
गणतन्त्रको स्थापना पछी प्रयोगको
राजनीतिको बिडो माओवादीले थाम्यो । दल , नेता र यदाकदा राष्ट्रपतीलाई नि प्रयोग गर्न उ सफल भयो । उसको
प्रयोगको राजनीति देखेर प्रयोग हुँदै आएका दलहरु र तिनका नेताहरु पनि यस तर्फ आकर्शित
भए । तिनिहरुले पनि प्रयोगको राजनीति सिके । र प्रयोगकै राजनीति तर्फ आफुलाई पनि अघी
बढाउन थाले । तर प्रयोग सम्बन्धी त्यती ज्ञान , अनुभव र परिपक्कताको अभावमा
प्रयोग हुने दल नेता र शक्तीहरु त्यती ठम्याउन सकिरहेका छैनन । प्रयोगको राजनीतिमा
परिपक्क र धुरन्धर बनिसकेको एमाओबादी अनी तिनका नेतालाई प्रयोग गर्न सकिने कुरा भएन
। मधेशबादी पनि तिनकै प्रयोगमा छन । अब बिदेशीलाई कसरी प्रयोग गर्ने र बरु परी आउँदा
तिनैले आफुलाई प्रयोग गर्छन । संसदबादी दलहरुले प्रयोग हुने पात्रको ठन्ठाराम भैरहेको
स्थितिमा प्रयोग गर्न सकिन्छ कि भन्ने एकमात्र पात्र देखे राष्ट्रपती । तर यसबिच उनिहरु
बाट जे जस्ता कुरामा उनलाई प्रयोग गर्ने प्रयास भए ति निकै रमाइलो छ ।
'राष्ट्रपती' माने 'राष्ट्रको पती' अब राष्ट्रको पतिलाई नै प्रयोग
गर्न छोडेर राष्ट्रको पत्नी छोरा छोरी यानकी जनता लाई किन प्रयोग गर्न परीरह्यो ?
अब राष्ट्रपतिलाई प्रयोग गर्न छोडेर
किन प्रयोग गरिरहन पर्यो पार्टीको निती र सिद्दान्तको प्रयोग ? किन चाइयो बिपिको समाजबाद
र भन्डारीको जनताको बहुदलिय जनवाद ? उनिहरुले राजनीतिमा राष्ट्रपतिको प्रयोग गर्न चाहे सरकार हटाउन
र आफु सरकारमा जान राष्ट्रपतिको प्रयोग चाहे । बजेट रोक्न राष्ट्रपतिको प्रयोग चाहे
। अध्यादेश अस्विक्रित गरेर बाउराम सरकारलाई लोप्वा ख्वाउन राष्ट्रपतिको प्रयोग चाहे
। र त्यसै अनुरुप प्रयत्न गरे । तर सत्ता पक्ष तिरै सत्र पल्टिदै आयो ।
झिना मसिना काममा राष्ट्रपतिको
प्रयोग गर्नमा रमेका बिपक्षी दलहरुले ठेक्कापट्टामा पनि आउन राष्ट्रपतिलाई आग्रह गरेको
समाचार आएको छ । उनिहरुले थर्मल प्लान्ट किन्ने योजना र त्रिशूली थ्री ए जलविद्युत
आयोजनाको क्षमता बढाउने प्रक्रियालाई रोक्न राष्ट्रपतिलाई प्रयोग गर्ने भएछन ।
हुँदा हुँदै एक दिन आफ्नो
छोरी पल्लाघरे झिल्केले भगायो भन्दै बिर्खे कुनै बिपक्षी नेता कहाँ पुग्ला । बिपक्षी
नेताले भन्लान - " केही छैन अब राष्ट्रपतिको प्रयोग गरेर फेर्ता ल्याम्नु पर्छ
। " तासको खालमा कोरम नपुग्ला , भन्लान - " यहाँ राष्ट्रपतिको प्रयोग गरम । " एक नेताको
भैंसी नब्याउला । के गर्ने भनेर बैठक बस्ला अनी निस्कर्स निस्केला -" यहाँ पनी ........................ !"
माफ गर्नुहोला
पाठकब्रिन्द, प्रयोगकर्ताहरुले
भन्न सक्लान
तर मैले लेख्न सकिन । राष्ट्रपती भनेको मुलुकको सबैभन्दा सम्मनित ब्यक्ती हो । उहालाई
सम्मान गरौ । उहाँ प्रयोगको पात्र होइन ! उहालाई अपमान नगरम !!
No comments:
Post a Comment