मिल्न थालेका कुरा ।

Thursday, March 21, 2013

केही दिन यता नेपाली राजनीतिमा फेरी उल्का हुन थालेको छ । कुन्नी कुन बुटीले काम गर्‍यो, चार दल अर्थात चार शक्ती बिच भटाभट कुरा मिल्न थालेका छन | दलहरुको यस्तो मिल्ती देखेर दुनियाँ चकित छ । अब त एउटा नेताबाट कुनै प्रस्तव भुइमा खस्न पाएको छैन फ्याट फ्याटी कुरा मिलिहाल्न थालेको छ । त्यसैले असम्भव, नमिल्ने र नहुने भनेको कुरा यस धरती बाट लोप हुने कुरामा छ ।

चार दल बिच बसेर यसो कुरा के भएथ्यो, प्रधान न्यायधिसको नेत्रित्वमा चुनावी सरकार बनाउने कुरामा सहमती भैहाल्यो । चार दल एक मुख हुनासाथ सम्पूर्ण कानुनी र संबैधानिक जतिलटाहरु चमत्कारीक ढंगले भत्किए र उहा सर्बोच्चबाट सिम्हदरवार सजिलै पस्नु भो । यता सर्बोच्च बाट सर चै निस्केर सिम्हदरवार पस्नु भएकोले त्यता चै बुच्चा मात्रै बाँकी रह्यो । तर बुच्चिनु नबुचिनुमा के मतलव । दलहरु बिच नै कुरा मिलि सकेपछी ।

त्यस्पछी अब कुरा आयो मन्त्री बनाम्ने । यस प्रकृयामा पनि दलहरु बिच मजैले कुरा मिल्न थाले । त्यस भन्दा अघी पनि उनीहरुले अर्को कुरा मिलाए । सरकार सन्चालन गर्न उनिहरुले आफुहरु बिचबाट "बोर्ड अफ डाइरेक्टर" बनाए । र बोर्ड अफ डाइरेक्टरले धमाधम डिसिजनको काम अघी बढायो । यसमा चमत्कार स्प्रिट लाई कायमै राख्ने अघोसित सहमती भयो । अब मुलुकमा जनताको लागी जेलनेल खाएर कपाल फुलाएका नेता होइनन । आफ्नै लागी जागिर खाएर कपाल फुलाएका रिटायर्डहरु मन्त्री हुन थाले । अब रिटायर्डहरु फुनको घन्टी बज्नासाथ कुदेर गएर ऐनामा आफ्ना पुर्पुरो पढ्न थालेका छन । जा जा बुढी झट्टै लबेदा सुरुवालमा आइरन लागाइदे भनेर अह्राउन थालेका छन । यी सप्पै कुरामा चार शक्तीको कुरा मिल्न थालेको छ । 

    
अनुभवको कदर गर्ने कुरामा पनी चार शक्ती बीच मजैले कुरा मिल्न थालेका छन । न्यायालयमा प्रधान चलाएकाहरुलाई प्रधान न्यायाधिश बनाइएको छ । सचिव भएर मन्त्रालय सम्हालेकालाइ मन्त्री बनाइएको छ । अख्तियार दुरुपयोग हरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख बनाउने तयारी भैरहेको छ । कुरा मिल्ने यो मेसोमा अब कुन दिन अपराधीलाई गृहमन्त्री र डनलाइ प्रमुख बनाउने कुरो निस्कन्छ र मिल्छ ।

चार सक्ति बीच कुरा मिल्दै जादा ससंभव कुरा पनी सम्भव देखिन थालेका छन । अब कुन दिन उनीहरुले गोरु दुहुने सहमती गर्छन र रास्ट्रपतीलाइ बाधा अड्काउ फुकाउन लागाई संबिधानमा गोरुको दुध आउनु पर्ने व्यस्था गर्छन । त्यस पछी गोरु दुहुन थालिन्छ । अनि गोरुले नि झइझइ दुध दिन थाल्नेछ । एक दिन कुखुरीले कुखुरालाई भन्ने छिन -" ए बुढा ! अब फुल तिमि पार्नु । चार शक्तीको बैठकले अब फुल तिमीलाई पार्न लगाउने सहमती गरेको छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका