गुच्चाको कुरा

Friday, May 7, 2010

एकिकृत नेकपा (माओवादी)ले आन्दोलन थाल्ने एकदिन अघि प्रहरीले काठमाडौंमा एक बोरा गुच्चा बरामद गर्‍यो । पैला पैला माओवादीबाट प्रहरीले बम र गोली बरामद गर्दथ्यो । तर अहिले गुच्चा बरामद गर्न थालेको छ । पैले पैले बमै बरामद गर्दा पनि त्यति ठूलो विषय बन्दैन थियो । तर अहिले गुच्चै फेला पारी बरामद गर्दा पनि बडो खैलाबैला मच्चियो । पैले पैले टिभीहरुले माओवादीबाट बम बरामद भनेर मौसम समाचार जसरी छ्यास्स भन्ने गर्दथे । तर अहिले माओवादीबाट गुच्चै बरामद गरिदा पनि टिभीका प्रमुख समाचार बन्न पुग्यो । तछा“ड मछाड गरी टिभी च्यानलहरुले समाचार पेलिरहे बोराका बोरा गुच्चा बरामद ।
गुच्चाले राजनीतिक वृतमा पनि खुबै खैलाबैला मच्चियो । सरकार गम्भीर भयो । माननिय मन्त्रिज्यूहरुले भन्न थाल्नु भयो- “लौ माओवादीले बिताउने भयो । अब गुच्चा खेलेरै सरकार ढाल्ने भयो माओवादीले ।” हुन पनि सधै चमत्कार को को कुरा गर्ने माओवादीले कतै गुच्चा खेलेरै सरकार ढालेर चमत्कार गर्ला कि भनेर आशंका गर्ने ठाउ“ थुप्रै थियो ।
विषय गुच्चैको भएता पनि यसमा कुरा गम्भीर छ । पहिलो कुरा त गुच्चै खेलेर ढाल्न सकिने वर्तमान सरकार कति कमजोर रहेछ । या त माओवादीले साह्रै हेप्यो सरकारलाई र गुच्चा खेलेरै ढाल्न तम्सियो । अनि सरकार पनि किन यतिसम्म डरायो गुच्चैसँग र बरामद गर्‍यो गुच्चा – टिभी स्क्रिनमा एक प्रहरी अधिकृत देखिएका थिए । उनि भन्दै थिए- “पहिलो र दोश्रो जनआन्दोलनमा गुच्चाको व्यापक प्रयोग भएको थियो ।” हैन जनआन्दोलन सफल पार्न गुच्चै चाहिन्छ – अब गुच्चैले जनआन्दोलन हुने भएपछि जनता किन चाहियो – अनि त्यसको नाम पनि किन जनआन्दोलनै भन्नु पर्‍यो ‘गुच्चा आन्दोलन’ भने कसो होला ।
बोराका बोरा गुच्चा बरामद हुनुबाट माओवादी माथि लाग्ने गरेको एउटा आरोप पुष्टि भएको छ । माओवादीले आन्दोलनमा बच्चा प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । गुच्चा बरामद हुनुले यसलाई पुष्टि गरेको छ । यि माओवादीले गुच्चा खेल्दै गरेका बालबच्चालाई उठाएर ल्याएछ कि क्या हो – कि गुच्चाको लोभ देखाएर राजधानीमा ल्याए त्यति धेरै मानिसहरु -
एउटा गम्भीर चिन्ताको कुरा संविधान निर्माण कार्य बिचैमा रोकिएको छ । किन रोकियो जनता अन्योलमा थिए । अब रहस्य खुलेको छ । मुलुकको सबैभन्दा ठूलो दल गुच्चा खेलेर बस्दो रहेछ अनि के बढ्थ्यो संविधान निर्माण कार्य अगाडि – अब त्यो गुच्चा सरकारले खेल्ने भएको छ । सरकारमा बस्ने हामी गुच्चा खेल्ने चाहि माओवादी – भनेर झोक चलेर होला सरकारले गुच्चा बरामद गरेको छ ।
अहिले मुलुकमा आम हड्ताल चलिरहेको छ । सत्ताको भाग सबैलाई पुर्‍याउन नसकिने । नसके पछि यस्तै लफडा भइरहने । बरु राष्ट्रिय सहमतिका लागि नयाँ प्याकेज ल्याए कसो होला – “सबै मिलेर गुच्चा खेल्ने” गुच्चा सत्ता जस्तो होइन पनि । यो सबै पार्टी नेताहरुलाई भाग पुग्छ पनि ।

(बिश्वदीप साप्ताहिक )

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका