थप्पडको मुल्य ।

Thursday, December 13, 2012


पहिले पहिले थप्पडको सम्बन्ध मात्र क्रोध सँग हुन्थ्यो । जङ चलेपछी पिड्याङ गालामा चड्कायो सकियो । हदै भए उसले पनि फर्काउला उस्तै आइटम खानेले पनि । चमत्कारै भए खाने गान्धी बन्ला र थाप्ला अर्को गाला पनि । फर्काउने र अर्को गाला थाप्न पनि नसक्ने मान्छेले सुम्सुम्याउला । अनी भन्ला - " थप्पड नै चै हानी नहालेको भए हुन्थ्यो । " अझै कोही त - " ल बितायो " बन्दै टाप कस्लान । पर पुगेर भन्लान - " तलाई पख । " अनी फेरी बुर्कुसी मार्लान उसै गरी ।
तर अब थप्पडको सम्बन्ध क्रोध सँग मात्र छैन । झोक फेराइबाट उत्पन्न दु:खाइ सँग मात्र छैन । गालाको सुम्सुम्याइ र अर्को गालाको थापाइ सँग मात्र छैन । र झोक फेराइबाट झोक फेरिने पक्षमा उत्पन्न हुने नयाँ झोक सँग मात्रै नि छैन । जब देबीप्रसाद , पदम कुँबर जस्ता मनुवाहरु अकस्मात लबटा बोकेर उत्पन्न भए तब थप्पडको सम्बन्धमा आमुल परिवर्तन ल्यायो । अनी थप्पडका सम्बन्धका क्षेत्रहरु फराकिला बन्दै गए ।
केही बर्ष अगाडी देबीप्रसाद लबटा हल्लाउदै कामरेड झलनाथले माइक समाती राखेको मन्चमा उक्लिए तव थप्पडको सामाजिक प्रतिस्ठा सँग स्वयम्बर सम्पन्न भयो र जब त्यो हावामा हल्लिरहेको खस्रा लबटाले कामरेड खनालको चिल्ला गालामा स्पर्स गर्यो तब थप्पड र सामाजिक प्रतिस्ठाको लगनगाँठो बाँधियो । र थप्पडको सम्बन्ध झोक र दु:खाइ सँग मात्र नभएर त्यो सामाजिक प्रतिस्ठा सग हुन गयो । र खानेले आफ्नो प्रतिस्ठा भुइमा खसेको अनुभव गर्न थाले दु:खाइको खासै महसुस र महत्व रहेन । प्रतिस्ठा सँग सम्बन्ध गाँसिए लगत्तै थप्पडको दुखाइ सँग पारपाचुके भयो ।
थप्पड पाउनेहरुका लागि दुखाइ गौण बिषय भए । थप्पड खाईदा लोकले गर्ने खिसिट्युरी र हासिमजाकको चिन्ता बड्ता हावी भए । जोरीपरिको मख्ख पराइ , खुच्चिम र हसाइहरु ज्यादा हावी हुँदै गए । 
थप्पडको नयाँ संस्करण जब कामरेड प्रचन्डको गालामा प्रिन्ट भयो । त्यहाँ पनि दु:खाइ भन्दा बढी बेइज्यती र लज्जा नै ज्यादा हावी भए । थप्पडको सम्बन्ध आर्थिक पक्ष सग पनि जोडीयो । थप्पडबाट उनले ठुलो मुल्य चुकाउनु पर्‍यो । मुल्यको मतलब उहाले आर्जन गर्नु भएको सामाजिक प्रतिस्ठा र राजनीतिक उचाइको मुल्य त छदै थियो । त्यसमा त्यसमा अर्थिक मुल्य नि चुकाउनु पर्‍यो । त्यती जोडले नि हानेका थिएन पदमले बिस्तारै प्याट्ट हानेका हुन । त्यती जाबो हल्का खादा पनि खानेको खातामा बिल उठ्यो २८ हजार । अन्य कुरा खाए झै थप्पड खाएको पनि बिल तिर्नु भयो कामरेड प्रचन्डले । यस्तो लाग्छ खाइने कुरामा सवभन्दा महगो कुरा थप्पड नै होला जस्को एकै पिसको २८ हजार पर्दो रहेछ । जसको स्वाद खानेले पाउदैन । हेर्ने तमासेले पाउछ । खानेका बैरी र जोरिपारीले पाउछ ।  

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका