने कुराले त जेन सिरिङ्ग भ’र आम्च । सरिरका सबै रौ ठाडीएर आम्च । लुउलुउ काम छुट्च । मेरो कुर्सी । मेरो इज्यत । मेरो सान । मेरो मान । धत कसरि परित्याग गरम ? अपराधीलाई उम्काउनै पर्ने हो । तर पैले जस्तो त्यती सजिलो भैराछैन । यी मानव अधिकारबादी, यी संचारकर्मी लगातार निद हराम गर्दै छन । डेकेन्द्रको केसमा ठोकेन्द्रलाइ निन्द्रा परेन । उहु , पर्दै परेन ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका