बिबादका बिषय

Tuesday, March 12, 2013


एकादेशमा चार राजनीतिक दल थिए । तिनीहरु चार राजनैतिक शक्तिले चिनिन्थे । उनिहरु नेपाल देशको काठमाडौँ नगरमा बस्दथे । उनीहरुको जागिर सहमती गर्नु थियो । नेपाल भन्ने त्यस देशमा सरकार, प्रधानमन्त्री, संबिधान, चुनाव आदी सबै सहमती फेक्टरी बाटै उत्पादन हुन्थे । ति चार सक्तीहरु त्यहि प्रडक्सन सेक्सनमा खटिएका थिए । र जोडतोडका साथ सहमती गर्ने ड्युटीमा खटिएका थिए ।
समय बेग रफ्तारमा कुद्दै थियो । सहमतीको उत्पादन त्यति राम्ररी हुन सकिरहेको थिएन । उता सितल निवासबाट डक्टरसापले च्याप्दै लगे । त्यसपछी उनिहरु कसरी सहमती बनाम्ने भन्ने घनिभूत छलफलमा लागे ।

पहिलो दिन :
अब छलफल गर्न त बस्नै पर्यो । कुरो आयो अब को कता फर्किएर बस्ने ?
माउबादीले भन्यो -" हामी त दक्षिण ज्यान जाला फर्कन्नम । दक्षिण तिर फर्केर हामी दक्षिणपन्थी हुन चाहान्नौ ।"
"अनि को बस्छ त ?"
काग्रेसले सोध्यो - "एमाले बस्ने हो ?"
"हामी दक्षिण फर्किन्नम |"
एमालेले भन्यो ।
"बरु हामी पुर्व फर्कन्छम । किनकी सुर्जे पुर्वबाट उदाम्छ । हाम्रो चुनाव चिन्ह सुर्जे हो ।"
"पुर्व फर्किने पूर्वराजाबादी हुन ।"
मधेसी दलले कुरा कोट्याए ।
माओबादीले थपे -" हो हो ! पुर्व फर्किने पुर्वराजाबादी नै हुन । यिनिहर्ले गर्दा यो बैठक नै बिटुलो भयो ।
यसै विषयलाइ लिएर गम्भीर विवाद भयो । बैठक स्थगित |

दोस्रो दिन :
दोस्रो दिन बस्ने कुराको विवाद भएन । बस्नासाथ सबैको स्वागतार्थ सत्तारुड दलले कालो चिया मगाए । बिपक्षी दलले त्यसको ब्यापक बिरोध गरे । एमाले-कांग्रेस एक साथ खनिए -" सततारुड दलहरुले हामी संग सल्लाह नै गरी एक तर्फी रुपमा मगाएको कालो चिया हामी बहिस्कार गर्छ्म ।"
माओबादीले भन्यो -" गरे बालै भएन नि । सुकिला मुकिलाहरुका दललाई कालो चिया कहा मन पर्थ्यो त ? नखाए नखानोस हामि खान्छ्म ।" मधेशी मोर्चा तर्फ हेर्दै भन्यो -" कि कसो ?" मधेशी मोर्चाले भन्यो -" हो, त्यसै हो । बालै भएन नि ।"  सत्तारुड दलहरुका कुराले बिपक्षी दलहरुका कन्सीरी ताते । निरंकुस सैलीमा आफै खाने चाजोपाजोमा सत्तारुड दलहरु लागेको निस्कर्ष निकाल्दै बिपक्षी दलहरुले बैठक बहिस्कार गर्दा भए ।

तेस्रो दिन:
तेस्रो दिन चमत्कारीक ढंगले चना र अण्डा खाने कुरामा सहमती हो । सुरुमै बिना कुनै बिबाद चना र अण्डा खाने कुरामा भएको सहमतीले चार सक्ती सारै उत्साहित भए । तर अण्डा छोडाउदै गर्दा एकजनाले प्वाक्क सोधे -"हैन यो अण्डा पहिला जन्म्यो होला कि कुखुरा पैला ?" अण्डा र कुकुरामा को पहिला जन्मेको भन्ने बिषयमा सात्तारुड र बिपक्षी शक्ती बीच ब्यापक ध्रुविकरण भयो । बिबाद मिलेन बैठक स्थगित ।

चौथो दिन:
आज खै कुन बुटी खाएर बैठकमा बसेछन चार शक्ती ? सबै कुरा मिल्दै गए । सबै बिसयमा सहमती बन्यो अव नया सरकार र चुनावको उत्पादन हुने भयो । सबैको आखामा उत्साह देखिए मुहारमा तेज । सहमतीमा हस्ताक्षर भयो । काम सकेर सबै बाहिर निस्कदा भए । तर त्यसैमा बिबाद निस्कियो -" ढोका बाट को पहिला निस्कने ?" फेरी यसमै गम्भीर बिबाद उत्पन्न भयो । र बैठक बिना निस्कर्स टुङ्ग्याई चारै शक्तीहरु चार झ्याल बाट निस्कदा भए ।
(क्रमशः)

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका