फेरी लुगा धोइदिछ

Tuesday, May 25, 2010

“फेरी लुगा धोइदिछ ।” हर्के जंगियो । “जे गर्नु पर्ने त्यो गर्दिन” अझै रिसायो “जे नगर्नु पर्ने त्यो गर्दिन्छे ।
“कपडा बल्ल बल्ल लाएर हिड्न हुने भाथ्यो” हर्के विरक्तियो र भन्या- “अहिले सबै खतम पारिदिछे ।”
“ओहो हो ! यो पनि धोइदिछ ।” कमिज हेर्दै भन्यो ।
“ए भगवान” हर्केले पुपुरोमा हात राख्यो र भन्यो- “अब के लगाउने -”
“कस्तिस“ग लगनगा“ठो समात्न पुगिएछ -” विगत सम्भिmदै सोच्यो- “सधै एक न एक समस्यामा फसाइ दिइ रन्छे ।”
“ए भगवान म के गरु – अब बाहिर नगै भा’छैन” रु“ला झै गरी आफ्नै टाउकामा हातले हान्दै भन्यो- “म कसरी बाहिर जाउ“m सबै कपडा धोएर मरिछ नकचरीले ।”
“के मात्र गरिन कपडा मइल्याउनलाई – धुलो उड्ने चक्रपथको बाटोमा दिनभर हिडिरहे, कतिपल्ट भुइमा लडिबुडी खेले । कटिपल्ट त लडेको अभिनय गरेर नालिमा पछारिए । कतिले जड्याहा भनेर हकारे, “यत्रो दुःख गरेर मइल्याको कपडा जम्मै धोएर सुकिल्याई दिइ छ बजिनिले ।”
“ए डल्ले कि आमा !” हर्के करायो- “कहा“ छेस त“ -” कुनै जवाफ नआए पछि हर्के फेरी करायो- “डल्लेकी आमा ! ओ डल्लेकी आमा !”
“किन कराएको ए डल्लेका बाउ !” किचेनबाट हर्के कि श्रीमती कराइ- “हैन बहुलायौ कि क्या हो -”
“हो म बहुलाए” हर्के करायो- “बहुला बनाए पछि बहुलाउन परेन -”
“के भयो किन बौलाएको त -” हर्केकी श्रीमतीले ठट्टा गर्दै भनिन- “त“ जस्ती श्रीमती भएपछि बौलाउन पर्दो रहेछ ।” हर्के अझै करायो ।
“के रे ! के भन्यौ रे -” हर्के कि श्रीमती झगडा गर्ने मुडमा आई र भनि- “बिहान बिहान निउ खोज्ने कुरा नगर है तिमी ।”
“निउ खोज्ने काम तिमीले गरि सक्यौ” हर्केले भनयो- “मैले कुरै गर्दा पनि निउ खोजेको हुने -”
र् “र्मैले के गरे निउ खोज्ने काम -” हर्केको श्रीमती झर्किइन ।
“के गरेनौ तिमीले – तिमीले आफ्नै श्रीमानलाई पिटाउने षड्यन्त्र गर्‍यौ ।” हर्केले भन्यो- “अझ के गरे र मैले भन्न लाज छैन तिमीलाई – तिमी धोकेबाज हौ ।”
“पिटाउने रे -” हर्केकी श्रीमतीले आर्श्चर्य मान्दै भनिन “कहा“ मैले तिमीलाई पिटाउन खोजे -”
“तिमीले पिटाउनै खोजेकी हौ मलाई” हर्केले चित्त दुखाउ“दै भन्यो- “नत्र किन गर्थ्या तिमी यस्तो -”
“मैले के गरे त्यस्तो -” हर्केकी श्रीमतीले पनि चित्त दुखाए झै गरिन- “मलाई किन आरोप लगाउछौ यस्तो “भन कालेका बाबु मैले के गरे -” हर्केकी श्रीमतीले फेरी सोधिन- “तिमीले मेरो कपडा किन धोयौ -” हर्केले भन्यो ।
“पैला मेरो प्रश्नको उत्तर देउ डल्लेका बाउ मैले के गरे तिमीलाई कुटाउन -” हर्केकी श्रीमतीले भनिन- “पैले उत्तर चाहियो यसको मलाई ।”
“मैले भनि हाले नि तिमीले मेरो कपडा धोइदियौ”, हर्केले भन्यो- “यो भन्दा ठुलो कुटाउने षड्यन्त्र के हुन्छ अरु -
“बेवकुफ मान्छेृ” हर्केकी श्रीमती रिसाइन- “यस्तो ठट्टा गरेको मलाई मन पर्दैन ।” भनिन- “अर्कालाई यस्तो टेन्सन दिने गरि पनि ठट्टा हुन्छ -”
“अझ तिमीलाई नै टेन्सन दिए मैले -” हर्के जंगियो ।
“हो टेन्सन दियौ तिमीले” हर्केकी श्रीमतीले भनिन- “यस्तो ठट्टा मनपर्दैन । यस्तो पनि ठट्टा गर्छन् -” थपिन, ठट्टा त रमाइलोका लागि पो गरिन्छ उल्टै अर्कालाई टेन्सन हुने गरी ठट्टा गर्ने -”
“ठट्टा होइन ! तिमीले कुटाउनै खोजेकी हौ मलाई” हर्केले भन्यो- “नत्र किन सिनित्तै मेरा कपडा धोइदियौ तिमीले -”
“तिमी पागलै भएछौ अब चाही” हर्केकी श्रीमतीले भनिन- “कपडा धोएर पनि कतै कुटाउन खोजेको हुन्छ -”
“हुन्छ” हर्केले भन्यो- “अब कपडा धोइदिने नै मान्छे कुटाउन हो ।”
“यो बेवखुबस“ग पनि नसकिने भयो” हर्केकी श्रीमतीले भनिन- “जहिले नि एक न एक निउ खोजेर झगडा गरी रहन्छ । थपिन- “पहिले कपडा किन नधोइदिएको भनेर निहु खोज्थ्यो, अहिले कपडा किन धोइदिएको भनेर निउ खोज्छ ।” “हैन एक डल्लेका बाउ – कपडा धोइदिदा कसरी तिमीलाई कुटाउने षड्यन्त्र भयो -”
“यहिं छ षड्यन्त्र ! अस्ति अस्ति कपडा धोइदेन बाबा भन्दा नधोइदिने हिजो आज नधोइदे भन्दा पनि धोइदिने” हर्केले भन्यो- “यो पिटाउने षड्यन्त्र नभए के त -”
“अरे उल्लु पहिला यो भन त – मैले कपडा धोईदिंदा तिमीले कसरी कुटाइ खान्छौ -” हर्केकी श्रीमतीले भनिन ।
“कपडा धोएपछि सुकिलो हुन्छ सुकिला लुगा लगाएपछि मान्छे सुकिला भयो । सुकिला मान्छेलाई नछोड्ने भन्या छन् माउवादीले । तैले धोइदिएर एउटा लुगा मैलो छैन । म कसरी बाहिर जाउ“ – सुकिला भएर जाउ“ गोदी हाल्छन् तैले विताइस मलाई ।” हर्के रुन थाल्यो ।
“नरोउ डल्लेका बाउ म उपाय निकाल्छु” हर्केकी श्रीमतीले भनिन्- “म केही उपाय निकाल्छु ।”
केही बेर हराएकी हर्केकी श्रीमतीले भान्सा पुछ्ने गरेको हर्केको पुरानो कमिज ल्याइन र भनिन- “लौ लगाउ यो” । हर्के खुसी भयो । आफ्नी श्रीमतीको तारीफ गर्दै पोतरी कमिज लगाएर बाहिर गयो ।
“सुकिलालाई नछोड्ने निर्णय फिर्ता गर !” भनेर नारा लगाइरहेको जुलुसस“ग हर्केको भेट भयो ।
स“धैको नारा जुलुस र बन्द हड्तालले दिक्क भएको हर्केले जुलुसका सहभागीलाई सोध्यो- “फेरी यो जुलुस किन -”
“व्यवसाय चौपट्ट भएपछि जुलुस निकालिन्छ त -” उल्टै प्रश्न सोधे हर्केलाई पिटौला जसरी ।
“हैन कसरी चौपट्ट भयो तपाईहरुको व्यवसाय -” हर्केले डराइ डराइ सोध्यो ।
“अब सुकिलाहरुलाई नछोड्ने भएपछि साबुन र सैम्पुहरु किन्न छाडे ।” एउटाले अघि सरेर भन्यो- “मानिसहरु नालिका पानीले नुहाउन थाले ।”
“डिटरजेन्ट पाउडरहरु गोदाममै थन्किन थाले कारण मानिसहरु कपडा धुनुको सट्टा काति दल्ल थाले ।”
“आफ्नो पर्‍यो इलेक्ट्रोनिक्स पसल” अर्कोले भन्यो- मानिसहरु आइरन गर्न छाडे, सबैले हाडि किनेर दल्न थाले कपडामा ।
“आफु परियो ड्राइ क्लिनर्स” अर्कोले भन्यो- “म कहा“ त ग्राहक नै आउन छाडे” ।

व्यवसायीको व्यवसाय यसरी चौपट भएको सुनेर हर्के छक्क पर्‍यो । त्यसैदिन बेलुका हर्केले सुने प्रचण्डले व्यवसायी र सुकिलास“ग माफी मागे रे । सायद प्रचण्डलाई पनि सुकिला भएर बाहिर निस्कन गाह्रो भएकोले हुनु पर्छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका