"मौसम्ले च्यालेन्ज गर्यो यार !"

यहाँ च्याउसरी खुलेका एनजीओ हरु पनि तिनै जड्याहा भन्दा कमी छैनन । जड्याहा जसरी कुनै पनि बहानामा दारु खान चाहन्छन । त्यसैगरी एनजीओ हरु कुनै पनि बहानामा रकम कुम्ल्याउन चाहन्छन । यस्तै बहाना फेला पारेछन उनिहरुले -"जलबायु परिवर्तन " ।
पौष २६ गतेको कारोबार दैनिक मा "अर्बौं खर्चको छैन हिसाबकिताब" शिर्सक मा जलबायु परिवर्तन न्युनीकरणको नाममा कसरी एनजीओ हरुले मोटो रकम कुम्ल्याइ रहेका छन भनेर समाचार प्राकाशित गरेको थियो । कारोबारमै आजको कार्टून त्यसै बिषयमा । -"जलबायु परिवर्तनले च्यालेन्ज गर्यो यार !"