गर्भवती गच्छेदार !!

Thursday, November 17, 2011

आफ्नो कानै त्यस्तै हो की कुरा त्यस्तै हुँदै गएका छन कुन्नी उदेग लाग्दा कुरा मात्र सुन्न पाईन्छ अचेल । किर्तिमानी मन्त्रिमन्डल को निर्माण देखि हत्या अभियुक्त लाई आममाफी जस्ता उदेग लाग्दा कुरा हरुले कान टट्टाइ सकेका छन । कति सुन्नु यो सरकार का उदेग लाग्दा कुरा हरु । अब त मज्जाले अघाइ  सकिएको छ । तर अरुका कुराले वाक्क लागे पनि गृहमन्त्री गच्छेदारका कुरा भने अझै रमाइलो लाग्दै छ । उहाँले मन्त्री भए देखि नै साह्रै रमाइला अनी आस्चर्यजनक कुरा गर्दै आइरहनु भएको छ । उहाँको मुखारबिन्दबाट धारा -प्रबाह चुट्किला स्वरुपमा गएका तथ्यपरक (?)आस्चर्यहरुको पुराण सुन्दा कान हरु त्यसै त्यसै पवित्र भएका छन । जति सुने नी सुनु सुनु लाग्ने उहाँको रोमान्चकारी प्रबचन हरुले हामि त्यसै त्यसै मख्ख छौ । हुन त उहाँ गृहमन्त्री हुनुहुन्छ तै पनि उहाँले स्वस्थे मन्त्री को भूमिका पनि प्रसस्त निभाउदै आउनु भएको छ । उहाँले जनतालाई लगातार हसाउदै आउनु भएको छ ।

हास्नु स्वास्थ्य को लागि बढो फाइदाकारी छ भन्ने त बिभिन्न बैज्ञानिक अनुसन्धान बाटै थाहा भैसकेको कुरा हो । धन्य गृहमन्त्री ज्यु , जसले जनस्वास्थ्यका क्षेत्रमा ठुलो योगदान पुर्याएर जनता लाई स्वस्थ जीवन दिनु भयो । धन्य गृहमन्त्री ज्यु , जसले लगातार दीरहेको आस्चर्यजनक प्रहसन हरुले गर्दा हामिलाई टाईम पास गर्न सजिलो भैरहेको छ ।

     हुन त ईतिहासमा बिरलै भेटिने यस्ता महापुरुश हरुको चर्चा गर्न हजार जिब्रा भएका शेष नाग , चार टाउके ब्रम्हा लाइ समेत हम्मे पर्छ भन्छन । मैले कसरी गरुम ? तैपनि उहाँको प्रहसन को एउटा रेगुलर दर्सक र फ्यान भएका नाताले उहाका साह्रै घत परेका कुरा हरु यहाँ शेयर गर्दै छु । उहाँ जब गृहमन्त्री हुनु भो तब उहामा असिमित र चोटिलो हास्य चेतना (सेन्स अफ ह्युमर )उत्पन्न भयो । त्यसै देखि नै सुरु भयो उहाका लगातारको प्रहसन श्रिङ्खला । भर्खर गृहमन्त्री हुन भएको थियो उहाँ । उहाँले भन्नु भो -"अहीले सम्म जे गरे गरे अब राम्रो काम गरेर देखाउछु । " उबेलाको त्यो कुरा सुन्दा अहिले पनि पेट हुडलिएर आउछ । त्यसै त्यसै खितखिताउन मन लाग्छ । गच्छेदरजी जस्तो मान्छेले राम्रो काम गरेर देखाउ छु भन्दा त्यो जस्तो हासो उठ्दो कुरा अरु कुरा के होला । आखिर संसारमा त्यस्तो कुन बैरागी प्राणी होला जो यो कुरा मा नहासोस । वास्तव मा यो विश्वको आठौ महान आस्चर्य थियो ।

फेरि उहाँले भ्रश्ट्राचार हटाउने गफ पेलेर दिमागमा काउकुती चलाउनु भयो । र लास्टै हसाउनु भयो । हुन त उहाँलाई यो हटाउन त्यति गाह्रो पनि थिएन उहा र उहाँ जस्तै मानिस हरुले खाने लत लाई परित्याग गर्न सके त्यो भ्रस्ट्राचार भन्ने कुरा सिनित्तै हुने थियो । तर खाने लत घटाऊनु भनेको विश्वको नवौ आश्चर्य थियो ।
     यसरी गच्छेदार ज्यु ले लगातार मनोरन्जन दिने क्रममा अन्त्यमा झन बेसरी हसाउनु भएको छ । उहाँले भन्नु भएको छ । म पचहत्तरै जिल्लामा रमेश खरेल जन्माउछु । उहाँको कुरा सुनेर सबैले गिल्ला गरे । तर ख्याल ठट्टाको कुरा होईन यो । एक बिश्वस्थ श्रोत का अनुसार उहाँले रमेश खरेल जन्माउने प्रक्रिया थालिसक्नु भएको छ रे । एक दिन उहाँ सिंहदरवार परिसरमा  बाडेमानको भुँडी हल्लाउदै हिडिरहनु भएको थियो रे । एक जनाले प्याच्च सोधेछन -"क्या हो ग्रहमन्त्री ज्यु ? खुब  भ्रष्टाचार रोक्छु भन्नु हुन्थ्यो नी ? आफै भ्रष्टाचार गरेर यत्रो भुँडी बनाउनु भएछ त ? "
त्यसपछि रिस र लाजले रातो रातो हुँदै गच्छेदारले भन्नु भएछ -"तेइट ! कहा भ्रष्टाचार गरेर यत्रो भुँडी भएको हुनु रमेश खरेल जन्माउन गर्भबती भएर पो त !"

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका