पिर मान्ने मान्छे पनि बिदेश बाटै झिकाउनु पर्ने

Thursday, March 22, 2012

खेलाडीहर्ले पनि संबिधान नबनी कुनै गोल नहान्ने कसम खा'का रचन कि क्या हो कुन्नी यसपाली एउटा बल छिरेन पोस्ट मा नेपालीले हानेका । आखिर संबिधानसभाकै हावाले छोएको हुनु पर्छ खेलाडीलाई पनि । निर्धारित समयमा के हानु गोल यती बेर त अर्को टिमले हानेकै हेरेर बस्नु परो नि क्यार्न हानी रहनु गोल ? बरु निर्धारित समय सकिएसी त्यसैको हाप समय थम्नु अनी बस्नु । फेरी क्वाटर समय थप्नु अनी बस्नु । अनी फेरी पेग समय थप्नु अनी बस्नु आखिर क्यार्न हानी रहनु गोल । वाहियात ! एक त देखासिकी गरे खेलाडी हरुले र हानेनन गोल । अर्को त प्रतिस्पर्धा गरेका हुनु पर्छ संबिधान सभा सग उनी हरुले त संबिधान बनाएका छैनन हामी चाही किन गोल हान्ने ? उनर्ले आफ्नो काम पुरा नगर्ने हामीले चाँही किन गर्ने ?
अर्को त दवाव पनि हुन सक्छ संबिधान सभालाई खेलाडी हरुको अब संबिधान नबनाए सम्म गोल हानिन्न भन्ने । जेहोस एफसी च्यालेन्ज कपमा गोल छिराउनै सकेन नेपालले ।\
अब क्यारी हार्यो त यस्तरी नेपालले भनेर बिचार  पुर्याम न । यसो कुरा बुझ्दा हाम्रा एन्फे साप हरु परिक्षामा गोल गर्ने खालका परे क्यार जस्तो लाग्छ । क्या हो त्यो परिक्षामा गोल गर्ने खालका भन्या भनेर भन्नु होला । परिक्षामा गोल गर्ने हरु भनेको मार्कसिटमा जिरो मार्क धारी हुन । जसले परिक्षाको उत्तर पुस्तिका भरी गोलै गोला हरु इन्कम गर्छन । अब गोला इन्कम गर्नु भनेको आखिरमा गोलै गर्नु हो । अब एन्फमा त्यस्तै गोल गर्नमा किर्तिमान धारी हरु परे होलान । त्यसैले जब खेलाडीले फुटबलाँ जिरो लेराए उनी हरुले बुझे होलान लु नेपालले त लास्टै गोल हान्यो ।आखिर जिरो ल्याउनु भनेको खेल हार्नु हैन । जिरो ल्याउनु भनेको गोला लाग्नु हो । गोला लाग्नु भनेको गोल गर्नु हो । गोल गर्नु भनेको खेल जित्नु हो ? खै कुरा बुझ्या ?


कती मान्छेहरु भन्नाल खेलाडी ले गोल हानेनन भनेर । त्यसो भन्न मिल्छ थोडी ? अब त्यात्रा एघार एघार जना खेलाडी गोल गर्न कै लागि भनेर बल कै पछाडी कुदिरा'का छन । त्यत्रो नब्बे नब्बे मिलेट गोलै गर्ने भनेर मैदान मैदान कुदी रहेका छन । अब गोल किपर ले गोलपोस्ट नै छोडेन त क्यारुन खेलाडीले ? अझ हानी सक्या गोल पनि च्याप्पै समाइदियो त के गरुन । उता पटी टिम को गोलकिपर लाई पखला लागेको भए जान्या थिए हाम्रा खेलाडी हरुले । सौचालय गएको मौका छोपेर लगातार सात गोल हान्दिन्थे हाम्रा खेलाडी हरुले । कम्ता का छन हाम्रा खेलाडी ? ओहोहोहोहो । अब के गर्नु बिपक्षी टिम बलियो भएर कहाँ गोल गरेका हुन र तिनर्ले ? हाम्रा गोलकिपर ले नसमात्दिएर पो त । सबै गोल च्याप च्याप्ती समातिदिएको भए आखिर के लाग्थ्यो कहिले काही पुललाई ठोकिएर फर्किएको नभएको भए एउटा गोल खेर जाने थिएन । तर के गर्ने बिदेशी टिमले धोका दिए । उनर्ले च्याप्च्याप्ती गोल समाति दिए । गोल हुनै पाएन ।

पिर त ग्राहम बुढाले माने । मुलुकमा कसैले पिर मानेनन । कस्तो बिडम्बना हाम्रो । पिर मान्ने मान्छे पनि बिदेश बाटै झिकाउनु  पर्ने । यता अरु जे भए नि सेनाले चाँही लास्टै गर्‍यो । गोलीहान्न तम्सेका खेलाडीलाई गोली देखाएर लाग्यो ।


No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका