डाक्टर कु

Wednesday, April 24, 2013


शिर्षकमै नयाँ पात्रको आगमनले छक्क पर्नु भयो होला नपर्नु पनि कसरी ति पात्रले हामीलाई लगातार छक्क पारीरहेका छन । भन्नुहोला सुन्दै नसुनेको नयाँ पात्र ल्याउछ अनि त्यसैले छक्क पारिरहेका बताएर उल्टै छक्क पारिदिन्छ । होइन गर्न खोज्या चै के मैले केहि नि गर्न खोज्या छैन मैले किन केहि गर्न खोज्ने मैले गर्न खोजेर के हुन्छ यहा कस्ता कस्ताले के के गर्न खोजेर त केहि हुदैन म नाथेले गर्न खोजेर के हुन्छ केहि नि नहुने थाहा हुदा हुदै पनि केहि गर्ने मुर्ख्याई किन गर्थे ?फेरी झोक चल्ला । भन्नु होला -" हैन किन निराशाको पैरो लडाउछस हँ के हुन्न गरे देखी त्यसै केहि हुन्न भनेर हात बाधेर बसेर हुन्छ गर्न सक्नेलाई के छैन यहाँ ?" हो गर्न सक्नेलाई धेरै छ । तर नसकेसी के लाग्यो । सक्न नि सकिन्थ्यो होला तर के गर्नु यहा असफल पार्ने हरु लिट्टी कसेर लाग्दा रहेछन । कस्ता कस्ता मान्छेका कस्ता कस्ता योजना त असफल पार्छन । भन्नुहोला कोल्ले कस्यो लिट्टी आखिर डाक्टर कु भनेकै तिनै त हुन नि । हैन को हुन ति डाक्टर कु एकजना ठुलाठुला डाक्टर त आफै असफल भैराथे मुलुकमा । यो डाक्टर कु चै को हुन र सफल भए आखिर डाक्टर कु तिनै असफल डाक्टर हुन जो सरकार संबिधान निर्माणमा असफल भए ।

ठुलो तामझाम झामका साथ सरकारमा गएका डाक्टरसाप खासै केहि गर्न नसकी लुसुक्क बाहिर निस्के । उनले सकेका कुराहरु केलाम्दा त लाजलाज लागेर आउछ । यति सम्मकी अरु सबैले गर्न सकेको राजिनामा समेत गर्न सकेनन तिनले । राजिनामा समेत दिन नसकी सरकार छोड्नेले के गर्न सकेहोलान भन्ने होला जस्तो लाग्नु स्वबाबिक हो तर उनले त इतिहासमै सबैभन्दा ठुलो काम गरेछन । के भन्दाखेरी उनले कु रोकी दिएछन । खुद डाक्टर कु ले नै केहि दिन अघी खुलाए । कुरो बुझाए अनुसार एक डेड बर्ष भरी एक डाक्टर कुले कु गर्न ट्राइ मारेको मारेकै रचन । अर्का डाक्टर कु ले त्यसलाई असफल पारेको पार्यै । यी डाक्टरहरुका कुरा उनीहरुकै क्रस राइटिंग जस्तै साधारण मानिसहरुले त बुझ्नै नसक्ने । भित्र भने के के भैसकेछ भै सकेछ ।



अब हेरुम न एक डाक्टर सापले कहाँ र कसरी अर्को डाक्टरसाप बिरुद्द कु गर्न लागेछन डाक्टर कु को रिपोर्ट :एकदिन म डाक्टरसापकोमा गएथे । हामी दुइ बीच कुरा हुदै थियो । उहाँले भन्नु भो - "डाक्टर साप ! म मुख कुल्ला गरेर आउछु । " मैले बुझीहाले यो कु को प्रयास थियो । किनकी कुल्ला कु बाटै आउछ । त्यसैले खानेपानीमा आफन्त नियुक्त गरेर तुरुन्त्त उनको घरमा पानि बन्द गरिदिए । उनले कुल्ला गर्न पाएनन मुलुक कु बाट जोगियो ।

२) एक दिन म उनको निवास जादै थिए । निवासै नजिक काफल चरी कराईरहेको रहेछ कुक्कु कुक्कु । चराको आवाजै बाट मैले बुझिहाले यो पक्कै तिनले चरालाई कु गर्न लगाएको तर चराले नजानेर कुक्कु गरेको । मेरो पालो "होइट !" गरेर चरालाई उडाईदिए । त्यहा कु हुन पाएन ।३) तिनका नाम राम । घर फेरी धनुषा । राम अनि धनुषा रामायणको प्रसङ्ग त निस्कने नै भयो । रामायणमा एक चरित्र थिए कुम्भकर्ण । कुम्भकर्ण कु बाट सुरु हुन्थ्यो । तिनले रामायण पढेका थिए । तिनले रामायण पढ्दा कुम्भकर्णको कु धेरै चोटी उच्चारण गरेका थिए । यति हुदा पनि मैले कु असफल गरिदिएँ ।४) अलि गोप्य कुरा गरम । मैले उनकोमा जादा मेरै आखाले कति पटक उनले धोति कुर्ता लगाएको देखेको थिए । म नजान्ने थिइन कुर्ता कु बाटै सुरु हुन्थ्यो तिनले कुर्ता लगाएर कु गर्न लागेको बुझेर मैले घुरेर हेर्दिए । त्यसैले तिनी जहिल्यै बाहिर निस्कदा दौरा सुरवालमा निस्कन थाले । कु असफल भयो ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका