मैले जिन्दगीमा सबैथोक हराए
जिबन दिप कहिले नबल्ने गराए
आँफैलाई गुमए मैले तिम्रो लागि
खरनी घसेछु हुन खोज्दा त्यगी
आँफै खाल्डो खानि आँफैलाई भराए
जिबन दिप कहिल्यै नबल्ने गराए
सबै छोडि मैले तिमीलाई समाए
संसारलाई बिर्सेंए तिमीमा रमाए
तिम्रो खतिर पागल हुँदानी छोएन
भक्कानो फुट्यो यहाँ तिम्रो मन रोएन
म मात्रै तिम्रो हु भनी खुब कराए
जिबन दिप कहिल्यै नबल्ने गराए
सपनामा तिम्रो साथ आकाश माथि पुग्थे
कल्पना मा तिम्रो मुटु भित्र लुक्थे
बिपनमा हुँदा गिरेछु जगतमा
म भ्रमित भएको रहेछु फगतमा
आसा टुट्न लाग्यो म धेरै डराए
जिबन दिप कहिल्यै नबल्ने गराए
मेरो शिर माथि खसिदियो आकाश
म दल म भासिए भए म बिनाश
अस्तित्व मेटियो मेरो छैन आश
यो संसार मशानघाट म हु जिउदो लाश
ठुलो आधी आयो म छेक्न डराए
जिबन दिप कहिल्यै नबल्ने गराए
जिबन दिप कहिल्यै नबल्ने गराए
No comments:
Post a Comment