किरण
बाजेले लडाकु ठिटाहरुलाइ अपिल गर्नु भा'छ
- "केटा हो समायोजन मा नजाओ !"
बादल
कामरेड ले यसैमा थप्नु भा'छ
-"यो लास्टै अपमान जनक भयो । हो केटा हो तिमारु समायोजन मा नजाओ । यो प्रतिक्रियाबादीहरुसग बसेर प्रचन्ड बाउरामले हुइस्की खाँदै गरेको निर्णय हो । त्यसैले यो अपबित्र निर्णय लाई तिमर्ले कार्यान्वयन नगराओ । तिमरु समायोजनमा गयौ भने प्रतिक्रियाबादी हरुले फेरी ह्विस्की का बोतल हरु फोर्ने छन । र तिनारु रात भर सुत्ने छैनन । त्यसैले केटा हो उनिहरुको निन्द्राको लागि भए पनि तिमरु समायोजनमा नजाओ ।"
किरण
बाजेले भन्नु भा'छ
- "केटा हो ? तिमरु समायोजनमा नजाओ बरु स्वऐच्छिक अवकाश मा जाओ
"
कुरा
सुन्दा अली खाइ के खै के जस्तो लागि'छ ।
बुढो हुनु भाको छ किरण बाजे । तर अवकाश मा जाने चाँही लडाकु ठिटाहरु ? यो त
साह्रै नसुहाउने कुरा हो । यो त काही नभएको जात्रा पो हो त ! दुनियाँको चलन के छ
भने बुढा मान्छेको कार्य क्षमता घट्दै जाने हुँदा बुढो भएसी अवकाशमा गइन्छ । तर यहा के उल्टो भयो भने । शरीर र बिचार दुबैले बुढो भएका किरण बाजे चै अझै सक्रिय रहने तर कुहिनाले पहाड फोर्ने खालका लडाकु ठिटाहरु चैनी अवकाशमा जाने रे । यस्तो पनि हुन्छ कतै ?"
जाने
नै हो भने किरण बाजे चै अवकाशमा जानु भए हुन्छ । उहाँको यो उमेर अवकाश मा गएर बिहान बिहान मर्न्निङ वाक जाने र दिन भरी नाति नातिना स्याहार्ने उमेर हो । अब नाति नातिना स्याहार्ने उमेर मा आएर आफू चै सक्रिय नै रहेर अदक्षे कामरेडलाई फनफनी रिगाउने । अनी ठिटाहरुलाइ चै अवकाश जाओ भन्ने ? सुड्डो पनि लास्टै दिने क्या !
फेरि
बाजेले भन्नु होला तिनारु त लडाकु भएर पो अवकाशमा जाओ भनेको त ! म थोडि
लडाकु हुँ र ? अवकाशमा जानलाइ ? वास्तव
मा भन्ने हो भने शिविरका लडाकु त्यस्ता लडाकु नै हैन जसलाई समाजोजन गर्न समस्या छ । तर किरण बाजे त्यस्ता लडाकु हुन जसलाई समायोजन गर्न साह्रै कठिन छ । सेना समायोजन मुद्दामा प्रचन्डले अन्य दल हरु सग सजिलै सहमती गरे । तर किरण बाजे सग गर्न सकेनन । लडाकु सेनामा समयोजन हुने क्रममा छन त र किरण बाजे सितिमिती समयोजन हुने मुडमा हुनुहुन्न । पार्टीम समायोजन पनि नहुने एकातिर भने । अर्कातिर उहाँ बुढो पनि भैसक्नु भो त्यसैले उहाँ ले नै स्वएच्छिक अवकाशको बाटो रोजे सबैलाई साँचो हुन्थ्यो । त्यसो गए कसो होला ??
No comments:
Post a Comment