एक जुगमा एक दिन

Thursday, April 18, 2013

अघिल्लो संबिधानसभा चुनावमा रामेशको एउटा गीत खुब हिट थियो । "एक जुगमा एक दिन एक चोटी आउछ ............. " अहिले दोस्रो चोटी संबिधानसभा चुनाव हुन लागेकोले यो संबिधानसभा सँग त्यती म्याच खाँदैन । तर काठमाडौं उपत्यकाको खानेपानी ब्यबस्था सँग भने ट्वाक्कै म्याच खान्छ । अलि परिमार्जित रुपमा ।

"एक जुगमा एक थोपा एक चोटी आउछ | ........... " यससंगै काठमाडौ उपत्यकामा पानि आउनु भनेको एतिहासिक र अभूतपूर्व दिन बन्न थालेको छ । धारामा आउने ध्वारारारा आवाज सबैभन्दा रमाइलो र रोमान्चक आवाज बन्न थालेको छ । र त्यो आवाज सबैभन्दा दुर्लव र नसुनिने आवाज पनि बन्न गएको छ । किनकी त्यो धाराको टुटीबाट पानि खस्नु सबै भन्दा दुर्लव दृश्य बनेको छ ।

अचेल प्राबिधिक त्रुटी नभएमा, मौसममा खराबी नभएमा एक महिनामा ट्वाक्कै एक दिन पानी आउन थालेको छ । एकै महिनामा तिन तिन पटक पानि आउने कुराले उपत्यकाबासी गद्गद् छन । अब रमाइलोको लागी चाडपर्व आउनु पर्दैन धारामा पानि आए त्यसै उल्लास उमंग छाउछ । त्यहि पनि एक पटक होइन महिना मै ३ -३ पटक । दसैँ आउन लागे सगै नौ हरिया दिन पहेंला जमाराहरु राखे जस्तै पानि आउने नौ दिन अघि देखि नै तामझामका साथ हरिया पहेंला बाल्टिनहरु राख्नुको मजै बेग्लै छ । कोजाग्रत पुर्णिमामा झैँ आधारामा पानि आउछ कि भनि रातभर जाग्राम बस्नु को रमाइलो बर्णन गरि साध्धे छैन ।   

अचेल महिनामा तिन फेरा धारामा पानी आउदा त पानि आएको क्या रमाइलो हुन्छ । दिनभरी हासुम हासुम झैँ लाग्छ । अझै मैनामा २ पटक वा एक पटक पानि आउन थाल्यो भने क्या गजब होला ? कति थामी नसाध्हे होला । सोच्दा पनि त्यसै त्यसै रमाइलो लागेर आउछ । अझ पानिको आउने म्याद सर्दै गएर तिन महिनामा एक पटक आउने होला कुनै दिन । र अहिले एक महिनामा तिन पटक आउने पानी त्यतिबेला तिन महिनामा एक पटक आउला त्यतिबेलाको रमाइलो अझ बेग्लै । संगिनी सुइ स्टायलमा आउने त्यो पानि एक पटक आएसी तिन महिना ढुक्क । ढुक्क सबैभन्दा केयुकेयललाइ बस एक पटक पठाइदियो तिन महिना आराम गर्यो । अर्को ढुक्क उपभोक्तालाई पानि आउला भनेर दिनदिनै पर्खाइमा  बस्नु परेन । महिनौ पनि एक पटक पानि थापे भो टण्टै साफ ।


उपभोक्तालाई सुविधा दिने मेसोमा फेरी केयुकेलले पानि छ छ महिनामा एक पटक आउने व्यवस्था गरिदिन्छ अनि झन रमाइलो । अनि फेरी बर्षमा एक पटक आउने व्यवस्था गरिदिन्छ । फेरी चुनाव जसरी ५ वर्षमा आउने ब्यस्था गरिदिन्छ । फेरी गोदावरी मेला झैँ १२-१२ बर्षमा एक पटक पानी आउने व्यस्था हुन थाल्छ । र यो बिकाशको क्रमले अझै तिब्रता पाउदै पानि भन्ने कुरा सताव्दीमा एक फेरा आउने सम्म हुन थाल्छ र एक जुगमा एक थोपा एक चोटी आउछले सार्थकता पाउछ । त्यति बेला एक बच्चाले आफ्ना बाबुलाई धारोको भग्नाबशेस देखाउदै सोध्छ -" ड्याडी ड्याडी ! यो केहो ?" बाबुले भन्छन -" यो धारो हो बाबु पहिला पहिला काठमाडौँमा यहाँ बाट पानी आउछ भन्ने किम्बदन्ती पाइन्छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका