
पुत्र प्रकाशले पितालाई माग गरे -" ओ
ड्याड मलाई सगरमाथा चाढ्नु परो । "
पिता जीले भन्नु भयो -"हैन के भन्छ यो ?मने क्यार्न चड्नु पर्यो सगरमाथा ?"
"ल ! ड्याड पनि किन पो भन्नुन्छ क्या ।
"
पुत्र प्रकाश ले भने -"अब तपाईं हाम्रो
महान गौरबसाली पार्टिको अध्येक्ष म त्यही गौरबशाली पार्टीको गौरबशाली छोरा । अनी
गौरबशाली काम गर्नु परो कि परेन लु तपाईं आँफै भन्नोस त ?"
"गर्नु त पर्यो नि बाबु प्रकाश "
पिताजिले भन्नु भयो "तर सगरमाथा नै
क्यार्न चढ्नु परो ? गौरबसाली
काम गर्न को लागी ?यसो
शान्ती प्रकृया मा राम्रो भूमिका निभा न बाबु अनी भै हाल्छ् नी गौरबशाली काम
"
"शन्ती र संबिधान कै लागि हो ड्याड , सगरमाथा चढ्न लागेको "
पुत्र प्रकाशले भने
पिताजीले भन्नु भयो ।
"हैन कस्तो कुरा गर्छ यो ? सगरमाथा चडेर कसरी आम्छ शान्ती ? बरु ह्यै बसेर राम्रा काम गरे पो आम्छ
त । "
पुत्र
प्रकाशले भने
"ह्यही बसेर सगरमाथा नचडी शान्ती आउने भए
त यात्राो पाँच छ बर्षमा किन आएन शान्ती ?त्यसैले सगरमाथा नचडी हुन्न अब शान्ती आउन । कम्तीमा नि मनको शान्ती
ल्याउन । २ चारदिन सगरमाथा चडेर रिल्याक्स गरेर आएपछी मनमा शान्ती आउछ । मनमै
शान्ती भाईसके पछी त बाहिर शान्ती भाइहालो नि । "
अन्त्यमा पुत्र प्रकाश ले पिताजी को मन जिते ।
पिताजीले प्रम ज्युको मन हराउनु भो । पुत्र प्रकाश २ करोड खर्च लिएर सगरमाथा चढ्ने
भए । उनको मन खिन्न भयो । 'जाबो २ करोड लिएर के चड्नु ?' सगरमाथाको
को चुचुरामा बसेर कल ब्रेक खेल्ने कत्रो इच्चा थियो उनको पुरा भएन । युवा
विद्यार्थी हरुले त भरमजदुर प्रयास गरेकै थिए । उनको योजना सफल पार्न । यती सम्मा
कि बाटो बाटो मा एक एक रुप्पे संकलन गरेर दिने तयारी गर्दै थिए उनलाई । तर पुत्र
प्रकाशले उनिहरुलाई नै गाली गर्दै दुई करोड नलिने भए । सगरमाथा नचड्ने भए ।
No comments:
Post a Comment