थप्ने लत बडा ज्याद्रो हुन्छ । लागेपछी
मान्छेले ले जीवन छोड्न सक्ला तर लत छोड्न सक्दैन । यस्तै लत बस्या छ संबिधान
सभालाई । सभासदलाई सरकार सभामुख । पार्टी अनी तिनका नेता हरूलाई । २ बर्षको म्याद
लिएर नेपालभुमिमा पदार्पण गरेको संबिधान सभाले ख्याल ख्यालमै आफ्नो आयु सक्यो !!
साधारण जनको लागि पनि २ बारको जूनी ख्याल ख्याल मै जान्छ । उध्देस्यको लागि
बाँच्ने जीवन अली जटिल हुन्छ । नाम र अमरत्व लाई छोड्ने हो भने ख्याल ख्यालमै
जिउने ले नाई लिन्छन जिउनुको मजा । संबिधान सभाले नी जिउनुको मजा लिना थाल्यो आनि
ख्याल ख्यालमै २ बर्शे आयु खेर फाल्यो । आयु खेर फाले पनि उसले जीवन समाप्त भएन ।
सर्व शक्तिमान तीन दलिय माहाप्रभुको अनुकम्पाले उसको सकिएको आयु थपियो । फेरि
सकियो फेरि थपियो । फेरि सकियो फेरि थपियो । आनि त ख्याल ख्याल मै समय बिताउनु पनि
क्षम्य हुँदै गयो संबिधान सभालाई । अब त उसलाई लतै बस्यो म्याद थप्ने । थप्दै गयो
थप्दै गयो । दुई बर्से प्याक सिनित्त पार्यो । एक बर्से प्याक सिनित्त पार्यो ।
फेरि तीन महिने घुड्क्यायो । फेरि तीन महिने तुन्क्यायो र छ महिने गिलास मा
खन्यायो । तर धित मरेन संबिधान सभा लाई । लागेन उसलाइ । धित मरेन उसलाई ।
बरु उस्को थपाइले सर्बोच्च मात्तियो । पहिलो
मताइमा भन्यो -" थप भाइ थप । आफ्नो आयु अनन्त काल सम्म थप । बाँच्न पाउनु
तेरो अधिकार हो । म्याद थप फेरि थप धोक फेरि धोक । " संबिधानसभा हौसियो अब
उसलाइ जीवन को सिमितता बारे कुनै चिन्ता भएन । उसले थपी रह्यो थपी रह्यो । उसलाइ
लत बस्यो तर धित मरेन । उस्को पियाइले असह्य भएर सर्बोच्च मातियो । र भन्यो
-" भो अब नथप छ महिना भन्दा थप्दै नथप !"
गिलास मा खन्याउदै गरेको म्याद मदिराको बोतल
भुइमा राख्दै संबिधान सभाले भन्यो -" हाँइ ? के भन्या ?"
सर्बोच्च ले भन्यो -"अब म्याद नथप भनेको ?"
संबिधान सभाले घुड्क्याउदै भन्य्यो - "
किन नथप्ने म्याद ? तिम्रा
बाउको म्याद होर नथप्न लाई । मेरो म्याद म थपु की नथपु मेरो खुस हो । तिम्लाई छू
मतलब ? कत्ति न उसैलाई
थप्दे भनेको जस्तो । "
"के रे केरे "
सर्बोच्च ले भयो ।
"तिम्रो खुशी चल्छ याँ ? थप्न पाइन्न भनेसी पाइन्न पाइन्न । लु
हेरम त कसरी थप्दा रैछौ ?"
"यी यसरी !"
छ मैले लेबल टाँस गरिएको म्याद मदिरा गिलास मा
खन्याउदै संबिधान सभा हास्यो ।
"हिहिहा ........... !!"
"कति सम्म ज्याद्रो र 'छ हो यो संबिधान सभा त "
सर्बोच्चले भन्यो ।
-"अधालतले भनेसी मान्नु पर्दैन ? के गर्छौ तिमिलै नमानी सूख छैन !"
"नमानी सूख छैन् भने म्याद थप भन न त ?"
संबिधान सभाले भन्यो
-"त्यो चै मान्छु .....तेसो गरे कसो होला ??"
" बढा बाठा रहेछौ तिमी त ? म अरु कुरा जान्दिन "
सर्बोच्चले भन्यो
- "म्याद थप्न पाइन्न भनेसी पाइन्न पाइन्न
पाइनन !!! कुरा बुझ्यौ ? तिम्ले
थपेको यो छ महिनाको समय अन्तिम म्याद हो !"
"अरे यार यो अन्तिम म्याद भएर के भयो त ?"
संबिधान सभाले भन्यो ।
"फेरी लास्ट म्याद म्याद थपुमला नी त
!"
" केहो यार ! तिमी प्रकृतिको नियम लाई
चुनौती दीन खोज्ने ? "
सर्बोच्चले भन्यो
"यो संसार मा कोहि छ अजम्बरी ? म्याद थप्दैमा जिबित रहने भए जो पनि
थप्थे नी वाहियात !!"
त्यस पछी सम्बिधानसभाले तोरीको फूल देख्न
थाल्यो । म्याद थप मदिराको बोतलमा भएका भए भरको झोल पदार्थ एकै स्वासमा
घुड्क्याउदै । बियोगान्तक नाटक को नायक जस्तै कारुनिक बेदनाले कराउन थाल्यो
-"नाइ मेरो आयु थप्नु पार्छ । म प्रकृतिको नियम तोड्न चाहन्छु । म थप्न
चाहन्छु । म पिउन चाहान्छु म्याद मदिरा । म जिउन चाहन्छु पिउन चाहन्छु । मेरो
म्याद मलाइ थप्न दे । म मार्न चाहन्छु । अनन्तकाल सम्म……….