सुडान घोटाला काण्डमा अख्तियारको बाढी नेपाल प्रहरीतिर पसेपछि एक से एक सापहरु डुबानमा परेका छन् । तन्केर सलाम ठोक्नेहरुले निउरेर हतकडी लगाउदै सापहरुलाई खोरमा लैजान थालेका छन् । अख्तियारको प्रलयंकारी सक्रियताले सापहरुको उठीबास भएको छ र सुडान काण्डमा ज्युनार गरेका कुरा किलकिलीमा औला घुसारेर वान्ता गर्नुपर्ने स्थिति पैदा भएको छ ।
सापहरु जेल पर्ने कारण भ्रष्टाचार भनिएता पनि भ्रष्टाचार नै जेल पर्न पर्याप्त योग्यता पुग्ने भने रहेनछ । पहिलो कुरा त जति नै घुस दन्काए पनि गोजी भए पनि भुडी फुलाए पनि ती मानिस कुनै राजनीतिक दलसग आवद्ध रै’छन् भने त्यस्ता व्यक्तिलाई खोरमा इन्टि्र हुदो रहेनछ । कोही अगाडि मन्त्री भइसकेका रहेछन् भने उनको अस्वभाविक रुपमा गगनलाई चुम्न तम्सिएका घर बंगलाहरुको तला गनिदो रहेनछ । चिल्ला गाडी र अकुत सम्पत्तिको खोजी नीति नहुदो रहेछ । होस पनि त कसरी, पूव मन्त्री भइसक्या मान्छेहरुलाई यति जाबो सम्पत्ति जोडन्लाई कत्रो आइतबार ? मन्त्री भइसके्सी त्यसै जोडी हालिन्छ नि यति सम्पत्ति त भ्रंष्टाचारै गरिरहन पर्छ ?
त्यसैले त सापहरुसँगसँगै सुडानको सडानमा परेर दुगन्धित बने पनि अत्तर छरेर हरर बास्ना चलाउदै हिडिरहेका छन हाम्रा माननीय सम्माननीयहरु । भयो, कुरा छोडम त्यस्ता बास्नादार सडुवा माननीय सम्माननीयहरुका । अख्तियारले त छुन नसकेका त्यस्ता माननिय सम्माननीयहरुलाई म जस्ता गए गुज्रेको लेखकले कोट्याउने दुस्साहस गर्नु भनेको मुखता सिवाय केही होइन । त्यसैले कुरा गरुम सापहरुकै बरु ।
सुडानमा सडेका सापहरु धमाधम खोर पर्न थालेका छन् । तर सुडानमा सडिएका सापहरु जब जेलमै सडिएलान भन्ने सम्भावना चै कमै देख्या छ । कारण धमाधम धरौटी बुझाउदै सापहरु जेलबाट निस्कन थालेका छन् । तुरुन्त पैसा बुझाउन नसक्ने सापहरु मात्र केही दिन खोरमा बस्ने भएका छन् बाँकी त धमाधम निस्कन थाल्या छन् ।
आजकाल बहालवाला साप हर्ले आफ्नो कमइको केही अंश धरौटी तिर्नका लागि राख्न थालेका छन् रे । पछि धरौटी तिर्ने पैसाको अभावमा जेलमा सड्न नपरोस भनेर ह्वाहर्ले अलि बढी नै भ्रष्टाचार गरेर भएनी धरौटीका निम्ति रकम बचत गर्न थालेका छन् अरे । यस्तै हो भने सापहरुको दुरदर्शिताले एक दिन धरौटी सञ्चय कोष नै खोलिन बेर छैन । अनि धरौटी सहायता बैंक खोलेर सडिएका सापहरुलाई सेवा पुर्याउने जुक्ति पनि कसैमा फुरेको हुनुपर्छ । साच्चैनै भन्ने हो भने धरौटीमा गरिएको लगानी डुब्ने सम्भावना कमै हुन्छ । कारण धरौटी तिरेर सापहरु छुटे र एक महिना मात्र पदमा बहाल हुन सके भने पनि लगानीले राम्रो प्रतिफल दिइ हाल्यो । यस्तै बैंक खुलेको भए राना साप खोर जानै पर्थेन ।

(यस लेख बिश्वदीप साप्ताहिक मा प्रकाशित छ )
No comments:
Post a Comment