क्या काइदा !!

Thursday, November 1, 2012

अध्यक्ष कामरेडको बातै बिच्छे बोली फेरिने गरेता पनि उहाको नेत्रित्वको पार्टी एनेकपा माओबादी भने एउटै कुरामा अडिक छ । त्यो हो सरकार नछोड्ने कुरा । तर जसरी सरकारमा जान र सरकार छोड्न निउ चाहिन्छ त्यसै गरी अर्काले छोड का छोड भनीरहेको अवस्थामा सरकारमा बसिरहन पनि एउटा निउ त चाहिने नै भयो । उसले त्यो निउ सहमतीमा खोजेको छ । फेरी सहमती भन्नसाथ तपाईं दलहरु बिच हुने खालको बन्ने खालको सहमती बुझ्नु होला । कुरा मिलेको अवस्थालाई ,सबैले ल हुन्छ भनेर चित्त बुझाएको अवस्थालाई बुझ्नु होला तर त्यसो होइन । सहमती शब्दलाई नै निउ बनाएर सरकारमा बसिरहने माओबादीको नयाँ काइदा बनेको छ । 

माओबादीले सरकार छोड्दैन किन कि सहमती भएको छैन । वास्तवमा जब कोही प्राइममिनिस्टर सहमतीको खम्बामा आफ्नो कुर्सी बाध्न सफल हुन्छ उसको कुर्सी सितिमिती धल्दैन । अब सहमती भैहाल्यो त के भयो ? आफ्नै नेत्रित्वको सरकारलाई निरन्तरता दिने कुरामा सहमती गर्‍यो । सरकार आफ्नो जहिको तहीं अब सहमती भएन त झनै राम्रो सहमती नभै राजीनामा दिइन्न अर्थात सरकार छोडिन्न । क्या काइदा !! आखिर सहमती भएर सहमती लाई आधार बनाएको सरकार त्यती मजबुद नहुन सक्छ । किनकी सहमतीमा पुगेकाहरुले बोली फेर्न सक्छन र सहमती भात्काइदिन सक्छन । यसो गर्दा सरकारको बनेको आधार कमजोर हुन सक्छ र सरकार ढल्न सक्छ ।


 तर असहमतीको आधारमा अडिएको सरकार साह्रै नै मजबुत हुदो रहेछ । किन भने असहमतीको सरकार विस्तापित गर्न सहमती चाहिदो रहेछ । जुन सितिमिती हुदो रहेनछ । अझै भनुम हुँदै हुदो रहेनछ । भैहाल्ने पनि सरकारमा नबसेकाहरु बिच हुदो रहेछ । सरकारमा बसेकाहरु त सरकारै छोड्ने कुरामा के सहमत भैरहन्थे । आफ्नै सरकार ढाल्न आँफै के सहमती भैरहन्थे । अनी आफु सहमत् नभै सहमति भएन सहमती नभएसी त सत्ताधारीहरुको सानै बढीहाल्यो । भन्छन, सहमति नभै राजिनामा नदिने ! एक छिन पनि सरकारमा बस्न मन छैन । सहमति भैदिए राजिनामा दिहाल्थे । उफ कती बिझाएको यो कुर्सी सहमती भैदिएदेखी छाडीहाल्थें !  

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका