कांग्रेसी कर्मकान्डबाद
सुरुवाल र पाइन्ट उस्तै हुन्छन । दुबै लगाउने
एकै ठाम मा हुन । लम्बाइ मा दुबै करिब करिब उत्ती खुट्टा बराबर । फरक यति एउटामा
इजार हालिन्छ । अर्को मा बटम र चेन । सुरुवाल को तुलनामा पाइन्ट निकै फेसेनेबल र
आकर्सक हुन्छ । यसमा स्टायल हरू लगायत थुप्रै बिशेशता पाईन्छ । सुरुवालमा रंग
बाहेक अरुको बिबिधता पाइन्न । पाइन्ट सजिलो हुन्छ लगाउन । सुरवाल गाह्रै हुन्छ ।
लगाउन छुट्टै टाइम निकाल्न पार्छ । खास गरि इजार बान्न साह्रै झ्याउलो । त्यस्माथी
बेला बेला दुला पस्दिदा को हैरानी न कुरा गरुम । अझ समस्या त बितेर सौचालय छिर्दा
हुन्छ । भित्र बाट बल गरिरहदा इजार गाठो परेछ भने त संसार को त्यो भन्दा कठिनतम
स्थिति अरु नहोला । तैपनि सुरुवाल लगाउने हरू पाइन्ट लगाउन रुचाउदैनन ।
नेपालि जनबोलिमा एउटा कथा प्रचलित छ । 'बिरालो बाँधेर सराद्दे गर्ने ' । बाजेको पालामा सराद्देको दिन ढाडे
बिरालोले लास्टै दु:ख दिएपछी बाजे हरूले जुक्ती लगाएछन -"अब यस्लाई बाधिदिनु
पर्यो" । आनि उनिहरुले बिरालो बाधेँर सराद्दे गरेछन । त्यसपछि बिरालो बाँधेर
सराद्दे गर्ने चलन चलाएछन । सराद्दे गर्ने कर्म हरुलो लिस्टमा बिरालो बाँध्ने पनि
समाबेश भएछ ।
यस्तै स्वाभाव भएका संसारका अजिब जन्तुहरू हुन
कर्मकान्डीहरू । जसले आधुनिक दुनियामा गजबका अड्डाहास पैदा गर्ने काम गर्दछन ।
यस्तै कर्मकाण्डी हरू राजनीतिक परिद्रिस्य मा पनि थुप्रै देखिएका छन । यहि मेसोमा को भन्दा को काम को शैलिमा निस्किएको
छ काग्रेस । एक गज्जबको कर्मकाण्डी बनेर । हुन त उसले बर्सौ देखी
सम्सदीय
ब्यबस्थाको पुरेत्याइ गर्दै आएको छ । त्यसैलाई उसले सासकीय स्वरूपका बिषयमा बाहिर
निकालेको । र कछाड फेरेर निस्केको छ । र बिरालो बाधेर मात्र सराद्दे गर्नु पर्छ
भन्ने शैलीमा भन्दै छ । सम्सदिय बेबस्था । पैले जस्तै अहिले जस्ततै उस्तै दुरुस्तै
नत्र लोकतन्त्र खतरामा ।
जब सासकिय स्वरुपको बारेमा चर्चा हुन थालेछ ।
प्रचन्ड कमरेड ले अघि भित्ता मा टाँसेर बाँकी रहेको आफ्नो तस्बिर अंकीत पोस्टर
देखाउदै भन्नु भएछ । सासकीय स्वरूप यस्तो हुनुपर्छ भन्ने हाम्रो गौरवशाली पार्टीको
मान्यता हो । अब सुसिलदा पनि के कम उहाँले पनि कोट पाइन्ट मा गलबन्दी लगाको आफ्नो
तसबिर देखाउदै भन्नु भएछ -"कहा हुन्छ ?यस्तो हुनुपर्छ सासकीय स्वरूप त !" यता कामरेड झलनाथ खनाल लाई
के गरुम के गरुम भएछ । "एक छिन् है" भनेर घर गएछन र धुइपत्ता खोजेर
प्रधान मन्त्री हुँदा खिचेको रातो गाला र
दौरा सुरुवालमा सजीएको काइताको तस्बिर देखाउदै भनेछन -"यी यस्तो हुनुपर्छ
सासकीय स्वरूप त !" त्यसपछि एही गरेर पनि कुरा मिलेनछ । बैठक स्थगीत !
बाघ र बाँदर
सासकिय स्वरुप को बिषयलाई लिएर एक दीन प्रचन्ड
कमरेड र सुसिल दा को ठुलै रस्कारस्की परेछ । केही गर्दा नी कुरा नमीले पछि
प्रचन्ड निकै नाई क्रोधमा आउनु भएछ ।
मोटा जुगा मुसार्दै गर्जन गर्नु भएछ -"सासकिय स्वरूप बाघजस्तो हुन पर्छ । यता
सुसिल दादा पनि के काम उहाँले पनि झुस्स फुलेको दारी वाल अनुहार मा दुर्वासा खडा
गर्दै भन्नु भएछ - "ईईईइ हुन्छ ? सासकिय स्वरूप न बाँदर जस्तै हुनुपर्छ । " अब हेर्नोस न कुरै
बाघ र बाँदर जस्तो भने पछि हुन्छ त ?बाघले खान्छ । बाँदरले बिगार्छ भत्काउछ र उधार्छ । आनि उपद्रब गर्छ ।
यसरी हेर्दा कुरै मुलुक खाने र मुलुक बिगार्ने देखि छैन आनि कसरी होला प्रगति खै ??
मध्यमार्ग ??
एक जना मान्छे सार्वजैनिक सौचालयमा गएछन । यसो
हेरेछन एका तर्फ लेखेको रहेछ् पुरुष सौचालय । एकातर्फ लेखेको रहेछ् महिला सौचालय ।
एक छिन यता उता खोजे पछी पुरुष र महिला सौचालयको बीचमै ध्वारारारा पार्न थालेछन ।
उसको चर्तिकला देखेर मानिस हरूले हप्काएछन ।
"ओइ के गरेको ?"
उसले भनेछ
-"पिसाप गरेको नी देखेन ?"
'आनि
टवाइलेट मा नगरेर किन बाहिर त?
" मानिस हरूले सोधे ।
उसले भनेछ ।
-खै ट्वाइलेट? "
मान्छे हरूले -"यी क्या त देखेनौ ?"
उसले भनेछ ।
"यहा त पुरुष महिलाको लागि मात्र ट्वाइलेत
छ । मेरो लागि खै ? त्यसैले
बाहिरै गरेको । यो मध्यमार्ग हो अन्तत : काग्रेस माओवादी पनि यहि आउनु पर्छ ।
"