हिरो !!

Sunday, February 19, 2012

"सान्तिको लागि यो हात सलाम छ ।
क्रान्तिको लागि यो हात फलाम छ । "
प्रचन्ड कामरेडले हात ठड्याउनु भो । अनी राजेश हमाल पोजमा एक्सन दिदै भन्नु भो ।
हेइ ! शंकर हो मेरो नाम शंकर !!"
"अरे ! केहो प्रचन्ड जि ?"
सुसिल दादाले भन्नु भयो ।
"फेरी जंगल पस्न लाग्नु भो कि क्या हो ?"
"हेइ ! के भन्नुन्छ तपाईं "
प्रचन्ड कामरेडले उही पोज उही हाउभाउमा भन्नु भयो ।
-'कसरी पस्छु जंगल ?
सिंह दरबार पसाउनेको लागि यो हात सलाम छ ।
जंगल पठाउने लागि यो हात फलाम छ "
फेरी हात ठड्याउनु भयो अनी फेरी भन्नु भो ।
-हेइ ! शंकर हो मेरो नाम शंकर !" 
"लक्षण तेस्तै देखिन थाल्यो । "
सुसिल जी ले भन्नु भो ।
"तपाईंको उपनाम देख्दा त जंगल पस्नुहोला की जस्तो लाग्न थाल्यो !"
"हेइ !सान्ती प्रकृयामा आएर एक पटक सत्ताको स्वाद चाखिसकेको मान्छे सिंह दरबार पस्ला , बालुवाटार पस्ला । उस्तै परे दुतावास पस्ला । तर तर जंगल पस्दैन बुझ्नु भो ?"
प्रचन्ड कामरेडले भन्नु भो
-"कुन उपनाम्ले तपाईंले म जङल पस्न लागेको अड्कल काट्नु भयो ?
जंगलइ ! शंकर हो मेरो नाम शंकर !!"
"तपाईंको यही शंकर उपनामले तपाईं जङ्गल पस्नुहुन्छ कि भन्ने सन्का लाग्यो । "
सुसिलजीले भन्नु भयो ।
"तपाईं छबिलाल बाट पुष्पकमल हुनुभो त्यहाँबाट प्रचन्ड उपनाम राख्नु भयो अनी जंगल पस्नुभयो । पछी शान्ता प्रकृयामा आउनु भयो र फेरी पुष्पकमल हुनु भयो । अहिले फेरी संकर हुँ म शंकर भन्दै हुनुहुन्छ । अनी सन्का लाग्यो कतै फेरी जंगल पस्न लाग्नु भो कि भनेर "
थप्नु भो
त्यसै त तपाईंले नाम फेरे बिच्छे संका लाग्छ त्यसमाथी यो याक्सन मा आउनु भा छ । "
"बडा हासो उठ्छ कैलेकाही तपाईंको कुरा सुन्दा । आँफैले बोलेको कुरा पनि बिर्सनु  हुन्छ अनी भन्नु हुन्छ -'जङ्गल पस्नु भयो कि क्या हो ?'
प्रचन्ड कामरेड्ले भन्नु भयो ।
"तपाईंले नै भन्नु भएको हैन -'प्रचन्ड जी हिरो भन्ने अवसर नगुमाउनोस भनेर ? त्यही अवसर नगुमाउनको लागि राजेश हमाल्को सिको गर्दै हिरो बनिदिएको । नानाथरी सोच्नुहुन्छ । "
"ओहोहोहोहो कुरा त्यस्तो पो ?"
सुसिलजीले भन्नु भयो
"यो त बढा गजब भयो "
थप्नु भयो ।
"मेरो कुरा यस्तरी मानिदिएको ? यो त बढा गजब भयो । साच्चै तपाईं पनि लोकतान्त्रिक लाइन मा आउनु भयो । तपाईं पनि नागरिक पार्टिको नागरिक नेता हुनुभयो । "
" ए ए तपाईंको कुरा माने चै लोकतान्त्रिक नमाने चै अलोकतान्त्रिक ??"
प्रचन्ड कामरेडले भन्नु भयो ।
"बढा गजब कुरा गर्नु हुदो र'छ तपाईं त ? बन्नु पर्या छैन मलाई हिरो । आँफै बन्नु ।
"तपाइको हिरो नबन्ने कुरामा म युद्दको धङ्धङी देखी रहेछु "
सुसीलजिले भन्नु भयो ।
-"यसले तपाईं अझै शान्ती प्रकृया प्रती इमान्दार नरहेको देखाउछ "
"यो मिथ्या आरोप नलगाउनोस तपाईं "
प्रचन्ड कामरेडले भन्नु भयो ।
"हिरो नभनेर कसरी शान्ती र संबिधान प्रती म इमान्दार रहिन ? लु भन्नोस त ?"
"तपै हिरो बन्नु भो भने फिलिम खेल्न बेस्त हुनुहुन्छ र राष्ट्रपती बन्नु हुन्न "
सुसिल्जीले भन्नु भयो ।
" राष्ट्रपती नै नबने पछी तपाईं निरन्कुस बन्न सक्नु हुन्न अनि सान्ती हुन्थ्यो अब हिरो नभन्ने भए पछी तपाईं राष्ट्रपती हुने हुनुभो त्यसैले यो सान्ती प्रकृया बिरोधि कुरा भो "
"झुर मान्छे । झुर कुरा पो रैछ । झन हिरो भन्नोस भनेपछी राम्रै भन्नु भयो भनेर । हिरो बन्न तम्सेको थिए लास्टाँ यस्तो पो कुरा रैछ !"
प्रचन्ड कामरेड ले भन्नु भयो ।
"मैले त रेखा थापालाई भनी सकेको थिए म हिरो बन्ने भए अब तिमी हिरोइन बन्नु पर्छ भएर । उनी पनि खुप खुशी थीइन अब म सगको डान्स जस्ताइ म सगको फिलिम पनि हिट हुने भयो भनेर । अब कसरी मुख देखाउने उन्लाई ।"
 "खित खित खित !"
सुसिलजी हास्नु भो र कुम नचाउदै भन्नु भो ।
"खुच्चिम खुच्चिम खुच्चिम !!"
 "हेरन त्या "
प्रचन्ड कामरेड हल्का रिसाउनु भयो र भन्नु भयो ।
"शान्ती र संबिधान मा त तपाईं इमान्दार हुन्न । संबिधान लेख्न छोडेर फिलिम बनाउन थाल्ने? "
"हावा आरोप लगाउने?"
सुशिलजीले भन्नु भयो ,
"कस्ले  थाल्यो फिलिम बनाउन ?"
"तपैले "
प्रचन्ड कामरेडले भन्नु भयो ।
"तपाईंले फिलिम नबनाउने भए किन बन्नु पर्‍यो म हिरो ?"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका