देश सपार्ने जिम्मा हामी बाँदरको

Sunday, July 25, 2010

“देश विगारे उपद्राहाहरुले” आँपको रुखबाट सिसौको रुखमा फड्को मार्दै ढेडुवा बाँदरले भन्यो- “देशलाई खरानी बनाउने भए ।”
“के रे के रे – कसलाई उपद्रयाहा रे -” कटुसको रुखबाट धाँक धाक धुक धुक गर्दै अर्को ढेडुवाले भन्यो- “अरुलाई हेपेर बोल्ने हैन है”
“अब देशलाई अझ बिग्रन दिनु हुन्न” पहिले ढेडुवाले भन्यो- “त्यसैले सत्ताको नेतृत्व हामीले लिनु पर्छ ।” “हो यार अब देश सपार्ने जिम्मा हामी बाँदरको हातमा छ ।” दोश्रो बाँदरले भन्यो ।

“कस्ले हेप्यो तिम्लाई -” पैलो ढेडुवाले अचम्म मान्दै सोध्यो “त्यसै सन्केर आउँछौ ।”
“किन नसन्किउ -” दोश्रो बाँदरले भन्यो- “झोक चलाएसी झोक चल्छ ।” थप्यो- “झोक चलेपछि सन्किइन्छ ।”
“अरे चैते ! झोक चै किन चल्यो – पैले भन्नु परो नि त किलियर साथ ।” पैलो ढेडुवाले भन्यो- “त्यसै सन्किने त -”
“केरे केरे कस्लाई चैते भनेको, माइन्ड योर ल्याङग्वेज ओ के -” दोश्रो ढेडुवा रिसायो र भन्यो- “अशिष्ठ भाषा प्रयोग गरेर बाँदर सभ्यताको उपहास नगरम” थप्यो- “थोडी हामी मान्छे हौ र यस्ता असिष्ठ असभ्य कुरा गर्नलाई -”
“लु भन्नोसन त महासय”, पहिले ढेडुवाले खिसि गरेको शैलीमा दोश्रो ढेडुवालाई सोध्यो- “हजुरलाई के कारण झोक चल्यो -”
“तैले उपद्रयाहा कसलाई भनेको -” दोश्रो ढेडुवाले जंगिदै भन्यो- “त्यसको जवाफ चाहियो”
“मैले तँलाई भनेको होइन” पहिलो ढेडुवाले भन्यो- “मैले अरुलाई नै भनेको जो साच्चै उपद्रयाहा छन् ।”
“तैले आँपको बोटबाट सिसौको बोटमा म भएतिर फड्को मार्दै मलाई हेर्दै भनेको छस् ।” दोश्रो ढेडुवाले भन्यो- “तैले मलाइ नै हेर्दै भनेको छस त थोडी तेरो बाबुलाई भनेको होस् -” थप्यो- “म जस्तो भलाद्मी बाँदरलाई उपद्रयाहा भन्ने तँ कहाँ सम्मको बदमास ।”
“ए मुला । त कैले देखि भलादमी भइस हँ -” पहिलो ढेडुवाले भन्यो- “तैले विहान मात्र पस्पतिमा भक्तजनले चढाउन लेरा’को लड्डु सड्काएको हैन -” थप्यो- “मृगस्थलीमा बाइफ्रेन्डसग लठारिदै हिडेकी एउटी ठिटीलाई क्या सेक्सी भन्दै गाला मुसारेको हैन -”
“यस्ता कुरा छोड बाबु ।” दोश्रो ढेडुवाले भन्यो- “लिस्टै बनाउने हो भने तेराले झन पाना भरिन्छ ।”
“के कर्तुत देखिस ए सिल्ली” पैलो ढेडुवाले जंगिदै भन्यो- “म जस्तो सोझो बाँदरको लिष्ट उतार्छु भन्ने -
“अ हहह । खुब सोझो बाँदर है ।” दोश्रो ढेडुवाले भन्यो अस्ति त्यत्रा भक्तजनहरुका कट्टुसम्म नलगाई छानो चढेको हैनस ।”
“हरे हामी बाँदरहरु त परापूर्व काल देखि नै नाङ्गै हिड्ने गर्र्छौ ।” पहिलो ढेडुवाले भन्यो- “यसमा के बदमासी भयो र -” थप्यो- “बदमासी त तिनीहरुले गरेका छन् जो राजनीति मञ्चमा नाङ्गै नाचिरहेका छन् ।”
“तैले भन्न खोजेको चाही के -” दोश्रो ढेडुवाले भन्यो- “स्याटर हानेको कुरा म अलि बुझदिन” थप्यो- “के भनेको किलियर साथ भन न -”
“यो नेपाल देशमा शासन गर्दै आएका मान्छेका नेताहरु क्या त” पहिलो ढेडुवाले भन्यो- “देखेको छैनस् राजनीतिक मञ्चमा तिनीहरुको नाङ्गो नाच -”
“हो त नी ! छि छि छि !!” दोश्रो ढेडुवाले भन्यो- “पद र सत्ताको लागि”
“कति अश्लिल छ त्यो, कति असभ्य, हत्तेरी !” पहिलो ढेडुवाले नाक खुम्चाउदै भन्यो- “लाज पचेका शिल्लिहरु !”
“अनि तैले उपद्रयाहा चाही किन मलाई भन्छस त” दोश्रो ढेडुवाले भन्यो- “उपद्रयाहा त तिनीहरु पो हुन त ।”
“मैले तिनीहरुलाई नै भनेको हु, थोडी तँलाइ भन्थे र -” पहिलो ढेडुवाले भन्यो- “हेर त देशलाई कति भताभुंग र लथालिङ्ग बनाएका -”
“हो यार ! यो देशलाई खत्तमै पार्ने भए सिल्लिहरुले” दोश्रो ढेडुवाले भन्यो- “खालि बिगार्ने र भत्काउने देखि केही गर्दैनन् ।”
“अब देशलाई अझ बिग्रन दिनु हुन्न” पहिले ढेडुवाले भन्यो- “त्यसैले सत्ताको नेतृत्व हामीले लिनु पर्छ ।” “हो यार अब देश सपार्ने जिम्मा हामी बाँदरको हातमा छ ।” दोश्रो बाँदरले भन्यो ।
त्यस पछि बाँदरहरु आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा लागेका छन् भनेको सुनिया छ, के हुन्छ हेरौं

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका