बैद्यबाको बिजिनेस

Tuesday, April 2, 2013


फररर रातो झण्डा फरफराई रहेको त्यो घरमा मान्छेको चहलपहल बढ्दो थियो । त्यस घरका झ्याल ढोकामा रातो रंग लगाएको थियो भने भित्तामा सेतो रंग लगाइएको थियो । कम्पाउण्डमा प्रसस्तमात्रामा टायरहरु खात लगाएर राखिएको थियो । र सगै एउटा एफो साइजको सेतो कागजमा लेखिएको थियो । टायरहरु बिक्रीका लागी होइनन मात्र बिजिनेस प्रयोगका लागि हो । संगै भाटाहरु थियो । त्यसमा पनि लेखिएको थियो -" भाटाहरु पनि बिक्रीका लागी होइनन । आन्तरिक प्रयोगको लागी मात्र हो । संगै नेपाल बन्द सफल पारौ । हड्ताल गरम । बाटो बन्द गरम । जस्ता कुरा लेखिएका प्लेकार्ड पनि थिए । जहा लेखिएका कुराहरु बिक्रीका लागी थिए भने । ति प्लेकार्डहरु भने आफ्नै प्रयोगका लागी थिए ।

भित्र मार्क्सबाद, लेनिनबाद, माओबाद, क्रान्ति, जनवाद, जनबिद्रोह जस्ता कुरा बिक्रीमा थिए । त्यहा कुनै भिड थिएन । त्यहा मान्छेको चहलपहल लगभग सुन्य नै थियो भन्दा पनि हुन्छ । त्यहाँ कुनै सरसफाई नहुनाले ति जिनिसहरुमा धुलोले लपक्कै छोपेको थियो । धुलोले लपक्कै छोपेको किताबी आवरणमा विचारक र नेताहरु धुले सडकका छेउका रुख जस्ता देखिन्थे । त्यहाँ कुनै सरसफाई थिएन । सरसफाई गर्दा रंग खुइलिने डरले बध्यबाले त्यसलाई सरसफाई गर्नबाट रोकेका थिए । बरु माकुराका जालोले त्यसलाई सजाइएको थियो । बैध्यबाले भन्ने गरेका सहरी बिद्रोह नि त्यहा बडा जतनसाथ र प्राथमिकताको साथ राखिएको थियो । त्यसलाई बढी सिगार्ने र आकर्सक बनाउने कोसिस गरिएका जस्ता देखिन्थे । तर त्यसको आकार र रङको तारतम्य नमिल्दा त्यो कान्तिहीन र ज्यादै अनाकर्षक देखिन्थ्यो । त्यसमा प्राण थिएन । यी सबै प्रयोग र बिक्री दुवैका लागी थिए । तर मान्छेहरु न त प्रयोगमा रुची देखिरहेका थिए न त खरिदमा नै ।


त्यहा ठुलो सोकेसमा निर्वाचनको बिरोध सजाइएको थियो । त्यहाको सबैभन्दा लेटेस्ट ब्रान्डन्यु उत्पादन त्यहि थियो । नयाँ हुनुको आकर्सणले उनुपर्छ । त्यहाँ राम्रै चहलपहल थियो । बिशेषगरी त्यहा वानएमडी (वान म्यान दल)हरु ज्यादा थिए । जसलाई चुनावमा आउने एकभोट प्रति कुनै रुची थिएन । कारण आफ्नो आउने निश्चित भएको एक भोटले मुलुकमा, आफ्नो पार्टीमा र आफ्नो व्यक्तिगत जीवनमा कुनै कायापलट गर्न सक्दैन थियो । त्यो भन्दा सडकमा नाचगान गर्दा कमसेकम रमाइलो हुने कुराले तिनीहरु त्यतातिर झुम्मिएका थिए । यो प्रयोग र बिक्री दुबैको लागी थिए । र यो ३३ थान बिक्री भैसकेको थियो । नयाँ उत्पादनको उत्साहजनक बिक्रीले बैध्यबा दंग थिए ।

अर्कातिर राष्ट्रबादी सोरुम थियो । जहाँ साम्राज्यबादी, बिस्तारबादी जस्ता उच्च स्तरका गालि देखि लिएर । पारीबाट आउने सिनेमा चल्न नदिने, गाडी चल्न नदिने, स्कुल कलेजमा अंग्रेजी नाम राखेर काला अक्षर भैसी बराबर पार्न नदिने जस्ता अभियानहरु बिक्रीमा थिए । त्यहा किन्ने भन्दा पनि रमितेको भिड ठुलो थियो । र कुनै बिदेसी साम्राज्यबादी बिस्तारबादी शक्तिलाइ दस मिनेट सम्म धाराप्रभाह गालि गर्न सक्नेलाई आकर्सक गिफ्ट ह्याम्परको पनि ब्यबस्था गरिएको थियो । 

र अन्त्यमा सेकेन्डह्याण्ड ल्यापटप, वेवक्याम, डायरी तथा बलपेनहरु सेलमा थिए । मानिसहरु त्यसलाई अचम्ममान्दै ओल्टाई पल्टाई हेर्दै थिए । सवै सामानमा लेखिएको थियो -"निर्वाचन आयोग- मतदाता नामावली संकलन ।"    

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका