गाईजात्रा

Tuesday, August 31, 2010

दृश्य १ः
नजिकिदो गाइजात्राको अवसर पारेर दुइ गोरु बिच रेसलिङ कम्पिटिसन भएछ । वर्षौ भरी खुब दाना पानी खाएर उन्नत बनेका ति दुइ साढेहरु साक्षात भगवान श्री महादेवका वाहन जस्ता देखिन्थे । त्यसैले यो जुधाई कम्तिको रोमाञ्चक थिएन । त्यसैले महिनौ देखि यसको टिकट बुकिङ सुरु भयो । वल्लो गाउँ पल्लो गाउँ देखि वल्लो जिल्ला पल्लो जिल्लासम्मका मानिसहरु भेला भए त्यो रोमाञ्चक साढे जुधाई हेन । विशाल र आकर्ष हरियो घासे मैदानमा आम्ने साम्ने परि ति विशाल साढेहरु कुलन थाले । त्यो विसाल साढेहरुको कुलाईले पौराणिक युगको कुरुक्षेत्रको झल्को दिलाउथ्यो । रेफ्रीको सिठिसँगै घासे मैदानमा ति उन्मत्त र विराट साढेहरु बुट्टुटुटु दगुदा दर्शक दिर्घामा रहेकाहरुका आङ एक पटक जुरुङ्ग भयो र रौहरु ठाडा भए । रेफ्रीको दोश्रो सिठ्ठीसँगै दुवै जुध्न थाले झण्डै दुइ घण्टाको घमासान लर्डाई पछि एउटा पछारिएर उत्तान टाङ लाग्यो । अर्को जितेको खुसियाली मनाउन थाल्यो । हार्नेलाई सारै लाज लागेर आयो । सारा मानिस उसैलाई हेन थाले र उसलाई हरुवा भनेर गिज्याउन थाले । “मैले कहाँ हारे -” हरुवा गोरु कुर्लियो ।
“तैले नहारे थोडी मैले हारे त -” जित्ने झन कुर्लियो ।
“मैले त्यसो भनिन” हरुवा गोरुले भन्यो ।
“अनि के भनेको त आफु हारेर उत्तान टाङ लाग्नु छ अनि हारेको हैन रे ।” जितुवा गोरुले भन्यो ।
“हारेको तैले नि हैन मैले नि हैन” हरुवा गोरुले भन्यो हामी दुवैले होइन ।”
“अनि कसले हार्‍यो त हामी दुवैले नहारेको भए -” जितुवा गोरुले भन्यो- “लौ खुस्कियो कि क्याहो हारेको तोडमा -” थप्यो- “के दर्शकहरुले हारे त -”
“जुध्ने हामी थोडी दर्शक हार्छन् -” हरुवा गोरुले भन्यो- “तेरो चाहि खुस्किए जस्तो छ ।”
“तेरो सिङ फुकाल्दिए कि क्या हो -” जितुवाले भन्यो- “आफै खुस्केट कुरा गर्छस आफै मलाई खुस्कियो कि क्या हो – सोध्छस् -”
“हामी कसैले होइन” हरुवाले भन्यो- “हारेको यो मैदानले हो ।”
दर्शकहरुबाट हाँसोको फोहरा छुट्यो ।
“छि तँ कस्तो हावाकुरा गर्छस्” जितुवाले भन्यो- “त्यो मान्छेहरुको बाक्लो जुजा भएको नेताले जस्तो । गोरुहरुले कामरेड प्रचण्ड माथि व्यंग्य कसे ।
दृश्य २ः
पाँच पटकको हार खाएपछि रामचन्द्र गुरुमा प्रधानमन्त्री चुनिने आस गिर्दै गएको छ । तर प्रधानमन्त्री बन्ने र एक चोटी भए पनि यसको स्वाद फेर्ने उहाँको रहर ताजै छ । त्यसैले उनले एमालेलाई बिन्ति गरे- प्लिज चार महिनाको लागि भएपनि मलाई खान देऊ । डाडु पन्यु लिएर बसेको पार्टी मालेका माइकालालले भने “थोडि दिइन्छ तिम्लाई बरु आफै चाटिन्छ नि ।”
उफ । मनको रहर मनमै मर्ने भो, रामचन्द्र गुरुलाई आपत पर्‍यो । तर मेरो रहरलाई मर्न दिन्न त्यसपछि सपनामा भएपनि प्रधानमन्त्री बनिन्छ भनेर निदाउने प्रयासमा लाग्नु भो । तर पाँच पाँच पटक हारेको पिर के को निन्द्रा लाग्थ्यो – तैपनि कसो कसो उहाँ निदाउनु भएछ ।
आजकाल उहाँको श्रीमतीसँग बोलचाल छैन रे । किन थाहा छ – एकदिन उहाँ निदाएर प्रधानमन्त्री भएको सपना देख्नु भएछ अनि दौरा सुरुवालमा ठाटिएर सपथ ग्रहणका निम्ति राष्ट्रपति सामु के उभिनु भएको थियो । उहाँकी श्रीमतीले बोलाएर व्युझाइदिनु भएछ । त्यसपछि क्रुद्ध भएका रामचन्द्र गुरु श्रीमतीलाई झपारेर आफ्नै पुर्पुरामा हातले हान्न थाल्नु भएछ- “अभागी भाग्य, सपनामा समेत प्रधानमन्त्रीको स्वाद फेन पाइएन ।”
दृश्य तिन
“ठक ठक ठक !!!” बिहान सबेरै ढोका ठक्ठकाएको आवाजले कामरेड खनाल ब्युझनु भयो र जर्‍याक जुरुक उठ्नु भयो । कुन चाही “माइकालाल हो यो -” भन्दै ढोका खोल्नु भो ढोकामा त गाइजात्रा उपस्थित । उसले हात जोड्दै भन्यो- “तपैको यो महा गाईजात्रा बन्द गर्नु पर्यो मेरो त अस्तित्व नै संकटमा पर्ने भयो ।
Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका