जड्याहा जस्ता एनजीओहरु !!
Thursday, January 12, 2012
"मौसम्ले च्यालेन्ज गर्यो यार !"

यहाँ च्याउसरी खुलेका एनजीओ हरु पनि तिनै जड्याहा भन्दा कमी छैनन । जड्याहा जसरी कुनै पनि बहानामा दारु खान चाहन्छन । त्यसैगरी एनजीओ हरु कुनै पनि बहानामा रकम कुम्ल्याउन चाहन्छन । यस्तै बहाना फेला पारेछन उनिहरुले -"जलबायु परिवर्तन " ।
विधा :
आर्थिक कार्टून
.......बाघजस्तो हैन, बाँदर जस्तो ??
कांग्रेसी कर्मकान्डबाद

नेपालि जनबोलिमा एउटा कथा प्रचलित छ । 'बिरालो बाँधेर सराद्दे गर्ने ' । बाजेको पालामा सराद्देको दिन ढाडे
बिरालोले लास्टै दु:ख दिएपछी बाजे हरूले जुक्ती लगाएछन -"अब यस्लाई बाधिदिनु
पर्यो" । आनि उनिहरुले बिरालो बाधेँर सराद्दे गरेछन । त्यसपछि बिरालो बाँधेर
सराद्दे गर्ने चलन चलाएछन । सराद्दे गर्ने कर्म हरुलो लिस्टमा बिरालो बाँध्ने पनि
समाबेश भएछ ।
यस्तै स्वाभाव भएका संसारका अजिब जन्तुहरू हुन
कर्मकान्डीहरू । जसले आधुनिक दुनियामा गजबका अड्डाहास पैदा गर्ने काम गर्दछन ।
यस्तै कर्मकाण्डी हरू राजनीतिक परिद्रिस्य मा पनि थुप्रै देखिएका छन । यहि मेसोमा को भन्दा को काम को शैलिमा निस्किएको
छ काग्रेस । एक गज्जबको कर्मकाण्डी बनेर । हुन त उसले बर्सौ देखी
विधा :
लेख / ब्यङ्य
म्यादको लत
Friday, January 6, 2012
थप्ने लत बडा ज्याद्रो हुन्छ । लागेपछी
मान्छेले ले जीवन छोड्न सक्ला तर लत छोड्न सक्दैन । यस्तै लत बस्या छ संबिधान
सभालाई । सभासदलाई सरकार सभामुख । पार्टी अनी तिनका नेता हरूलाई । २ बर्षको म्याद
लिएर नेपालभुमिमा पदार्पण गरेको संबिधान सभाले ख्याल ख्यालमै आफ्नो आयु सक्यो !!
साधारण जनको लागि पनि २ बारको जूनी ख्याल ख्याल मै जान्छ । उध्देस्यको लागि
बाँच्ने जीवन अली जटिल हुन्छ । नाम र अमरत्व लाई छोड्ने हो भने ख्याल ख्यालमै
जिउने ले नाई लिन्छन जिउनुको मजा । संबिधान सभाले नी जिउनुको मजा लिना थाल्यो आनि
ख्याल ख्यालमै २ बर्शे आयु खेर फाल्यो । आयु खेर फाले पनि उसले जीवन समाप्त भएन ।
सर्व शक्तिमान तीन दलिय माहाप्रभुको अनुकम्पाले उसको सकिएको आयु थपियो । फेरि
सकियो फेरि थपियो । फेरि सकियो फेरि थपियो । आनि त ख्याल ख्याल मै समय बिताउनु पनि
क्षम्य हुँदै गयो संबिधान सभालाई । अब त उसलाई लतै बस्यो म्याद थप्ने । थप्दै गयो
थप्दै गयो । दुई बर्से प्याक सिनित्त पार्यो । एक बर्से प्याक सिनित्त पार्यो ।
फेरि तीन महिने घुड्क्यायो । फेरि तीन महिने तुन्क्यायो र छ महिने गिलास मा
खन्यायो । तर धित मरेन संबिधान सभा लाई । लागेन उसलाइ । धित मरेन उसलाई ।
बरु उस्को थपाइले सर्बोच्च मात्तियो । पहिलो
मताइमा भन्यो -" थप भाइ थप । आफ्नो आयु अनन्त काल सम्म थप । बाँच्न पाउनु
तेरो अधिकार हो । म्याद थप फेरि थप धोक फेरि धोक । " संबिधानसभा हौसियो अब
उसलाइ जीवन को सिमितता बारे कुनै चिन्ता भएन । उसले थपी रह्यो थपी रह्यो । उसलाइ
लत बस्यो तर धित मरेन । उस्को पियाइले असह्य भएर सर्बोच्च मातियो । र भन्यो
-" भो अब नथप छ महिना भन्दा थप्दै नथप !"
विधा :
लेख / ब्यङ्य
अब म प्रधानमन्त्री बन्ने !!
मंसिर महिना रहरको महिना हो रे भन्चन । यसै महिनामा धेरै
ठिटा ठिटिहरु अनगिन्ती रहरहरु पाल्दछन । र मिठा मिठा सपना पाल्दछन । र धेरैले नयाँ
जिबन को सुरुवात गर्छन । मंसिर मा रहर पाल्ने ठेट्ना हरुको भिडमा पौष लाग्दा सम्म
पाका र परिपक्क भनाउदा नेता हरु समेत
मिसिएका छन । मानिसको स्तर अनुसार उसका रहरहरु निर्धारण हुँदा रहेछन ।
त्यसै अनुसार नै मंसिर महिनामा मानिस हरु आफ्नो सबै भन्दा सुन्दर र मिठो रहर हरु
प्रकट गर्छन् र पुरा गर्ने प्रयत्नमा लाग्दछन । ठिटा ठिटीहरुले आफ्ना दिलका
राजारानीसग घरजम गर्ने रहर हरु पाल्छन । र मंसिर महिनामा त्यसलाई पुरा गर्ने
प्रयत्न गर्दछन । र कतिले त्यसलाई पुरा गर्दछन । अनी ठिटाहरु जस्तै पाका नेताहरुले
पनि प्रधानमन्त्री पदलाई दिलमा सजाएका छन । दिलमा सजाएको कुराले साह्रै रहर हरु
पैदा गर्ने महिना मंसिर । प्रियतम प्रियतमा हुन वा कुर्सी नै हुन यि सबैको काम
एउटै हुँदा रहेछन । रहर पैदा गर्ने । हाम्रा बरिश्ठ र पाका नीता हरुलाई पनि यस्तै
रहर पैदा गरिदियो मंसिरले । र उहाहरुले पनि आफ्नो दिल मा सजाएको कुर्सी प्रियालाई
आफ्नी बनाउने रहर प्रकट गर्न थाल्नु भयो ।
Subscribe to:
Posts (Atom)