पार्टीमा काम लाग्ने मान्छे !

Thursday, April 25, 2013


एक साँझ हरियो पर्दा लगाएको होटलबाट एक ब्यक्ती निस्किए । उसको हातमा बोतल थियो । उ लढुला झैँ गरेर लर्बराइ रहेको थियो | उसले दुइ तिन फेर बोतलको झोल घुट्क्यायो र तिनै पटक हाँस्यो -" हिहिहा ~~~ !" चौथो पटक अलि बढी घुट्क्यायो । ठुलो घुट्का पेटले स्टोर गर्न सकेन कि घाँटीले भित्र पठाउन सकेन । तत्काल हुलुक्क बाहिर निस्किएर मुख बाट ओरालो झर्दै घाँटीबाट बाहिर निस्कियो । उसले टोपी फुकालेर घाँटी, मुख पुछ्यो । र टोपिलाई हेर्दै भन्यो - " तैले नि दारु खाइस आज | नमात है |" त्यसपछी टोपी स्टकोटको खल्तीमा घुसार्यो र त्यहि पेटीमा बसेर बोतल भुइमा राख्यो र एउटा जुत्ता फुकालेर फालिदियो अनि -" चोर, फटाहा, डाँका, बहुला,खुस्केट भनेर तथानाम गालि गर्न थाल्यो ।
 त्यसै बेला आउदै गरेको एक गाडी त्यही ट्याक्क रोकियो । उ झन बेस्मारी गाली गर्न थाल्यो । एकछिन पछी देशको नाम नै थर भएका । चार्ली चाप्लिनको जस्तो जुँगा भएको । झट्ट हेर्दा टम एण्ड जेरीको टम जस्तै लाग्ने एक नेता गाडीबाट मुसुमुसु हास्दै बाहिर निस्किए । र त्यस ब्यक्ती नजीक गएर भने _ " चोर, फटाहा, डाँका, बहुला, खुस्केट ! आहाहाहा~~~~~~ कति जानेको जान्न पनि | तपाइँ त हाम्रो पार्टीमा काम लाग्छ | हिड्नोस !"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका