एक दिन मुसा हरुको बैठक बसेछ | सानेपाको सेता दारी जुगा भएको मुसा |
बल्खुको दारी जुगा नभएको मुसा अनि अरु केहि फुटकार मुसाहरु | उनीहरु बीच बालुवाटारे
ढाडे बिरालोको बिरुद्दमा घनिभूत छलफल भएछ | छलफल उसको सिंहासन आफुले कसरि
उछिट्याउने भन्ने बिषयमा केन्द्रित भएछ |
राम्रो मुखले त बिरालोले सिहासन हस्तान्तरण गर्दैन | त्यसैले त्यसलाई
उछित्याउने पो कसरी ? उछित्याउदा उछिट्याउदै ढाडेले थापाएर आक्रमणमा उत्रियो भने ?
त्यसको लागी के गर्ने कसो गर्ने भन्ने छलफल चलिरहदा फ्याट्ट उपाय सुझेछ | “ अब त्यसलाई
घण्टा झुन्ड्याइदिम ताकी त्यो आएको परै बाट थाहा होस र भाग्न सकियोस | कुराको
चौतर्फी समर्थन भयो | तालि बज्यो |
तर एउटा प्रश्न तेर्सियो त्यस ढाडेलाइ घण्टा झुन्ड्याउने पो कसले ?
कसैले गएर मझुन्द्यौछु भन्ने आट पुर्याउन सकेनन | अन्तत उनि हरुले त्यो घण्टा
झुन्द्यैदीन सितल निबास अनि लाजिम्पाट दरबार सम्म आग्रह गरे | दुबैले कुरो मनासिव
ठहर्याए पनि अझै त्यसलाई झुण्ड्याउने आट पुर्याउन सकेनन |
राजिनामा नामको त्यो घण्टा झुण्ड्याउने आट कसैले पुर्याउन सकेनन |
ढाडे बालुवाटारमा घाम तापेर निदाउदो भयो | मुसाको सपना अधुरै रह्यो |
No comments:
Post a Comment