मुलुकका कार्यकारी प्रमुख
प्रधानमन्त्री सग जनताका बिबिध अपेक्षा हुनु स्वाभाविक हो । कसैले नया प्रधानमन्त्री
भएसी शान्ती सुरक्षेमा ध्यान दिउन भनेर आसा गर्छन । कसैले यो महंगी अन्त्य गरुन भनेर
आसा गर्छन । कसैले बाटो बढाइदिए गज्जप हुन्थ्यो भनेर आसा गर्लान त कसैले जनतालाई तत्काल
राहत दिउन भन्ने अपेक्षा गर्लान । अझ प्रधानमत्रीको नजिककै कोहि छन भने तिनले प्रधानमन्त्रीले
ब्यक्तिगत लाभका काम गरिदिउन भनेर आसा राख्छ्न । उनले ठेक्का पारीदिउन । कुनै ठाममा
नियुक्ती मिलाइदिउन भनेर आसा गर्ने हरु पनि धेरै हुन्छ्न । त्यसो त सबोच्च अधालतबाट
जन्मकैद पाएकाहरु आफ्नै पार्टीका प्रधानमन्त्री बन्दिए उम्किने आसा गर्छन ।
यि अपेक्षाहरुको भिडमा कुन
अपेक्षा चै प्रधानमन्त्री माथी ज्यादा होला ? जब कोही प्रधानमन्त्री हुन्छ्न
तब अधिकाम्स मानिस हरुको प्रधानमन्त्री सग माग के हुन्छ ? बत्तिको पनि स्वास्थ्य संचार
कि बाटोघाटो ? सोच्नु होला यस्तै होला भनि ।
तर प्रधानमन्त्री सग अधिकांस मानिसले
माग्ने र आस गर्ने कुरा अलि बेग्लै छ । जुन सधै सुनिन्छ नै । त्यो हो -"राजीनामा
। " यहा प्रधानमन्त्री सग सबैभन्दा मागिने कुरा । सबैभन्दा धेरै मान्छेले अपेक्षा
गर्ने कुरा भएको छ - "राजीनामा ।" प्रधानमन्त्री सग धेरै मान्छेले धेरै कुरा
माग्लान । तर बहुमत मानिसहरुले राजिनामा नै माग्छन जहिले पनि । त्यसैले प्रधानमन्त्रीको
बहादुरी भनेको के के काम गर्न सके । रास्ट्रीय चासोका बिसयमा जनचासोका बिसयमा उनका
अडान कस्तो रह्यो । मुलुकको हितमा उनको आवाज कतिको लाउड रह्यो भन्दा पनि तिब्र राजिनामाको
मागको बिचमा प्रधानमन्त्रीको कुर्सी आफ्नो टाङ् मुनि राख्न सक्षम भयो त्यसमा देखिन
थालेको छ ।
जति अबधी सम्म राजीनामा नदिन सक्यो वा राजिनामा दिएर पनि टिकिरहन सक्यो
त्यहि नै ज्याद्रो र चाम्रो प्रधानमन्त्री कहलाउन थालेका छन् । त्यसैले पछिला समय बनेका
प्रधानमन्त्रीहरु ज्यादा बाठा भएर निस्केका छन । र उनिहारु जनताको अगाडी हाम्रा प्रधानमन्त्री
भन्दा पनि चाम्रा प्रधानमन्त्री बन्ने धुनमा बुर्कुसी मारिरहेका छन । हुन पनि राम्रो
वा हाम्रो प्रधानमन्त्री हुनु भन्दा चाम्रो प्रधानमन्त्री बन्न आकाश-जिमिनको फरक र
सजिलो छ । अब सबैको हाम्रो त बन्नै सकिन्न । एउटाको हाम्रो बनेपछी अर्काका लागि अर्कैको
र पराइ बनिहालियो । त्यसैले सबैको लागी हाम्रो बन्नु बडा गारो कुरा मात्र होइन असंभबै
छ । अब कुरा आयो राम्रोको । राम्रो बन्न झन गारो । बास्तवमा सासक पनि बन्ने राम्रो
पनि बन्ने त्यो त हुनै नकक्ने कुरा हो । कतै कतै अपबादहरु देखिएका हुनसक्छन
। तर प्रायस : मन्त्री प्रधानमन्त्री बनेका हरुका लागि राम्रा बन्न सक्दैनन । त्यसमाथी
पनि हाम्रो मुलुकमा ।
त्यसैले यहा फेसन भनेको चाम्रा
प्रधानमन्त्रीको नै छ । क्रेज र चार्म भनेको चाम्रा प्रधानमन्त्री कै छ । त्यसैले पछिल्ला
प्रधानमन्त्रीहरुले चाम्रा बनाम्ने कम्पिटिसनमा आफुलाई खरो उतारेको देखिन्छ । यस कम्पिटिसनमा
पछिल्ला प्रम कामरेडहरु ज्यादा खरो उत्रिएका छन । जव मादप कामरेड प्रधानमन्त्री बन्नु
भो बनेकै दिन बाट माओबादीले राजिनामा माग्न थाल्यो । बिस्तारै अरु नि थपिए त्यसमा ।
त्यहि हुटहुटीमा उनकै अदक्ष कामरेडले नि राजिनामा माग्नु भो । तर केहि गरि पनि हवाले
दिनु भएन र आफुलाई लास्टै ज्याद्रो र चाम्रो साबित गरिदिनु भो । पछी के मुड चलेर आफैले
राजिनामा दिनु भो । अझ रमाइलो त राजिनामा दिसकेनि महिनौ सरकार चलाइदिनु भो ।
त्यसपछी झल्नाथ काम्रेट प्रधानमन्त्री
बन्नु भो । उहाको नि बनेकै दिन बाट राजीनामाको माग भयो । उहा पनि चाम्रो बन्ने धुनमा
यति जोडदार लाग्नु भएन । आफ्नै पार्टीले राजिनामा माग्दा पनि बाल दिनु भयो । तर माड़प
कामरेडको तुलनामा त्यति खरो उत्रन सक्नु भएन ।
अब बाउराम कामरेड कुरा उहा
पनि प्रधानमन्त्री बनेकै दिन देखी राजिनामा माग्न थालियो । तर उहाले त माड़प नेपालको
समेत किर्तीमान तोडेर इतिहासकै सबैभन्दा चाम्रो र ज्याद्रो प्रधानमन्त्रीमा आफुलाई
उभ्याउनु भयो । अब खिलराज प्रम बन्ने चर्चा छ । प्रम नभन्दै उहाको राजिनामा माग्न थालिसकेका
छन । हेरम उहाले चै आफुलाई कति खरो उतार्नु हुन्छ र चाम्रा सावित गर्नु हुन्च ।
No comments:
Post a Comment