नेतालाई कसले सक्नु ?

Wednesday, July 10, 2013

   एकताका एमाओबादी अध्यक्ष कामरेड प्रचण्डले भाषण ठोक्नु भएको थियो - " अरुले नाचेको, नानीका बाबुले खुट्टा घुमाएको ।" जसको सान्दर्भिकता दिनानुदिन थपिया थपियै छ । जतिबेला प्रधानन्यायाधिशको नेतृत्वमा कर्मचारीहरु क्याबिनेट सदस्य रहेको चुनाबी सरकार बन्यो । तव धेरैले भने अब नेता र दलहरुका दिन गए । अब सरकार नै कर्मचारीहरुले चलाउने भएपछी के काम दलहरुका ? के काम नेताहरुका ?? अब नेताहरु सकिए । तिनका अधोगती सुरु भयो । तर केका हुन्थ्यो ? नेताका दिन पनि कहिल्यै जान्छ ? नेताको दिनको त आउने ढोका मात्र छ । जाने ढोका नै छैन । आएको छ , आएको छ बरु दिनहरुकै भिड लाग्ला । तर नेताहरुको दिन जादैन । त्यसैले सरकारमा पुग्दैमा कर्मचारीहरुको प्रगती भयो र नेताहरुको दुर्गती भयो भनेर भन्नै मिल्दैन । प्रगतीको होडमा कर्मचारी पनि नेता कै लाइनमा बुर्कुसी मारेको पक्कै हो तर नेतालाइ तिनले भ्याउन त सपनामा नि नसोचे हुन्छ । अब कर्मचारी सरकारमा भाको नेता संयन्त्रमा भाको । पावरै नाप्दा नि कम्ती भन्दा बढी नै देखिन्छ । पावरै बढी देखिएसी प्रगती त बढी देखिने नै भयो । 

हालै ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका 'प्रगतीकर्ता'हरुको प्रतिबेदन सार्वजनिक गर्यो । ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ नाम दिएको उक्त प्रगती प्रतिबेदनले नै प्रगती दौडमा कर्मचारी भन्दा नेताहरु निकै अगाडी बुर्कुसी मारिरहेको देखाएको छ । 'प्रगती' र 'प्रगतीकर्ता'को अर्थमा मा नझुक्किनु होला । प्रगती भनेको भ्रष्टाचार र प्रगतीकर्ता भनेको भ्रष्टाचारी हुन । यहाँ भ्रष्टाचार माने प्रगती हो । उनीहरुले भ्रष्टाचार मार्फत जिन्दगीमा छलाङ मार्छन । जीवन स्तर ह्वात्तै उकास्छन । समाजमा इज्यत प्रतिष्ठा प्राप्त गर्छन । यहाँ कसले कसरी हैन कसले कति कामायो भन्नेमा इज्यतको निर्धारण हुन्छ ।

न्यायको शासन

Wednesday, July 3, 2013


यो मध्य कलिजुगमा मुलुकमा न्यायको शासन हलक्कै मौलाएको छ । यसरी हलक्कै मौलाएको कानुनी शासनले कलिजुगमा अन्यायी अधर्मीहरुको बोलबाला हुनेछ भन्ने शास्त्रको बचनलाई कडा चुनौती दिएको छ । अन्त अन्यत्रतिर नभएको न्याय र अधिकार हाम्रै मुलुकमा देखापर्दा संसारभरीकै न्याय सोहोरिएर यता आएछ कि भनेर अचम्म लाग्न थालएको छ । र खिरारेकालिन नेपालको यो अवस्था राम शाह कालिन गोरखालाई उछिन्ने तरखरमा लागेको छ ।

जव न्याय अन्याय छुट्याउने ठाउमा रहेका प्रान्या खिलराज रेग्मीजी जुरुक्क उठेर सिंहदरबार छिर्नु भो तव मुलुकमा न्याय नै न्यायको छेलोखेलो हुन थाल्यो । जताततै न्याय नै न्याय जताततै अधिकार नै अधिकार मुलुक त्यसै त्यसै झलमल हुनथाल्यो । र खिरारे न्यायको ज्योतीले मुलुक धपक्कै बल्यो ।

अचार संहिता

Friday, June 28, 2013

चुनाबको मिती घोषणा भएपछी दलहरु प्रचारका लागी दाम्लो छिनाएर बुर्कुसी मार्न थाल्छन । यो बुर्कुसी मार्ने क्रममा उनीहरु ककल्लाई लछार्छन ककल्लाई पछार्छन अनि ककल्लाई कुल्चिन्छन पत्तै हुन्न । अहिले नि चुनावको मिती घोसणा भैसकेको छ र दलहरु दाम्लो छिनाएर बुर्कुसी मारेका छन । यसरी बुर्कुसी मार्दै अनियन्त्रित हुने गरेका दलहरुलाई नियन्त्रण गर्ने काइदाको रुपमा निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु गर्छ र यसको चर्चा नि खुबै हुन्छ चुनाबी समयमा ।

त्यो आचार संहिताको नया मस्यौदा प्रस्तुत गरेको छ निर्वाचन आयोगले जसले खर्च गर्ने हेलिकप्टर प्लेन चड्ने देखि लिएर गाली गलौज गर्न नपाइने सम्म आचार संहितामा उल्लेख गर्या छ । यसो हेर्दा यो आचार संहिता संहिता नभएर मिठो कल्पना संग्रह जस्तो लाग्छ । अव चुनावमा गालि गर्नै नपाएसी के चुनाव भयो र ? सत्तोसराप नै नगरेसी के राजनिती भयो र ? त्यसैले लाग्छ यो कतै आचारसंहिता नभएर अचार संहिता पो हो की | पेट नभरे नि थरि थरी स्वाद दिने । 

नुनिलो स्वाद :
निर्वाचन आयोगले १० लाख भन्दा खर्च गर्न नपाईने भन्यो । चुनावमा जाने सुकालाल हरुले ट्वाक्क जिप्रो पड्काए र भने -" खुच्चीम " । धनीलालहरुलाई यो नुन चर्को अचार जस्तो भो । ए रात्तै पैसो नै नलिकन कसरी भोट माग्ने ? अर्काथरीले भने जनताले पत्याएसी त्यसै भोट दिन्छन । भोट पनि किन्ने कुरा हो ? अर्का थरिका कुरै बेग्लै, भने -" जनताबाट केही कुरा नि त्यसै लिन हुन्न । त्यसमाथी भोट जस्तो अमुल्य कुरा ।" अर्काथरी अलि इमान्दारको बुझाइ छ । जनताबाट फिरीमा भोट लिने कहाँ हो र ? अहिले भोट लिने पछी संबिधान दिने । धनीलालहरुको तर्क होला -" खुपै । अब नि संबिधान दिन्छु भन्दा पत्याउलान नि जनताले ?

ताला

Wednesday, June 19, 2013

"कामरेड अभिबादन । "
बिहान सबेरै सटर अगाडी टुप्लुक्क आइपुगेका बैध्यबालाई पसलेले भन्यो ।
"के सेवा गरुम ।"

"हाम्रो महान क्रान्तीकारी पार्टीको क्रान्तिकारी नेताले सेवा चाहदैन भनेर भन्नोस ।"
बैध्यबाले भने ।
"बरु बिक्री गर्नोस भनेर भन्नोस ।"

"हुन्छ कामरेड |"
साउजीले भने ।
"बरु भन्नोस, के चाइयो ?"

"ताला  दिनोस एक ट्रक ।"
बैध्यबाले भने ।
"अबको आन्दोलन देश ब्यापी बनाउनु पर्छ भनेर भन्नोस ।"

चुनाव नहुनुको बेफाइदा ।

बेलामा चुनाव भएको भए संबिधान बन्थ्यो नै भने पक्का थिएन । तर चुनाव भएको भए फाईदा भने अवस्य हुन्थ्यो । कसैगरी फाईदा भइहालेछ भने पनि घाटा चाही हुन्थेन । किनभने अहिले लगातार परीरहेको झरीले कम्ता दु:ख दिरहेको छैन मान्छेलाई । अहिले चुनाव भएको भए माओबादी अधक्ष प्रचन्डले भनेझै मससुन ढिला सुरु हुन्थ्यो । पानी ढिलो पर्थ्यो । अहिले झरिले यती सम्म बिध्वंस मच्चाउने थिएन । असारको लास्ट तिर मात्र रोपाइ अनी खेतीपातीको काम हुन्छ । सुरुमा त असारे धान भित्र्याउने काम हुन्छ । यस्तो बेलामा किन चाइयाथ्यो पानी ? किन चाइयाथियो मनसुन । बेकारमा दार्चुलामा बाढीले त्यत्रो क्षती हुने थिएन । धन-जनको खती हुने थिएन ।

माओबादीले त भन्या भन्यै थिको असारमै चुनाव हुनु पर्छ भनेर । बिध्वंसबाट आएको पार्टीले बिधवंस नै रोक्न यसो भन्यो होला भनेर कसले पत्यायो र ? आखिर चुनाव भएन । चुनाव नभएसी मनसुन फुर्सदिलो भो । काम पाएन । क्यार्नी त भन्यो छिट्टै आयो । खेतीको समय आएको भए पो मनसुन काममा आउथ्यो । छिट्टै आएको मनसुनले काम पाएन । उपद्रोमा लाग्यो ।

जहाँ इच्छा त्यहाँ उपाय |

Wednesday, June 12, 2013


हाम्रो शिक्षा जसले बाँच्न सिकाउदैंन बरु मर्न सिकाउछ |



‘उसिनेको आलु’ डाइलगमा नेताहरु !


"नेता भनेको त यी यस्तो जुँगावाला हुनु पर्छ ।"
जुंगामा ताउ लगाउदै प्रचण्डले भने ।
"दारी त बोकाको नि हुन्छ ।"

"उसको त उ हुनु पर्छ ।"
सुसिलदा'ले जंगिदै भने ।
"उ त उसको नि हुन्छ ।"

"बोली हेर न | बुझे मारिदिनु ।"
देउबाजीले खिस्याए जसरी खितखित हाँस्दै भने ।
"थेगो त 'भन्देखिनलाई' पो हुनु पर्छ त ।"
थपे ।
"उलाला त डर्टी पिक्चरकी बिध्या बालनले नि भनिदिन्छिन ।"

"उदाहरण भन्या त नेपाली पो दिनु पर्छ त"
राष्ट्रियता छाट्दै कामरेड झलानाथले भने ।
"हिन्दी उदाहरण त रामचन्द्र झाले नि दिन्छन ।"
थपे ।
"दिल्ली गाको फुर्ती लागाइहाले । आफ्नो नि बुझे मारीदिनु । अर्कालाई भन्छन ।"  

खिरारेको चुनाव

Wednesday, June 5, 2013

          जोस्याउनेले जोस्याए, जोसिने जोस्सिए । सर्बोच्चबाट झिटिझाम्टा बोकेर खिरारे सिंहदरबार पसे । मिसन चुनावको । उठ्नेहरु उठ्न तम्सिए । बस्नेहरु बस्न तम्सिए । नेताहरु गाम पस्न पर्ने भएसी भुडी घटाउन मर्निंग वाक जान थाले । लजाउनेहरु पाचक र बुर्काको जोहो गर्न थाले । चुनाव हुने भएसी राजनीतिक प्राणिहरु एक्कासी सक्रिय देखिन थाले ।
सबका सब दलहरु र नेताहरु चुनावी सर्दमको जोहो गर्न थाले । कोही भाटा बनाम्न लागे । कोही चन्दा उठाम्न । जनताकहाँ जाँदा बोल्ने बोलि मिठो र चिल्लो बनाउन कतिले आफ्ना रुद्रघन्टिमा तेल घस्न थाले । जनताकहाँ जादाँ यो कुरा मैल्यै गरेको हुँ भन्ने देखाम्न आफ्ना क्षेत्रको बिकाश निर्माणको लगत राख्न थाले । अरुलाई सराप्नु पर्ने गालिहरुको महाकाब्य नै रचना गर्न थाले कोही । कोही  त्यसैलाई टुप्पी बाँधेर पढ्न थाले । आफ्नो आंगको भैसी लुकाएर अर्काको आंगको जुम्रा कसरी हाइलाइट गर्ने हो सो को ट्रेनिङ लिन भर्ना भए कोही ।


यसरी चुनावको माहोलले शहर तात्यो । गाउँतिर नि संबिधान बनाउन पठाएका मान्छेहरु संबिधान नै बनाउन नसकी फेरी पठाउ भन्दै गाउँ फर्किदै छन भन्ने चर्चा भयो । उनिहरु कस्ता मुख लागेर फर्केलान त भनेर त्यता ठुलो उत्सुकता भयो । आफुले तोकेका जिम्मेबारी पुरा नगरी आफ्नै मोजमस्तीमा डुबेकाहरु लज्जित भएर घोसेमुन्टो लगाएर आफ्ना अगाडी उभिएको हेर्न उनीहरु लालाहित भए ।

नोबेल पुरस्कारको रहर

Wednesday, May 29, 2013

   मान्छेमा अचानक पैदा हुने रहरले पनि मजैले मनोरंजन प्रदान गर्छ कहिलेकाहीँ । रहरले रहर गर्ने मान्छेलाई पैदा गर्ने आत्मरति त छदैछ । अभिव्यक्त रहरले सुन्ने मान्छेहरुलाई नि गज्जपले हँसाउछ कहिलेकाही । त्यतिबेला उल्का रमाइलो हुन्छ जतिबेला कसैको रहर पनि ठट्टाको भाकामा उर्लिएर आउछ ।


कुरा कामरेड प्रचण्डको हो । उहाँलाइ नोबेल पुरस्कारको रहरले छोएछ । नुवाकोटको एक आमसभामा व्यक्त त्यहि रहर नै आज दिल खोलेर हास्नका निमित्त गतिलो बहाना भनेको छ । उहालाई अकस्मात त्यो रहर नभएको भए आज मान्छेलाई खित्खिताउन ठट्टा गर्न त्यति च्वाँक बहाना कहा मिल्थ्यो होला र ? धन्य उहाको रहर लाई । जसले उहालाई मात्र होइन अरुलाई पनि हँसाएको छ ।


उहाँको रहरलाई लिएर सोसियल मिडियाहरुमा कतिले पाखुरा सुर्किरहेका छन । अब बिस्तारै मिडियाहरुमा पनि थुप्रै गिदिजिवीहरुको पाखुरा सुर्काइ देख्न पाइने होला । यतिबेला मुलुकमा दुइ कुराले खुब हसाउने गर्दछ । एक प्रचण्डको प्रहसनले । दुइ त्यसपछि सुरुहुने गिदिजीबीहरुको पाखुरा सुर्काइले ।

प्रेमी प्रचण्ड

Wednesday, May 8, 2013


सारा मुलुक लोकमान नियुक्तीका पक्ष र विपक्षको ठेलमठेल र पाखुरा सुर्काइमा रुमलिरहदा कामरेड प्रचण्ड आफ्नै धुनमा मस्त छन | अरु लोकमान हुने र नहुने बीचको सिगौरी खेलाइको छटपटीमा थिए । 

कामरेड प्रचण्ड भने बिन्दाश मुडमा सुसेलीरहेका भेटिइन्छन । आफ्नै खुसीमा गदगद भएर एक्लै मुसुमुसु हास्दै हिड्ने अवस्थाका मान्छेलाई संसारको पिरले किन पो छुन्थ्यो र ? अरुलाई जस्तै कामरेड प्रचण्डलाई पिरहरुले छुनै छाड्यो ।

मन फुरुंग हुदै आकाशमा उड्न थाल्यो । फेरी बैंश फर्कियो उनको । टिनएज फेरी पुन:र्स्थापित भयो । आधिबेहेरीको सिजन आयो । उनलाई उडु कि गुडु लाग्न थाल्यो । उनलाई आकासै हेर्दा पनि मुस्कुराई रहन मन लाग्न थाल्यो ।

उडिरहेको पुतलीको पछिपछी कुद्न मन लाग्न थाल्यो । हात लम्काएर जुनतारा समाउसमाउ लाग्न थाल्यो । बिपना र सपनाको ककटेल भयो । उनी प्रेममा परे ।


आजकल कामरेड प्रचण्ड मधेश सँगको प्रेममा छन । केहि दिन अघी मात्र उहाले भासणमै "मेरो मधेश सँग लभ पर्यो" भनेर आफ्नो नयाँ अफेयर बारे खुलासा गरेका हुन । उनी अहिले मधेस सँग डेटिङमा छन ।

पार्टीमा काम लाग्ने मान्छे !

Thursday, April 25, 2013


एक साँझ हरियो पर्दा लगाएको होटलबाट एक ब्यक्ती निस्किए । उसको हातमा बोतल थियो । उ लढुला झैँ गरेर लर्बराइ रहेको थियो | उसले दुइ तिन फेर बोतलको झोल घुट्क्यायो र तिनै पटक हाँस्यो -" हिहिहा ~~~ !" चौथो पटक अलि बढी घुट्क्यायो । ठुलो घुट्का पेटले स्टोर गर्न सकेन कि घाँटीले भित्र पठाउन सकेन । तत्काल हुलुक्क बाहिर निस्किएर मुख बाट ओरालो झर्दै घाँटीबाट बाहिर निस्कियो । उसले टोपी फुकालेर घाँटी, मुख पुछ्यो । र टोपिलाई हेर्दै भन्यो - " तैले नि दारु खाइस आज | नमात है |" त्यसपछी टोपी स्टकोटको खल्तीमा घुसार्यो र त्यहि पेटीमा बसेर बोतल भुइमा राख्यो र एउटा जुत्ता फुकालेर फालिदियो अनि -" चोर, फटाहा, डाँका, बहुला,खुस्केट भनेर तथानाम गालि गर्न थाल्यो ।

डाक्टर कु

Wednesday, April 24, 2013


शिर्षकमै नयाँ पात्रको आगमनले छक्क पर्नु भयो होला नपर्नु पनि कसरी ति पात्रले हामीलाई लगातार छक्क पारीरहेका छन । भन्नुहोला सुन्दै नसुनेको नयाँ पात्र ल्याउछ अनि त्यसैले छक्क पारिरहेका बताएर उल्टै छक्क पारिदिन्छ । होइन गर्न खोज्या चै के मैले केहि नि गर्न खोज्या छैन मैले किन केहि गर्न खोज्ने मैले गर्न खोजेर के हुन्छ यहा कस्ता कस्ताले के के गर्न खोजेर त केहि हुदैन म नाथेले गर्न खोजेर के हुन्छ केहि नि नहुने थाहा हुदा हुदै पनि केहि गर्ने मुर्ख्याई किन गर्थे ?फेरी झोक चल्ला । भन्नु होला -" हैन किन निराशाको पैरो लडाउछस हँ के हुन्न गरे देखी त्यसै केहि हुन्न भनेर हात बाधेर बसेर हुन्छ गर्न सक्नेलाई के छैन यहाँ ?" हो गर्न सक्नेलाई धेरै छ । तर नसकेसी के लाग्यो । सक्न नि सकिन्थ्यो होला तर के गर्नु यहा असफल पार्ने हरु लिट्टी कसेर लाग्दा रहेछन । कस्ता कस्ता मान्छेका कस्ता कस्ता योजना त असफल पार्छन । भन्नुहोला कोल्ले कस्यो लिट्टी आखिर डाक्टर कु भनेकै तिनै त हुन नि । हैन को हुन ति डाक्टर कु एकजना ठुलाठुला डाक्टर त आफै असफल भैराथे मुलुकमा । यो डाक्टर कु चै को हुन र सफल भए आखिर डाक्टर कु तिनै असफल डाक्टर हुन जो सरकार संबिधान निर्माणमा असफल भए ।

ठुलो तामझाम झामका साथ सरकारमा गएका डाक्टरसाप खासै केहि गर्न नसकी लुसुक्क बाहिर निस्के । उनले सकेका कुराहरु केलाम्दा त लाजलाज लागेर आउछ । यति सम्मकी अरु सबैले गर्न सकेको राजिनामा समेत गर्न सकेनन तिनले । राजिनामा समेत दिन नसकी सरकार छोड्नेले के गर्न सकेहोलान भन्ने होला जस्तो लाग्नु स्वबाबिक हो तर उनले त इतिहासमै सबैभन्दा ठुलो काम गरेछन । के भन्दाखेरी उनले कु रोकी दिएछन । खुद डाक्टर कु ले नै केहि दिन अघी खुलाए । कुरो बुझाए अनुसार एक डेड बर्ष भरी एक डाक्टर कुले कु गर्न ट्राइ मारेको मारेकै रचन । अर्का डाक्टर कु ले त्यसलाई असफल पारेको पार्यै । यी डाक्टरहरुका कुरा उनीहरुकै क्रस राइटिंग जस्तै साधारण मानिसहरुले त बुझ्नै नसक्ने । भित्र भने के के भैसकेछ भै सकेछ ।

एक जुगमा एक दिन

Thursday, April 18, 2013

अघिल्लो संबिधानसभा चुनावमा रामेशको एउटा गीत खुब हिट थियो । "एक जुगमा एक दिन एक चोटी आउछ ............. " अहिले दोस्रो चोटी संबिधानसभा चुनाव हुन लागेकोले यो संबिधानसभा सँग त्यती म्याच खाँदैन । तर काठमाडौं उपत्यकाको खानेपानी ब्यबस्था सँग भने ट्वाक्कै म्याच खान्छ । अलि परिमार्जित रुपमा ।

"एक जुगमा एक थोपा एक चोटी आउछ | ........... " यससंगै काठमाडौ उपत्यकामा पानि आउनु भनेको एतिहासिक र अभूतपूर्व दिन बन्न थालेको छ । धारामा आउने ध्वारारारा आवाज सबैभन्दा रमाइलो र रोमान्चक आवाज बन्न थालेको छ । र त्यो आवाज सबैभन्दा दुर्लव र नसुनिने आवाज पनि बन्न गएको छ । किनकी त्यो धाराको टुटीबाट पानि खस्नु सबै भन्दा दुर्लव दृश्य बनेको छ ।

अचेल प्राबिधिक त्रुटी नभएमा, मौसममा खराबी नभएमा एक महिनामा ट्वाक्कै एक दिन पानी आउन थालेको छ । एकै महिनामा तिन तिन पटक पानि आउने कुराले उपत्यकाबासी गद्गद् छन । अब रमाइलोको लागी चाडपर्व आउनु पर्दैन धारामा पानि आए त्यसै उल्लास उमंग छाउछ । त्यहि पनि एक पटक होइन महिना मै ३ -३ पटक । दसैँ आउन लागे सगै नौ हरिया दिन पहेंला जमाराहरु राखे जस्तै पानि आउने नौ दिन अघि देखि नै तामझामका साथ हरिया पहेंला बाल्टिनहरु राख्नुको मजै बेग्लै छ । कोजाग्रत पुर्णिमामा झैँ आधारामा पानि आउछ कि भनि रातभर जाग्राम बस्नु को रमाइलो बर्णन गरि साध्धे छैन ।   

अचेल महिनामा तिन फेरा धारामा पानी आउदा त पानि आएको क्या रमाइलो हुन्छ । दिनभरी हासुम हासुम झैँ लाग्छ । अझै मैनामा २ पटक वा एक पटक पानि आउन थाल्यो भने क्या गजब होला ? कति थामी नसाध्हे होला । सोच्दा पनि त्यसै त्यसै रमाइलो लागेर आउछ । अझ पानिको आउने म्याद सर्दै गएर तिन महिनामा एक पटक आउने होला कुनै दिन । र अहिले एक महिनामा तिन पटक आउने पानी त्यतिबेला तिन महिनामा एक पटक आउला त्यतिबेलाको रमाइलो अझ बेग्लै । संगिनी सुइ स्टायलमा आउने त्यो पानि एक पटक आएसी तिन महिना ढुक्क । ढुक्क सबैभन्दा केयुकेयललाइ बस एक पटक पठाइदियो तिन महिना आराम गर्यो । अर्को ढुक्क उपभोक्तालाई पानि आउला भनेर दिनदिनै पर्खाइमा  बस्नु परेन । महिनौ पनि एक पटक पानि थापे भो टण्टै साफ ।

बहुमत

तिथीमिती नतोकिएर बेवासिरे बन्दै गएको चुनावमा अहिले बहुमत ल्याउने होड चलेको छ । तँ भन्दा म के कम भन्दै दलहरुले धमाधम बहुमत ल्याउन थालेका छन । बहुमत ल्याउने यो प्रतिस्पर्धामा एमाओबादी, एमाले र काँग्रेस तिनै पार्टीले बहुमत ल्याई सकेका छन । चुनाव नहुदै अचेल दलहरुले दिनमै तिन चार पटक बहुमत ल्याउन थालेका छन ।


बहुमत ल्याउन सुरुवात गर्यो विघटित संबिधानसभाको सबैभन्दा ठुलोदल एमाओबादीले । जब भट्टराइ डाक्टरसापले  संबिधानसभा भंग गरेर  चुनाव को घोषणा गर्नु भयो । त्यसो भोलिपल्टै कामरेड प्रचण्डले भाषण गरेर पार्टीलाई बहुमत दिलाउनु भयो । बहुमत नि सामान्य होइन, दुइतिहाई बहुमत दिलाउनु भयो । यसरी चुनावै नभई पार्टीलाई बहुमत दिन सक्ने कामरेड प्रचण्डको खुबिलीटी देखेर संसार चकित भए । एमाओबादी समर्थकहरु पार्टीले चुनाव अगावै दुइ तिहाइ बहुमत ल्याको देखेर खुसीले गद्गद भए । बाँकी अरुहरु कामरेडले गज्जपको जोक गर्नु भयो भनेर हाँसोले गदगद भए । त्यसपछी डाक्टरसापले फेरी दोस्रो पटक चुनावको घोषणा गरु भयो । प्रचण्ड कामरेडले फेरी पार्टीलाई बहुमत दिनु भयो ।

त्यसपछी चुनाव गराउने भनेर श्रीमान खिलराज रेग्मीले सरकारको नेतृत्व लिनुभो । चुनावको लागी उहाले पाइला नचाल्नु भए नी दलहरु सवै जोसीए । सबै चुनावको लागी "अन योर मार्क ! गेट सेट....... " को स्थितिमा रहे । यस्तो अवस्थामा कामरेड प्रचण्ड अझ हौसिनु भयो र पार्टीलाई फेरी एक डोज बहुमत दिनु भयो ।

ल सार !

Thursday, April 4, 2013


बैद्यबाको बिजिनेस

Tuesday, April 2, 2013


फररर रातो झण्डा फरफराई रहेको त्यो घरमा मान्छेको चहलपहल बढ्दो थियो । त्यस घरका झ्याल ढोकामा रातो रंग लगाएको थियो भने भित्तामा सेतो रंग लगाइएको थियो । कम्पाउण्डमा प्रसस्तमात्रामा टायरहरु खात लगाएर राखिएको थियो । र सगै एउटा एफो साइजको सेतो कागजमा लेखिएको थियो । टायरहरु बिक्रीका लागी होइनन मात्र बिजिनेस प्रयोगका लागि हो । संगै भाटाहरु थियो । त्यसमा पनि लेखिएको थियो -" भाटाहरु पनि बिक्रीका लागी होइनन । आन्तरिक प्रयोगको लागी मात्र हो । संगै नेपाल बन्द सफल पारौ । हड्ताल गरम । बाटो बन्द गरम । जस्ता कुरा लेखिएका प्लेकार्ड पनि थिए । जहा लेखिएका कुराहरु बिक्रीका लागी थिए भने । ति प्लेकार्डहरु भने आफ्नै प्रयोगका लागी थिए ।

भित्र मार्क्सबाद, लेनिनबाद, माओबाद, क्रान्ति, जनवाद, जनबिद्रोह जस्ता कुरा बिक्रीमा थिए । त्यहा कुनै भिड थिएन । त्यहा मान्छेको चहलपहल लगभग सुन्य नै थियो भन्दा पनि हुन्छ । त्यहाँ कुनै सरसफाई नहुनाले ति जिनिसहरुमा धुलोले लपक्कै छोपेको थियो । धुलोले लपक्कै छोपेको किताबी आवरणमा विचारक र नेताहरु धुले सडकका छेउका रुख जस्ता देखिन्थे । त्यहाँ कुनै सरसफाई थिएन । सरसफाई गर्दा रंग खुइलिने डरले बध्यबाले त्यसलाई सरसफाई गर्नबाट रोकेका थिए । बरु माकुराका जालोले त्यसलाई सजाइएको थियो । बैध्यबाले भन्ने गरेका सहरी बिद्रोह नि त्यहा बडा जतनसाथ र प्राथमिकताको साथ राखिएको थियो । त्यसलाई बढी सिगार्ने र आकर्सक बनाउने कोसिस गरिएका जस्ता देखिन्थे । तर त्यसको आकार र रङको तारतम्य नमिल्दा त्यो कान्तिहीन र ज्यादै अनाकर्षक देखिन्थ्यो । त्यसमा प्राण थिएन । यी सबै प्रयोग र बिक्री दुवैका लागी थिए । तर मान्छेहरु न त प्रयोगमा रुची देखिरहेका थिए न त खरिदमा नै ।

दुई जिउकी !

Tuesday, March 26, 2013


मिल्न थालेका कुरा ।

Thursday, March 21, 2013

केही दिन यता नेपाली राजनीतिमा फेरी उल्का हुन थालेको छ । कुन्नी कुन बुटीले काम गर्‍यो, चार दल अर्थात चार शक्ती बिच भटाभट कुरा मिल्न थालेका छन | दलहरुको यस्तो मिल्ती देखेर दुनियाँ चकित छ । अब त एउटा नेताबाट कुनै प्रस्तव भुइमा खस्न पाएको छैन फ्याट फ्याटी कुरा मिलिहाल्न थालेको छ । त्यसैले असम्भव, नमिल्ने र नहुने भनेको कुरा यस धरती बाट लोप हुने कुरामा छ ।

चार दल बिच बसेर यसो कुरा के भएथ्यो, प्रधान न्यायधिसको नेत्रित्वमा चुनावी सरकार बनाउने कुरामा सहमती भैहाल्यो । चार दल एक मुख हुनासाथ सम्पूर्ण कानुनी र संबैधानिक जतिलटाहरु चमत्कारीक ढंगले भत्किए र उहा सर्बोच्चबाट सिम्हदरवार सजिलै पस्नु भो । यता सर्बोच्च बाट सर चै निस्केर सिम्हदरवार पस्नु भएकोले त्यता चै बुच्चा मात्रै बाँकी रह्यो । तर बुच्चिनु नबुचिनुमा के मतलव । दलहरु बिच नै कुरा मिलि सकेपछी ।

त्यस्पछी अब कुरा आयो मन्त्री बनाम्ने । यस प्रकृयामा पनि दलहरु बिच मजैले कुरा मिल्न थाले । त्यस भन्दा अघी पनि उनीहरुले अर्को कुरा मिलाए । सरकार सन्चालन गर्न उनिहरुले आफुहरु बिचबाट "बोर्ड अफ डाइरेक्टर" बनाए । र बोर्ड अफ डाइरेक्टरले धमाधम डिसिजनको काम अघी बढायो । यसमा चमत्कार स्प्रिट लाई कायमै राख्ने अघोसित सहमती भयो । अब मुलुकमा जनताको लागी जेलनेल खाएर कपाल फुलाएका नेता होइनन । आफ्नै लागी जागिर खाएर कपाल फुलाएका रिटायर्डहरु मन्त्री हुन थाले । अब रिटायर्डहरु फुनको घन्टी बज्नासाथ कुदेर गएर ऐनामा आफ्ना पुर्पुरो पढ्न थालेका छन । जा जा बुढी झट्टै लबेदा सुरुवालमा आइरन लागाइदे भनेर अह्राउन थालेका छन । यी सप्पै कुरामा चार शक्तीको कुरा मिल्न थालेको छ । 

बिबादका बिषय

Tuesday, March 12, 2013


एकादेशमा चार राजनीतिक दल थिए । तिनीहरु चार राजनैतिक शक्तिले चिनिन्थे । उनिहरु नेपाल देशको काठमाडौँ नगरमा बस्दथे । उनीहरुको जागिर सहमती गर्नु थियो । नेपाल भन्ने त्यस देशमा सरकार, प्रधानमन्त्री, संबिधान, चुनाव आदी सबै सहमती फेक्टरी बाटै उत्पादन हुन्थे । ति चार सक्तीहरु त्यहि प्रडक्सन सेक्सनमा खटिएका थिए । र जोडतोडका साथ सहमती गर्ने ड्युटीमा खटिएका थिए ।
समय बेग रफ्तारमा कुद्दै थियो । सहमतीको उत्पादन त्यति राम्ररी हुन सकिरहेको थिएन । उता सितल निवासबाट डक्टरसापले च्याप्दै लगे । त्यसपछी उनिहरु कसरी सहमती बनाम्ने भन्ने घनिभूत छलफलमा लागे ।

पहिलो दिन :
अब छलफल गर्न त बस्नै पर्यो । कुरो आयो अब को कता फर्किएर बस्ने ?
माउबादीले भन्यो -" हामी त दक्षिण ज्यान जाला फर्कन्नम । दक्षिण तिर फर्केर हामी दक्षिणपन्थी हुन चाहान्नौ ।"
"अनि को बस्छ त ?"
काग्रेसले सोध्यो - "एमाले बस्ने हो ?"
"हामी दक्षिण फर्किन्नम |"
एमालेले भन्यो ।

ट्याक्सीको मिटर

Wednesday, March 6, 2013


हाम्रा, राम्रा र चाम्रा प्रधानमन्त्री

      मुलुकका कार्यकारी  प्रमुख प्रधानमन्त्री सग जनताका बिबिध अपेक्षा हुनु स्वाभाविक हो । कसैले  नया प्रधानमन्त्री भएसी शान्ती सुरक्षेमा ध्यान दिउन भनेर आसा गर्छन । कसैले यो महंगी अन्त्य गरुन भनेर आसा गर्छन । कसैले बाटो बढाइदिए गज्जप हुन्थ्यो भनेर आसा गर्लान त कसैले जनतालाई तत्काल राहत दिउन भन्ने अपेक्षा गर्लान । अझ प्रधानमत्रीको नजिककै कोहि छन भने तिनले प्रधानमन्त्रीले ब्यक्तिगत लाभका काम गरिदिउन भनेर आसा राख्छ्न । उनले ठेक्का पारीदिउन । कुनै ठाममा नियुक्ती मिलाइदिउन भनेर आसा गर्ने हरु पनि धेरै हुन्छ्न । त्यसो त सबोच्च अधालतबाट जन्मकैद पाएकाहरु आफ्नै पार्टीका प्रधानमन्त्री बन्दिए उम्किने आसा गर्छन ।
यि अपेक्षाहरुको भिडमा कुन अपेक्षा चै प्रधानमन्त्री माथी ज्यादा होला ? जब कोही प्रधानमन्त्री हुन्छ्न तब अधिकाम्स मानिस हरुको प्रधानमन्त्री सग माग के हुन्छ ? बत्तिको पनि स्वास्थ्य संचार कि बाटोघाटो ? सोच्नु होला यस्तै होला भनि ।
 तर प्रधानमन्त्री सग अधिकांस मानिसले माग्ने र आस गर्ने कुरा अलि बेग्लै छ । जुन सधै सुनिन्छ नै । त्यो हो -"राजीनामा । " यहा प्रधानमन्त्री सग सबैभन्दा मागिने कुरा । सबैभन्दा धेरै मान्छेले अपेक्षा गर्ने कुरा भएको छ - "राजीनामा ।" प्रधानमन्त्री सग धेरै मान्छेले धेरै कुरा माग्लान । तर बहुमत मानिसहरुले राजिनामा नै माग्छन जहिले पनि । त्यसैले प्रधानमन्त्रीको बहादुरी भनेको के के काम गर्न सके । रास्ट्रीय चासोका बिसयमा जनचासोका बिसयमा उनका अडान कस्तो रह्यो । मुलुकको हितमा उनको आवाज कतिको लाउड रह्यो भन्दा पनि तिब्र राजिनामाको मागको बिचमा प्रधानमन्त्रीको कुर्सी आफ्नो टाङ् मुनि राख्न सक्षम भयो त्यसमा देखिन थालेको छ ।

चुल्ठे मुन्द्रे |

Monday, March 4, 2013


मुलुकाँ अहिले प्रहरी प्रशासन अपराधीहरुको जरो किलो उखेल्ने अभियानमा लागेको छ | र त्यसको लागि उसले जरोकिलोको पहिचान गरिसकेको छ । र धमाधम अप्रेसन सुरु गरेको छ । प्रहरीले जरोकिलो कपालमा फेला परेको छ र धमाधम मुण्डन अभियान सुरु गरेको छ । कपाल पालेको मान्छे देख्यो कि च्याप्प समात्दै भ्यानमा कोच्दै लाँदै कपाल खुइलायाम्दै पठाउदै गरेको देख्दा यस्तो लाग्छ कि अबको केही दिनमा नेपाली समाजमा अपराध भन्ने कुराको नामोनिशान नै रहने छैन । र जनरल गेहेन्द्र सम्सेरले बनाएको तोप हेर्न छाउनी संग्रालय गए जस्तै अपराधीको अन्वार हेर्न नि जेल जानु पर्ने हुन्च ।

त्यसो त गुण्डाहरुको पत्तासाफ गर्न प्रहरीले उहिल्यै देखी प्रयास नगरेको हैन । तर पनि कुनै न कुनै ठाममा चुकुल खुस्की हाल्ने । गुँण्डाजी उम्कीहाल्ने । जे जे गर्दा नि उम्किहालने भएसी गृह प्रशासन लाइ परेसान भएछ । जस्तै कडा कानुन ल्याए नी जस्ता कडा कदम चालेपनी गोबरका मुला जसरी गुण्डाराज मौलाएको मौलाएकै छन । निएम कानुन को त बाल छैन । क्याहो यस्तो ? भनेर सोच्दा सोच्दै प्रशासनको आखाँ गुन्डाजीको बालामा परेछ । ए रात्तै । बाल जति सप्पै यतै आएको रच र पो । नियम कानुन लाइ कसैले बाल नदिएको त । संगै यसको उपाय पनि निस्किएछ । अब त्यहा बाल रहेसम्म नियम कानुनलाइ बाल भएन त्यसैले अब ति बाल नमुठारी भएन भनेर प्रशासन कैची लिएर तम्सियो ।अनि भटाभट समात्त्दै मुण्डन गर्दै गर्न थाले ।

काला बजारीको मुखमा ........!


कस्सम जालन्धर हैन


अत्ति चै हैन ल ?


अमेरिकामा नेपालीको होड


कमजोर आशाहरु |

2 साता अघिको 

लोकतन्त्र


माइ हार्ट विल गो अन

Thursday, February 7, 2013


आवाज सिलियन डायनकै थियो । तर डान्सिंग भर्सनमा थियो | गितले डुबाउने खालको फिलिङ्गस उत्पन्न गराइरहेको थिएन । बरु जुरुक्क उठेर  नाचम नाचम बनाइरहेको थियो । ज्याक ल्यापटपमा पोकर गेम खेल्दै थियो । उसले टाइटानिक गेम खेल्ने क्रेडिट पायो अनी खुसीले उफ्रियो । अनी हतपत साइन अप गर्‍यो । यता रोज गेममा पार्टनरले झेली गरेको झोकमा गेम खेल्दै गरेको आइप्याड पानीमा मिल्काउन खोज्दैथिइ । ज्याक भित्रको हिरो त्यहा प्रत्यक्ष हुन्छ | "पानी चिसो हुन्छ पानीमा आइप्याड भिज्छ । यति राम्रो जिनिस फाल्नु हुन्न " भनेर सम्झाउछ । रोजले लहडमै त्यसलाई मिल्काइदिन्छे । त्यसपछी त्यस्को माया लागेर आउछ र अतालिन्छे । ज्याकले बिचैमा त्यसलाई समातिदिन्छ ।

त्यसपछी गेमको रोमान्चक सुरुवात हुन्छ । सामुन्ने बसेर गेमखेलीरहेका उ र उनि आफुलाई पूर्णतया ज्याक र रोजमा परिणत गर्छन । टाइटानिक रमाइलो आवाजका साथ समुन्द्रमा तैरिन थाल्छ । उसले ज्याक बटममा माउस पुर्याउछ र ज्याक नामको चरित्रको रुपमा रुपमा आफुलाई टाइटानिक उतार्छ । उनीले पनि रोज बटममा टच गर्छिन र रोज नामको पात्रको रुपमा आफुलाई टाइटानिकमा उतार्छिन । 

रोजले जहाजको छतमा बसेर हात फिजाउछे । ज्याकले त्यसलाई केमरामा कैद गर्छ । अनी त्यसलाई आफ्नो फेसबुक कभर फुटो बनाम्छ । ज्याकले रोजलाई चुम्छ । रोज ज्याकको अङालोमा बाधिन्छे । खेल्नेका आखा जुध्छन । दुवैका मुस्कुराउछन । र फेरी गेममा तल्निन हुन्छन । चाहन्छन गेमको लिमिटेसनलाइ नाघौ र कथालाई बिचैमा छोडेर आफुहरु निकै पर पुगुम । ज्याकले रोजको न्युड चित्र कोर्छ । रोजले त्यो रोमान्टिक पलबारे उल्लेख गर्दै ट्वीट गर्छे । ज्याकले रिट्वीट गर्छ । भिलेन साइको हुन्छ टाइमलाइनमा तिरिमिल्री देख्छ ।
 

आन्दोलन के का लागी ?

“नेताजी नमस्ते |”

बिर्खबहादुरले सोधे |

“ आरामै हुनुहुन्छ ?”

“जेनमा आरामै भए पनि मनमा हल्का बेचैनी छ |”

नेताजीले सोध्नु भो |

“बाबुलाई कस्तो छ |”

नेताजीको बेचैनी बिर्खबहादुरले बुझिहाले | सोधे,

“अनि नेता ज्यु कता ?”

थपे |

“मलाइ चिन्नु त भयो नि ?”

“चिने बाबु चिने | यो सिजनमा नि नचिने कहिले चिन्ने ? हाम्ले आन्दोलन थालेका छौ बाबु | त्यसैले जनतालाइ बेस्सरी चिन्न थालेका छौ |”

नेताजीले भन्नु भो |

“म आन्दोलन तिरै लागेको | हिड्नोस बाबु जाम त्यतै |”

“अरे | फेरी आन्दोलन ?”

बिर्खबादुरले सोध्यो |

“केको आन्दोलन अब ?”

“ल sss बाबु पनि के नबुझे झैँ सोधिराको नि ?”

नेताजीले भन्नु भो |

“आन्दोलन क्या लोकतान्त्रिक दलहरुको सम्जुक्त आन्दोलन |”

“हँ ? फेरी आन्दोलन ? लु सकिएन | अब चै केको लागी नि आन्दोलन ?”

“लोकतन्त्रको लागी नी | “

नेताजीले भन्नु भयो |

“हामि लोकतान्त्रिक दलहरु अरु के को लागी आन्दोलन गर्छम ?”

“तर लोकतन्त्र त आइ सकेको हैन र ?”

बिर्खबहादुरले सोधे |

“फेरी केका लागी आन्दोलन ?”

“लोकतन्त्र त आयो तर हाम्रा लागी आएन |”

नेताजीले भन्नु भयो |

“हाम्रो लोकतन्त्रको लागी आन्दोलन गर्दै छम |”

“तपाइको लोकतन्त्रको लागी ?”

बिर्खबहादुरले अचम्म मान्दै सोध्यो |

“कस्तो हो नि तपाइको लोकतनत्र भनेको चै ?”

“नरम , आरामदायी , फननननन घुम्ने |”

गोजीबाट कुर्सीको फुटो झिकेर एक चुम्बन लगाम्दै भने |

“ठ्याक्कै यस्तै |”

 

पारदर्शी |

Wednesday, February 6, 2013

INGO

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका