जंगली ध्रुबे र बालुवाटारको ध्रुबे

Friday, December 28, 2012

जंगलबाट फुत्~~~~~त निस्केर गाउमा बितण्डा मच्चाउने जंगली ध्रुबे र जंगलबाटै फुत्त निस्केर सिंह दरबारमा मस्ती जमाउने गोर्खाली ध्रुबेको चर्चा अचेल ज्यादा छ | रुप र सारिरिक बनावटमा केहि फरक भएका यी ध्रुबे हरुमा ब्यबहारमा भने थुप्रै समानताहरु देखिन्छ | जंगली ध्रुबेको ला~~~~~मो सुड छ भने गोर्खाली ध्रुबेको लामो नाक छ | गोरखाली ध्रुबे नि एकताक सरकारको ‘मोस्ट वान्टेड’ सुचीमा परेका थिए र तिनलाई मार्न सेना प्रहरी खटिएका थिए |

त्यति बेला गोर्खाली ध्रुबे नि जंगलमै बस्थ्यो  | अचेल जंगली ध्रुबे जंगलमा छ र त्यो सरकारको मोस्ट वान्टेड सुचीमा परेको छ | जसलाई मार्न अहोरात्र सेना प्रहरी खटिएका छन | तै पनि त्यसलाई समात्न सकिएको छैन |

त्यसैले नै उसले बालुवाटार बस्ने ध्रुबेहरुको निद हराम गर्न सफल भएको छ | जनतामा त्रास र चर्चाको उत्पादन गर्न सफल भएको छ | अहिलेको बालुवाटारे यानकी गोर्खाली ध्रुबे जंगलमा हुदा पनि बालुवाटारमा ध्रुबेहरु थिए | र तिनीहरुको त्यसै गरी निद हराम गर्न सफल भएको थियो | पछी नारायणहिटीको ध्रुबे सारै मत्त भएर निस्कियो | बालुवाटारे , सिंहदरबारे धुर्बे मध्धे केहीलाई थुनेर बाकीलाइ धपाएर आफु महाध्रुबे भएर निस्कियो | र त्यतिबेलाको जंगली , गोर्खाली अर्थात अहिलेको बालुवाटारे ध्रुबे जो  त्यतिबेला जंगलमा थियो त्यसको सम्पूर्ण टेन्सन आफैमा बिसायो | जंगली ध्रुबेहरु बिरुद्द सेना परिचालन तिब्र पार्यो | सहरी ध्रुबेहरुलाई नि खेदो खनायो |


पछी जंगली र शहरी ध्रुबेहरु एकजुट भए | आन्दोलनमा उत्रिए | नारायणहिटीको ध्रुबेलाइ सातो लिएर खेदे | र गोर्खाली ध्रुबे बालुवाटार सिंहदरबार छिरे | गोर्खाली ध्रुबेले मुस्तांग चढ्यो र रातारात सेलिब्रेटी भयो | जंगली हात्ती ले गामका झुपडी भत्काए झैँ बालुवाटारे गोर्खाली हात्तीले सडक बढामने भन्दै सहरी घरहरु भत्कायों | र खुब वाह वाह मच्चायो |अचेल जंगली ध्रुबे भन्दै छ रे | म पनि आन्दोलन गर्छु | म पनि बर्तमान बालुवाटारे ध्रुबेलाई पदच्युत गर्छु | चुनाव लडेर ठुलो दल बन्छु | बालुवाटार छिर्छु | मा पनि मुस्तांग चढ़छु | घर भत्काम्छु र बालुवाटार ज्यान जाला छोद्दिन |

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका