बहुमत

Thursday, April 18, 2013

तिथीमिती नतोकिएर बेवासिरे बन्दै गएको चुनावमा अहिले बहुमत ल्याउने होड चलेको छ । तँ भन्दा म के कम भन्दै दलहरुले धमाधम बहुमत ल्याउन थालेका छन । बहुमत ल्याउने यो प्रतिस्पर्धामा एमाओबादी, एमाले र काँग्रेस तिनै पार्टीले बहुमत ल्याई सकेका छन । चुनाव नहुदै अचेल दलहरुले दिनमै तिन चार पटक बहुमत ल्याउन थालेका छन ।


बहुमत ल्याउन सुरुवात गर्यो विघटित संबिधानसभाको सबैभन्दा ठुलोदल एमाओबादीले । जब भट्टराइ डाक्टरसापले  संबिधानसभा भंग गरेर  चुनाव को घोषणा गर्नु भयो । त्यसो भोलिपल्टै कामरेड प्रचण्डले भाषण गरेर पार्टीलाई बहुमत दिलाउनु भयो । बहुमत नि सामान्य होइन, दुइतिहाई बहुमत दिलाउनु भयो । यसरी चुनावै नभई पार्टीलाई बहुमत दिन सक्ने कामरेड प्रचण्डको खुबिलीटी देखेर संसार चकित भए । एमाओबादी समर्थकहरु पार्टीले चुनाव अगावै दुइ तिहाइ बहुमत ल्याको देखेर खुसीले गद्गद भए । बाँकी अरुहरु कामरेडले गज्जपको जोक गर्नु भयो भनेर हाँसोले गदगद भए । त्यसपछी डाक्टरसापले फेरी दोस्रो पटक चुनावको घोषणा गरु भयो । प्रचण्ड कामरेडले फेरी पार्टीलाई बहुमत दिनु भयो ।

त्यसपछी चुनाव गराउने भनेर श्रीमान खिलराज रेग्मीले सरकारको नेतृत्व लिनुभो । चुनावको लागी उहाले पाइला नचाल्नु भए नी दलहरु सवै जोसीए । सबै चुनावको लागी "अन योर मार्क ! गेट सेट....... " को स्थितिमा रहे । यस्तो अवस्थामा कामरेड प्रचण्ड अझ हौसिनु भयो र पार्टीलाई फेरी एक डोज बहुमत दिनु भयो ।


यसरी माओबादीले बहुमत ल्याएको ल्यायै देखेर अरु दलहरुलाई छटपटी भयो । र रातारात मिटिंग बसेर हामी पनि बहुमत नल्याई भएन भनेर निस्कर्स निकाले । कांग्रेसमा सुरुवात रामचन्द्र बाजेले गर्नु भयो । राजधानी बाहिरको एक कार्यक्रममा उहाँले बहुमत चखाउनु भयो । पछी फेरी सुसिल'दाले बहुमतको अर्को डोज दिनु भयो । कांग्रेसले आफु भरिलो, रसिलो भएको महसुस गर्यो । कांग्रेसीजनहरु हर्षले गद्गद भयो ।

यसरी एमाओबादी र कांग्रेसले बहुमत ल्याईसकेसी बल्खु दरवारले नि बहुमतको आवस्यकता महसुस गर्यो । यहाँ एउटा बहुमत ल्याएर सजाउन पाएदेखी क्या गजप देखिने थियो भनेर नेतागणहरु बहुमत खोज्न निस्किए । एक्कासी कामरेड झलनाथले फेला पर्नु भयो र एमालेको लागी बहुमत दिलाउनु भयो । अव एमालेले पनि बहुमत ल्यायो । मादप कामरेडलाई बहुमतले पुगेनछ । फेरी उहाले लोकतान्त्रिक भनिएका दलहरु बीच अंशबण्डा हुने गरी दुइ तिहाइ बहुमत ल्यायो । यता साना दलहरु पनि किस्ताबन्दीमै किन नहोस पार्टीलाइ बहुमत दिलाउने कसरत गर्न थाले ।

एक समय थियो । बहुमत ल्याउन चुनाव हुनु पर्थ्यो चुनावमा ५० % भन्दा बढी सिट जित्नु पर्थ्यो । अहिले चुनाव हुनु आवस्यक छैन । न त सिट जित्नु नै । अचेल भासणले नै बहुमत आउन थालेको छ । र छाप लागेको मतपत्रले होइन । नेताको जिप्रैले बहुमत ल्याउन थालेको छ । लाग्छ, अहिले बहुमत पनि खासा बजारमा छ्यासछ्यास्ती पाइन थालेको छ र इच्छा लाग्ने दलहरुले त्यसलाई सजिलै खरिद गर्न सक्छन ।

2 comments:

रवि मिश्र said...

पाठकबृन्द सरि है ! त्यहाँ लास्ट तिर पचास र सिटको बिचमा % (प्रतिसत) चिन्ह हुनुपर्ने छुटेछ ! यसो मिलाएर पढिदिनु होला | म जाँगर चलेसी इडिट गर्ने छु |

Ananta said...

भाषाको कुरामा चाहिँ म अल्लि बढी नै 'सेन्सेटिव' हुन थालेँ कि कसो हो? यस्तो राम्रो लेख्ने मान्छेले हिज्जेमा ध्यान पुर्‍याए सुनमा सुगन्ध हुने थियो। यति भनेपछि यो सुन हो भनेर भन्नुपर्छ र? :P

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका