हेर्या हेर्यैमा बित्यो
समय । कहिले काही सभामुखले हुन्छ कि हुन्न भनेर ध्वनी मत लिदा कहिले दाँयाँ हात ठडाएर
"हुन्छ" भनियो । कहिले बाँया हात उठाएर “हुँदैन” भनियो । मतदान हुँदा पार्टीले
भनेकै ठाममा ल्याप्चे ठोकियो । एक पल्ट खुद आँफैले भोट हालेर राष्ट्रपती चुनियो । ठुला
ठाममा आएसी ठुलै ब्यक्तित्वलाई चुन्न पाइने रैछ । हाम्रा मतदाताले हाम्लाई चुने जस्तै
ति राष्ट्रपती हाम्रा मतदानले चुनिदा रैछन । इतिहाँसमै कसैले नचुन्या राष्ट्रपती आफुहर्ले
चुन्न पाउदा खुशीले साह्रै गदगद भैयो ।
प्रधानमन्त्री त कती
पल्ट चुनियो अम्लै भाँच्नु पर्छ । एक पटक बडो तामझामका साथ बाघका जस्ता जुँगा भएका
कामरेड स्विजरल्यान्डलाई चुनियो । लाग्यो, जहिल्यै चमत्कार जहिल्यै चमत्कार भनिरहने
यिन्ले त भोली बिहान उठ्दा सम्म ठुलो उल्का गरी सक्छन । लाग्यो, भोली बिहान मर्निङ
वाक जाँदा पनि म्याप लिएर जानु पर्छ कारण भोली बिहान सम्म नेपाल स्विजरल्याण्ड भैसकेको
हुन्छ ।
अब स्विजरल्याण्ड भएपछी त शहरमा बोलचाल पनि अङ्रेजीमा सुरु हुन्छ होला । आफु
त सात फेरा अङ्रेजीमा पल्ट्याङ बाजी खाएर आठौ पटकमा एसेल्सी पास गरेको । त्यसपछी सिधै
राजनीति सुरु गरेको कलेज भित्र नपस्या बाहिर सडककाँ टायर बालेको । खास्सैमा बन्नु पर्दा
गोडा दसेक फुटकर शब्दहरु बाहेक अङ्रेजीमा खासै कमान्ड छैन आफ्नो । सोचेँ नेपाल स्विजरल्याण्ड
भएसी त आफ्लाई ठुलै समस्से पार्ने भो अङ्रेजीले । भोली बेबस्थापिका संसदमा कुरा उठाउनु
पर्ला हामी अङ्रेजी नजान्ने सभासद हरुलाई । भोली पल्ट बिहान ब्युँझिएर बढो उत्सुकताको
साथ आँखा खोलेर हेरे । स्थिती जस्ताको तस्तै थियो । एक मनले सोचे _"हैन क्या हो
??" फेरी सम्झे मुलुकमा आमुल परिवर्तन भए पनी मेरो कोठा भित्र त के परिवर्तन देखिन्थ्यो
त मेरो कोठामा परिवर्तन देखिने र नदेखिने म मा पो निर्भर हुन्छ त, मैले परिवर्तन गरे
परिवर्तन हुन्छ केरे नगरे हुन्न । ह्याँ कोठा भित्र नेपालै भए पनि कोठा बाहिर चै पक्कै
स्विजरल्याण्ड भाको होला । अर्को मन यसो सोचे हैन यसरी परिवर्तनको नाममा यसरी मुलुकलाई
स्विजरल्यान्डमा परिवर्तन गरी हाल्न चै नहुने हाम्रो मुलुकको पनि आफ्नै पहिचान छ ।
यसरी एक्कासी स्विजरल्यान्ड चै बनाउन नहुने हो । तर जे सोचे पनि खासमा चाँही नेपाल
स्विजरल्यान्ड बन्ने कुराले भित्र भित्र चाँही म साह्रै उत्साहित भैरहेको थिए । त्यसैले
कहिले भोली बिहान होला र नेपाल स्विजरल्याण्ड भएको हेरुम्ला भनेर रातभर निन्द्रै लागेको
थिएन । मैले स्वार्र पर्दा सारेर झ्यालको चुकुल खोले र बडो उत्सुकताको साथ स्विजरल्याण्ड बनेको नेपाल हेर्न झ्याल बाहिर आँखा कुदाएँ । तर बाहिर पनि नेपाललै थियो । मलाई बिरक्त
लाग्यो । फेरी मनैले मनलाई सम्झायो-" आखिर मान्छेका घर, ढुङ्गा माटो , घाम हावा
त जुनसुकै ल्याण्ड भए पनि उस्तै त हुन्छ नि ।" अब अली पर सम्म बाहिर निस्केर भए
पनि स्विजरल्याड हेर्ने इच्छा जाग्यो । मेरो कोठा गर सम्म त नेपालै थियो त्यसैले बाहिर
स्विजरल्याड जानको लागि दुई चार दिन अघी मात्र बनाएको रातो रङ्गको कुटनितिक राहदानी
निकाले । फेरी सोचे यसमा भिसा हान्ने पो कहाँ
गएर ? कहाँ बाट सुरु भा'छ स्विजरल्याण्ड? फसाद पर्ने त हैन ? ह्या परिरहोस फसाद । आखिर
जे पर्ला त्यही टर्ला । म हिंडे स्विजर्ल्याण्ड हेर्न । तर कतै पनि स्विजरल्याण्ड देखिएन
देखियो त सबै तिर उही नेपाल जताततै उही नेपाल । मैले सोचे प्रधान मन्त्रीले सपथ खाएकै
छैनन अनी कहाँ हुन्छ त आजै स्विजरल्यान्ड । आस गरे पक्कै पनि आज उनले सपथ खान्छन ।
भोली चै पक्कै बन्छ ।
भोली भयो भोली पल्ट
पनि उसै गरी बडो उत्साहको साथ आँखा खोलियो स्विजरल्याण्ड देखिएन । त्यहा पछी पर्सी
आँखा खोले पर्सी पनि देखिएन । निपर्सी, कानेपर्सी पनि उस्तै भयो । यसै गरी हप्ता बिते
महिना बिते अनी बिस्तारै बर्ष बित्दै थियो । एक बिहान उही उत्साहको साथ आँखा खोल्दा
अखबारको हेडलाइनमा आँखा ठोकियो । जहाँ लेखिएको थियो -"कटुवाल काण्डमा अल्झेर लडी
कामरेड स्विजरल्यान्डको राजीनामा" । मेरा आँखाँ तिर्मिराए । मेरो कल्पनाको स्विजरल्यान्ड
समुन्द्रमा डुबेर बेपता भयो । "
क्रमश:
No comments:
Post a Comment