बास

Friday, January 18, 2013


"बास पाइन्च हचुर ?"
दल-बदल सहित आएको आएको आगन्तुकले बडो सानको साथ सोध्यो |

भित्राट "ख्वांग~~~~ ख्वांग "  खोक्दै खोख्दै आएकी बुढी आम्मैले सोधिन - " के भन्यौ नानी ? के पाइन्छ भनेको ? "
" बजै मैले बास मागेको "
आगन्तुक ले भन्यो ।

" बाँस रे ? छैन बाँस । " बुढी आम्मै फत्फताइन । - " अरु माग बाबु बाँस नमाग । बाँस जस्तो अत्याबस्यक बस्तु दिन सकिन्न । यो राजमा कस्लाई के हुन्च के था ? उहिल्यै बाउन्न साल देखी अहिले सम्म अैले सम्मन कोल्ले मार्चन कुन बेला मार्चन था छैन | कुन बेला चाहिन्च थाहा छैन | बाँस त दिन सकिन्न बाबु | "

"ल~~~~ आम्मै पनि अहिले त शान्ती अैसक्यो । त्यसरी कहाँ मार्चन र ? " आगन्तुकले भन्यो - " न आत्तिनोस आमा अब मार्दैनन कसैले , कालले बाहेक । त्यती सारो बाँस कै जगेर्ना गरेर बस्नु पर्दैन । तर मैले मागेको बाँस पनि हैन । "

" खै बाबु अहिलेको राज्यले काललाई नै पालेको छ रे भन्ने सुनिन्च । अप्राधीलाई जोगाइराच रे भन्ने सुन्निन्च । यस्ता कुरा क्यारी उज्ने ? कस्लाई उजाइदे भन्ने ? " बुढी आमैले भनिन - " बाँस मागेको हैन भन्चौ त के मागेका हौ केरे ?"


" आम्मै मैले मागेको बाँस हैन । बास हो । " आगन्तुकले भन्यो - " आज एक दिन हजुरको घरमा बास पाईन्छ कि भनेर । "
" ए ~~~। बाबुले बास पो भनेको ? " आम्मैले भनिन - " दिल्लिबाट कमाएर आएका हौ कि क्या हो ? घर कहाँ पर्‍यो ? "
" दिल्लिबाट हैन आम्मै म काठमाडौं बाट कमाएर आएको । " आगन्तुकले भन्यो - " घर चै गोर्खा । " 

" आम्मैले भनिन काठमाडौमा कमाउने गोर्खामा घर । बाटो नपर्ने यो दुर प्युठान " आम्मैले सोधिन - " क्यारी आइपुग्य्यौ ? "
" म बाध्धेताले हैन आम्मै रहरले  बास माग्न आको । आगन्तुकले भन्यो । " जनता  सग म " कारेक्रम अन्तरगत मैनाको एक फेरा बास माग्न आम्छु जनताको घरआँ "

आम्मैले सोधिन- "के हुन्च नि त्यसो गरे । "

" टिभीमा अन्वार देखिन्च आम्मै । " आगन्तुकले भन्यो - " टिभिमा थुतुनो देखाउने खुप सोख छ मेरो । "
" के के भन्चौ के के । " आम्मैले भनिन - ल " बाबु बास नबस कसरी भन्नु ? बस तर खाने कुरा छैन । "
" पर्दैन आम्मै मलाई केही चाइन्न । म कानुनी राज्य खान्छु । " आगन्तुकले भन्यो -" यसमा खुप टक बस्याच ऐले । "
" त्यही पनि त छोरालाई पकाइदे भन्नु भन्ने थिए । पाहुना मान्छे तातो खाएर सुत्नु हुन्थ्यो " आम्मैले अाखाभरी अासु पार्दै सुनाइन - " छोरालाई मार्दिहाले । "
आगन्तुकले नि खिन्न हुँदै सोधे - " को हुन छोरा आम्मै ? कस्ले मार्दियो ? "
"डेकेन्द्र हो बाबु । " आम्मैले भक्कानिदै भनिन - " जङलीले मार्दिए । "

आगन्तुक टाप कस्यो ।
Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका