चुल्ठे मुन्द्रे |

Monday, March 4, 2013


मुलुकाँ अहिले प्रहरी प्रशासन अपराधीहरुको जरो किलो उखेल्ने अभियानमा लागेको छ | र त्यसको लागि उसले जरोकिलोको पहिचान गरिसकेको छ । र धमाधम अप्रेसन सुरु गरेको छ । प्रहरीले जरोकिलो कपालमा फेला परेको छ र धमाधम मुण्डन अभियान सुरु गरेको छ । कपाल पालेको मान्छे देख्यो कि च्याप्प समात्दै भ्यानमा कोच्दै लाँदै कपाल खुइलायाम्दै पठाउदै गरेको देख्दा यस्तो लाग्छ कि अबको केही दिनमा नेपाली समाजमा अपराध भन्ने कुराको नामोनिशान नै रहने छैन । र जनरल गेहेन्द्र सम्सेरले बनाएको तोप हेर्न छाउनी संग्रालय गए जस्तै अपराधीको अन्वार हेर्न नि जेल जानु पर्ने हुन्च ।

त्यसो त गुण्डाहरुको पत्तासाफ गर्न प्रहरीले उहिल्यै देखी प्रयास नगरेको हैन । तर पनि कुनै न कुनै ठाममा चुकुल खुस्की हाल्ने । गुँण्डाजी उम्कीहाल्ने । जे जे गर्दा नि उम्किहालने भएसी गृह प्रशासन लाइ परेसान भएछ । जस्तै कडा कानुन ल्याए नी जस्ता कडा कदम चालेपनी गोबरका मुला जसरी गुण्डाराज मौलाएको मौलाएकै छन । निएम कानुन को त बाल छैन । क्याहो यस्तो ? भनेर सोच्दा सोच्दै प्रशासनको आखाँ गुन्डाजीको बालामा परेछ । ए रात्तै । बाल जति सप्पै यतै आएको रच र पो । नियम कानुन लाइ कसैले बाल नदिएको त । संगै यसको उपाय पनि निस्किएछ । अब त्यहा बाल रहेसम्म नियम कानुनलाइ बाल भएन त्यसैले अब ति बाल नमुठारी भएन भनेर प्रशासन कैची लिएर तम्सियो ।अनि भटाभट समात्त्दै मुण्डन गर्दै गर्न थाले ।


अब चै गुण्डा जी हरु लोपे भएर जाने भए | तपाई भन्नुहोला भए खुपै | पहिले पनि यस्ता कुरा कति आए कति । तर पहिले नियन्त्रण अभियान असफल भएता पनि अहिले चै सफल हुने पक्का छ । किनकी पैला पैला जति प्रयास गरेता पनि कपाल मुण्डन गर्दिने गरिएको थिएन । मुन्द्रा फुकाल्न लगाउने गरिएको थिएन । यसरी मूल काम नै नगरीए पछी कसरि नियत्रण हुन्थे । फेरी कपाल काट्न लगाएर मुन्द्रा निकाल्न लगाएर अपराध नियन्त्रण हुने अर्को पनि कारण छ । के भन्दा खेरी गुण्डागर्दीमा लागेका हरु सबै नै कापाल काट्नमा मुन्द्रा उखेल्नामा ब्यस्त हुन्छन । त्यसैले कपाल काट्ने कि गुण्डागर्दी गर्ने ? उनीहरुलाई टाइम नै हुन्न । 

यही केस मुण्डन र मुन्द्रा फुकाल्ने अभियानको मेसोमा प्रहरीले एक गुण्डाजीलाई समातेछन । प्रहरीले भनेछन -" ओइ जगल्टे ! कपाल काट !"
गुण्डाजीले भन्यो -"किन काट्ने ?" प्रहरीले भने -" हामीले अपराध नियन्त्रन गर्न कपाल पाल्नेलाई समात्दै कपाल काट्न लगाम्ने गरेका छम । लु तुरुन्त काट्छस की हामी नै काट्दिम ?" गुण्डाजी कपाल काट्न राजि भए । प्रहरीले सहयोगका लागी धन्यबाद दिए । एक छिन पछी फेरी प्रहरीले भने -"ओइ मुन्द्रे | त्यो मुन्द्रा फुकाल !" गुन्डाजीले भने -"के यसमा नि सहयोग चाहियो ?" प्रहरीले भने -" हो त |" लु ठिकै छ म धमाधम मान्छेका मुन्द्रा फुकाल्दै हिडुला | फेरी पछी किचकिच गर्न चै नपाइ नि |"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका