मान्छेमा अचानक पैदा हुने रहरले पनि मजैले मनोरंजन प्रदान गर्छ कहिलेकाहीँ । रहरले रहर गर्ने मान्छेलाई पैदा गर्ने आत्मरति त छदैछ । अभिव्यक्त रहरले सुन्ने मान्छेहरुलाई नि गज्जपले हँसाउछ कहिलेकाही । त्यतिबेला उल्का रमाइलो हुन्छ जतिबेला कसैको रहर पनि ठट्टाको भाकामा उर्लिएर आउछ ।
कुरा कामरेड प्रचण्डको हो । उहाँलाइ नोबेल पुरस्कारको रहरले छोएछ । नुवाकोटको एक आमसभामा व्यक्त त्यहि रहर नै आज दिल खोलेर हास्नका निमित्त गतिलो बहाना भनेको छ । उहालाई अकस्मात त्यो रहर नभएको भए आज मान्छेलाई खित्खिताउन ठट्टा गर्न त्यति च्वाँक बहाना कहा मिल्थ्यो होला र ? धन्य उहाको रहर लाई । जसले उहालाई मात्र होइन अरुलाई पनि हँसाएको छ ।
उहाँको रहरलाई लिएर सोसियल मिडियाहरुमा कतिले पाखुरा सुर्किरहेका छन । अब बिस्तारै मिडियाहरुमा पनि थुप्रै गिदिजिवीहरुको पाखुरा सुर्काइ देख्न पाइने होला । यतिबेला मुलुकमा दुइ कुराले खुब हसाउने गर्दछ । एक प्रचण्डको प्रहसनले । दुइ त्यसपछि सुरुहुने गिदिजीबीहरुको पाखुरा सुर्काइले ।
पाखुरा नासुर्क्याउन पनि कसरी ? त्यत्रो सुन्दैमा आंग जिरिङ्ग हुने मान्छेले त क्रान्ति पुरस्कारको पो रहर गर्नु पर्छ त ? आफैले नेतृत्व गरेको 'जनयुद्द' मा त्यत्रा मानिस मारिएका छन उल्टै शान्ति पुरस्कार दिने ? भनेर पाखुरा सुर्कनेहरुको झोक पनि हम्म्म्म भनेर टाउको हल्लाउन लायकै छ । तर खासमा उहाँले नोबेल शान्तीको दावि गर्नु भएको क्रान्तीको लागी नभएर शान्तीको लागी हो । हो किनकी उहाले शान्ती ल्याउन ठुलो योगदान गर्नु भएको थियो । खासमा उहाँले जनयुद्द संचालन नगर्नु भएको भए शान्ती आउदैन थियो । किनभने जनयुद्द नगरेको भए कसैले शान्ती ल्याउदै ल्याउदैन थियो । किनभने जनयुद्द नभएको भए मान्छे मारिन्न थियो । हिंसा, तोडफोड अशान्ती हुदै हुदैन थिए । अब अशान्ती नै छैन भने केलाई ल्याउनु पर्यो शान्ती भनेर कसैले शान्ती ल्याउन तर्फ चासै देखाउदैन थिए । उहाले युद्द नै नगर्नुभएको भए कसरी गर्न सकिन्थ्यो र युद्दबिराम ? अशान्ती नै नमच्चाएको भए । कसरी हुन्थ्यो शान्ति बार्ता र शान्ति सम्झौता ? त्यसैले शान्ति ल्याउन होस कि शान्ति बार्ता गर्न होस या त शान्ति सम्झौता नै गर्न होस । उहाँले शान्तिको लागी गरेको योगदान बर्णन गरि साध्य छैन । त्यसैले यो संसारमा नोबेल शान्ति पुरस्कारको लागी उहाँ जतिको दावेदार आरु को होला ?
दिनेले दिन्छन भने प्रचण्डले नोबेल पुरस्कार पाउन | यसमा अरुले गुनासो गर्नु पर्ने कारण नै छैन । त्यसमाथी रहर गर्दैमा कसैले खेदो खन्न हुन्न । जतिसुकै उडन्ते किन नहोस मनको इच्छा सुनाम्न पाउछ मान्छेले | मलाइ पनि चन्द्रमामा गएर फुटबल खेल्न मन छ र त्यहा जाने भर्यांग नबनेकोमा गुनासो छ | जीवनमा पुरा हुन नसक्ने कुराको पनि रहर गर्न पाउनु पर्छ । सपनामै किन नहोस पुरा गर्न पाउनु पर्छ । ए नोबेल शान्ति पुरस्कार प्रदानकर्ता हो ! एउटा दोसल्ला ओडाएर एक थान पुरस्कार दिदैमा के जान्छ ? एकबार मर्ने चोला हो रहर पुर्याइदिनु नि | कसै न कसैलाई दिन परिहाल्छ के रे ? जेसुकै होस ।
No comments:
Post a Comment