जनताको लागी !!

Wednesday, February 29, 2012

हाम्रा देशका नेता हरु साह्रै त्यागी छन र जनप्रेमी । उहा हरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहा हरु खानु हुन्छ जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि सुत्नु हुन्छ जनताकै लागि उठ्नुहुन्छ जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहा हरुका निम्ती ब्यक्तिगत भन्ने कमै हुन्न सबै जनताकै लागि हुन्छ । हाम्रा कती नेता हरु सत्ता कब्जाको सपना देख्छन जनताकै लागी । जनताको घरजग्गा कब्जा गर्छन जनताकै लागि ।  आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागि । दिनमै १४ -१५ घन्टा लोडसेडिङ गर्छन जनताको लागि । यसरी हाम्रा नेता हरु दिनदिनै जनतालाई केही गर्न का निम्ती सोचमग्न छन । उहाहरु जनताको लागि केही गर्न अहोरात्र खटिएका छन । तपाईं सोध्नुहोला "हैन ए नेता ज्यु तपाईंले त खाना पनि बब्बाल खानुभो नि त ?" नेता ज्यु बाट पक्कै जवाफ आउछ _'क्यार्नु अब आफ्नो लागि भए त सानो एक प्लेट भए नि पुग्थ्यो । आफु त जनताको लागि खान्छु खाना पनि । ति भोका नाङ्गा जनता हरुलाई सम्झन्छु झन झन बढी खान्छु । अब जनताको लागि पेट भर्न परेपछी अली बढी त खाइन्छ नै । "

अझ नेताज्युको मुड रहेछ भने त थप्नु होला -"खाना मात्र धेरै खानु भयो भन्नु होला ,त्यो हैन म त लुगा नि साह्रै बाक्ला र महगा लगाउछु । यि मेरो ज्याकेट हेर्नोस न ठ्याक्कै एक कुरेत बाक्लो छ । यो कोट मात्र झन्डै एक लाख पर्या छ । के गर्नु बाटोमा जाडाले लुगलुग काँपेका जनता हरु देख्छु । सितलहरले काठयाङ्रिएर मरेका ति गरीब निमुखा जनता हरु सम्झन्छु । भक्कानु छुटेर आउछ । साह्रै भाबुक हुन्छु । मनले मान्दैन । लगाउछु बाक्ला र महगा कपडा हरु । अब त जाडो पनि हट्ने क्रममा छ बाक्ला कपडाले अली गर्मी त भैहाल्छ नि तैपनी जनताको लागि हल्का गर्मी पनि सहनु परेको परेको छ ।


उहाले सुत्दा लास्टै घुर्नुभो । घरका मात्र होइन छिमेकका मानिस समेत सुत्न सकेनन बाघै कराएको हो कि भनी टोल भरिका कुकुर भुकेर लास्टै गरे । अती भएसी छिमेकिले कम्प्लेन गरे हैन ए नेता ज्यु तपाईंले त घुरेर लास्टै गर्नु भो नि । यो त अत्ती भो है यसो गर्न त भएन नि । नेताज्युले भन्नु भयो -'धत किन नघुर्ने घुर्छु । नघुरी हुन्न । थोडी मैले आफ्नो लागि घुरेको हुँ र ? मैले त जनताको लागि पो घुरेको ।"

 एक दिन नेताज्युले सार्वजैनिक स्थान मा धुमपान गर्नु भएछ । एक छिन त सहेछन वरपरकाले । जब एउटा चुरोत सिध्याइ वारी अर्को चुरोट सक्काउन तम्सेछन तब एक जना ले मुख फोरेर भनेछन -"हैन ए नेताज्यु यो सार्वजैनिक स्थान मा धुमपान गर्नु भन्दा उ त्यो स्मोकिङ जोन मा गएर धुमपान गर्न मिल्दैन ?" नेता जि ले भन्नु भएछ -"मिल्दैन कहाँ मिल्छ ? मैले आफ्नो लागि धुमपान गरेको हुँँ र स्मोकिङ जोन मा गएर चुरोट खान ? मैले त जनताको लागि धुमपान गरेको । यही खान्छु । यही खाएपो जनताले यसको असर प्राप्त गर्न सक्छन । चुरोट किनेर खान नसक्ने जनताले क्यान्सर बाट बन्चित हुन नपरोस भनेर मैले यसरी सार्वजैनिक स्थान मा धुमपान गर्ने गरेको छु ।"

एक दिन नेता ज्यु फिलिली अवस्थामा भट्टिमा भेटिएछन । नेताज्यु जस्तो प्रतिष्ठित ब्यक्ती यसरी भट्टिमा भेटिदा धेरैले जिब्रो टोके । अत्यमा एक जना भलाद्मिले सोधे -"हैन ए नेताजी तपाईं जस्तो मान्छे यसरी भट्टि पसेर फिलिली हुनु हुन्छ ? यो त मुलुककै बेइज्यत भो नि !"

नेताजिले हिक्क गर्दै भन्नुभयो -"मुझे पिनेका सोख नही यार । यो सब जनताको लागि पिएको हुँ । जनताले पाएका देख्दा उनिहरुको गरीबी र अभाव देख्दा मन त्यसै त्यसै मन भकानिएर आउछ । साह्रै पिडा भएर आउछ । त्यसैले पिडा भुल्न पिउने गर्छु यो सब जनताको लागि हो । "

अस्ती मात्रा करोडौ भ्रश्टाचार गरेको आरोपमा अहिलेका जल्दा बल्दा नेता जेपी गुप्ता जेल परे । उनी पनि के कम भन्दिए यो पनि मैले मेरो लागि कहाँ गरेको हुँ र ? यो त मधेशी जनताको लागि गरेको । " अहिले सम्म जनताको लागि जोक श्रिङ्खलाको लेटेश्ट प्रहसन हो । अझै यसमा कती नेता हरुले के के थप्दै जान्छन हेर्दाइ जाउँ !

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका