बालुवाटार पस्ने योग्यता

Friday, February 25, 2011

प्रधानमन्त्री नै भएर बालुवाटार पस्ने कुरा लरतरो हुदै होइन । थोरै भाग्यशालीहरुले मात्र त्यस्तो अवसर प्राप्त गर्न सक्छन त्यस्तै अवसर प्राप्त गर्ने थोरै भाग्यसालीमा कामरेड झलनाथ खनाल पनि पर्नु भएको छ । कुनै जमानामा बालुवाटार छिर्न चुनाव जित्नु पथ्र्यो । त्यस्ते एक जमाना यस्तो पनि आएको थियो कि चुनावको त्यहा“ कुनै अर्थ हु“दैन थियो नारायणहिटीबाट सक्षम र स्वस्थ छविको प्रमाणपत्र पाएपछि बालुवाटार पस्न पाइन्थ्यो आवासिय रुपमा । कामरेड मादप नेपलाले सक्षम र स्वस्थ छविको लाइसेन्सको लागि ट्रायल दिनुभएको थियो त्यतिबेला । तर इन्द्रधनुसी काइदाले निउरीएर मोहोर चडाउदा पनि कुन्नी कता मिस्तेक ख्वाएछ उहा फेल हुनु भयो भयो तर शेरबहादुर देउवाज्यूलाई भने एक से तिनको बालुवाटार छिर्ने लाइसेन्स खोसेर असक्षमको उपाधिसहित धोक्रेठ्याक लगाए पनि पछि फेरि स्वच्छ छविको ट्रायल पास गरी बालुवाटार प्रवेश गर्ने लाइसेन्स प्राप्त गर्नुभो तर पछि फेरि लाइसेन्स खोसियो र फेरि असक्षमको उपाधिसहित उनको लागि बालुवाटारको ढोका बन्द भयो उनले हालसम्म उनले आवासिय रुपमा बालुवाटार पसो आवासिय लाइसेन्स प्राप्त गर्न सकेका छैनन् ।
यता नारायणहिटीको ट्रायलमा फेल भएका कामरेड मादप नेपाल नारायणहिटीमा बस्नेलाई धोक्रेठ्याक लगाएर फाल्ने जनताको ट्रायलमा पनि फेल हुनुभयो । बालुटावार पस्ने लाइसेन्सको आस मारिसकेका कामरेड नेपाललाई चिठ्ठामै बालुवाटार पस्ने र बस्ने लाइसेन्स प्राप्त भयो । चतुर कामरेड मादपले कटुको इजारघरमा लाइसेन्स लुकाउर राखेका हुनाले कटुनै खुस्कि सकेको लज्जापूर्ण अवस्थासम्म पनि बालुवाटारबाट बाहिर निस्कन परेन । आखिर कामरेड झलनाथ खनालले उनको लाइसेन्स सडकाउन भ्याउनुभयो र कामरेड प्रचण्डको कृपाले त्यसलाई प्रप्त गर्नुभयो । त्यसपछि उहा बालुवाटार पस्नु भएको छ । उहाको अहोभाग्य नै मान्नुपर्छ आजका मितीसम्म उहा लाइसेन्स खोसिएर बाहिर निस्कनु परेको छैन ।
आवासिय रुपमै बालुवटार पस्नु निकै गाह्रो कुरा हो । तर राजनीतिक नेताहरु बिशिष्ट व्यक्तिहरु तथा प्रमज्यूका आफन्तहरु सजिलै बालुवाटार पस्ने र निस्कने गर्ने गरेका छन् । त्यसमाथि प्रधानमन्त्री बन्न तछाड मछाड गरेर लाइनमा बसेकाहरुका त बालुवाटार पस्ने र निस्कने काम बाक्लै भइरहन्छ । बस्ने गरी पस्नलाई सितिमिती अवसर नजुटेता पनि निस्कने गरी पस्नलाई भने पाइ रहन्छन् उनीहरु । तर यस्तै प्रधानमन्त्री पस्ने लाइनमा बसेका अनि प्रधानमन्त्रीजयूकै पार्टी बरिष्ठ नेता ओली कामरेडलाई भने बालुवाटार पस्न ढोकाबाट भएछ त्यसपछ उहा बालुवाटार बस्नेसग दुवासा हुनुभा छ ।
तर उहा रिसाउनु भएकोमा छक्क पर्नेहरु धेरै छन् अब प्रधानमन्त्री निवासमा प्रवेश गर्नलाई निश्चित नीति र नियम त पालन गर्नैपर्‍यो । त्यहि नीति पालन नगरेरै उहालाई रोकिएको हुन सक्छ त्यसैले एक पटक त्यस्ता नियम एक चोटी पढे हुन्थ्यो यसरी झनक्क रिसाउनु भन्दा । आखिर बालुवाटार पस्न योग्यतै पुगदैन भने आखिर किन चिडिने पस्न पाइएन भने – बालुवाटार छिर्ने योग्यता ।
सामान्य व्यक्तिको हकमा ः
वाइसीयल सदस्यता वा गौरवशाली पार्टी संलगनता देखिने कागजातको प्रमाणित प्रतिलिपि बुझाउनेहरु ।
विशिष्ट व्यक्तिको हकमा ः मनेभित्र पस्न पाउ भन्दै आउने । कपाल मास्तिर फर्काएको बाकलो जुंगा पालेको चस्मा लगाएको बढो भावुक मान्छे ।

प्रवेश निषेध !!

Saturday, February 19, 2011


पिरिम टुट्ला है


खनाल भोजनालय !!


बिदेसी इसारा

मेरो आखा स्विमिंग पूल हो ?

भाडामै भएनी !!


चड्कनको स्वाद !!


 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका