रातदिनको भागदौड , व्यस्तता , तनाव र
छटपटीबाट थकित उहा गत साता मुसाको खोजीमा निस्कनु भएछ | थारु बस्तीमा भेट्नुभएछ र
टन्न मुसा खाएर फर्कनु भएछ | मुसा पनि भुत्लै सहित कहा हो र ? चट्ट भुत्ला खुइलाएर
काटेर नुन , मसला , खुर्सानी हालेर साँधेको | अचार मुसा | हुन त खान्की भनेको
व्यक्तिको इच्छा मा भर पर्ने कुरा हो | कसैले के खायो खाएन भन्ने कुरा अरुको
चिन्ता र चासोको बिषय होइन तैपनी उहाँलाइ
“सु~~~~री !” भनेर बोलाउन मन लागेको छ | कारण उहाँ पहिल्यै देखि सुरो
मान्छे त्यसमाथी मुसा खाएका | मुलुकमा पहिलो पटक प्रधानमन्त्रीले मुसा खानु भएको छ
| उहाँले बाघै मारेर खानु भएको होइन | सिंह मारेर खानु भएको होइन | हात्ती ,
चितुकाको कुरा छोडुम | स्यालै सम्म पनि खानु भएको हैन | खानु भएको जाबो मुसा हो |
तर चर्चा भने हात्ती , सिंह खाए भन्दा नी ठुलो भयो | हुन पनि ठुलाबडाले ठुलै कुरा
खानु भएको भए त के चर्चा ? चर्चा भयो नै सानो कुरा खाएर |
मलाई भन्नुहुन्छ
भने बाउराम कामरेडले मुसा खाएको त्यति चित्त बुझेको छैन | कताकता कुरीकुरी लागेको
छ | सामान्य जनताको छोरा भएर हाम्रो प्रधानमन्त्रीको रुपमा सत्तामा पुगेका उहा |
पुर्व सामन्ती सासक भन्दा कम्ताको हुनुहुन्न थियो | उहाँको कम्ताको हुनु भनेको
सर्वासाधारण जनता कम्ताको हुनु हो | र सामन्ती सासक हरुका अगाडी जनताको इज्यत जानु
हो | पहिलेका शासक अर्थात राजा महाराजाहरु सिकारमा निस्कन्थे भन्ने कुरा हामीले
विभिन्न इतिहास तथा कथाका किपातहरुमा पढ्दै आएका छौ | उनिहरु बाघ मारेर खान्थे |
तर हाम्रा बाउराम कामरेडले भने मुसा खानु भयो त्यहि पनि आफैले सिकार गरेर कहाँ हो
र ? अर्काले मारेर अचार बनाइँ सकेको मुसा | अर्को मनले सोच्दा यसो रमाइलो पनि
लाग्छ | हाम्रा प्रधानमन्त्रिले सामन्ती राजाहरुले जस्तो बाघको सिकार गर्नु भएन | बरु मुसा खानु
भो | त्यसैले उहालाई तारिफ गर्न पनि मन लागेर आउछ कि उहाले राजसी ठाँट देखाउनु भएन
|
तारिफ र आलोचनाको बेग्ला बेग्लै पाटो
होलान तर यसको राजनीतिक पाटो केलाउदा खेरि भने उहालाई राजनीतिक रुपमा चै घाटा
लागेको देखिन्छ | अब प्रधानमन्त्रीले मुसा खान थाले पछी मुसाहरुलाई यसले चिन्तित
तुल्याएको छ | उनिहरु प्रधानमन्त्री देखि क्रुद्द र चिन्तित देखिएका छन | उनीहरुले
आफ्नो अस्तित्व संकटमा परेको महसुस गरेका छन र एकाएक उनीहरु प्रतिपक्षी कित्तामा
उभिएका छन | यता बिरालाहरु पनि उहाले मुसा खाएको कुरामा उति संतुस्ठ छैनन | अब
प्रधानमन्त्री नै मुसाभक्षी भएर निस्किएको अवस्थामा बिरालाहरुले आफ्नो आहार घटेको
महसुस गरेका छन | सत्ताधारीहरुको खवाईको आनिबानीलाइ नियाल्दा निकट भविस्यमै
आफुहरुले भोकमरीको सामना गर्नु पर्ने सम्भावनाले उनीहरुलाई चिन्तित तुल्याएको छ | प्रधानमन्त्रीले
मुसा खाए हामीले चै के खाने | भन्ने चिन्ता एकातिर छ भने | प्रधानमन्त्रीले नै
मुसा खाइदिए पछी किसानले आफु हरुलाई नपाल्ने चिन्ताले बिरालाहरु सारै त्रसित भएका
देखिन्छन | र मौका मिले प्रतिपक्षी साग मिलेर आन्दोलन छेड्ने सुर मा देखिन्छन
उनीहरु |
किसानहरुलाई भने प्रधानमन्त्रीले मुसा
खाइदिदा खुदो भएको छ | अब मुसा खानको लागी बिरालो नपाल्न पर्ने भो | धन्न बाउराम
तब न किसानका नेता किसानका प्रधानमंत्री | गर्नु गर्यौ बाबुराम मुसा खाएर |
No comments:
Post a Comment