नयाँ किर्तिमान !!

Thursday, November 17, 2011

हामिले गज्जप प्रधानमन्त्री पाएका छम । जो कहीले दोस्रा भएनन रे । स्कुलाँ फस्ट फस्ट । एसेल्सिमा बोर्डफस्ट । त्यस पछि पनि फस्ट का फस्ट । उनले नेहरु बिश्वबिध्यालय मा पनि फस्ट हाने रे । लास्टाँ पर्धानमन्त्रीको दौड मा पनि उनले फस्ट नै हाने । आखिर लिगलिगे संगत ले भेटेका यि गोर्खालिले पुर्खाकै बिडो थाम्नको लागि नी दौड हार्ने कुरै थिएन । अहिले सम्म सबै कुरामा फस्ट भएका प्रम ज्युले नया नया कुरामा फस्ट हानेर ऐतिहासिक क्रितिमान बनाउने धुन मा हुनुन्छ । पर्धानमन्त्री भए देखिनै उहाँले यसमा कदम चाली सक्नुभएको छ ।सस्तो मुस्तांन देखि महगो चिया पानमा समेत उहाले सबैलाइ जितेर प्रथम स्थान हासिल गर्नु भएको छ . अरु कुरामा त त्यस्तै भो मन्त्रिमण्डलको कुरामा गालि खानेमा अर्को कृतिमान बनाउनु भएको छ .
सबै कुरामा पहिलो हुँदै आएका प्रधान्मन्त्रीजीले यो नाथे मन्त्रीमन्डलको कुरामा चै किन दोस्रो हुने ? अब पहिलै हुनुपर्छ र हुनुहोस । बधाई र शुभकामना !!
धेरै मान्छे हरु प्रधानमन्त्रीले धेरै मन्त्रीहरु बनाउनुभयो । मुलुकलाई कङ्गाल बनाउन लाग्नु भो भनेर धेरैले यसलाई आलोचना गर्दै छन । तर यो कुरा ताइ न तुइको कुरा हो । मुलुक त्यसै कङ्गाल छ । त्यसै कङ्गाल भएको मुलुक लाई बाबुरामले कङ्गाल बनाइ रहनै पर्दैन । उहाँले बनाउनै चाहे पनि मुलुक कङ्गाल हुने ठाउँ नै छैन ।
बरु मन्त्री बनेका हरुको जिवनस्तर उकासिने भएको छ । उहाँहरुको जीवन एकाएक फेरिएर बहार आउने भएको छा । हामी दुखी दरिद्रीको यो मुलुक मा हामि मध्धेकै ४०-५० जना मन्त्री भएर रातारात जिबनशैली फेरिनु अबस्य खुसिको कुरा हो ।
४०-५० हैन मन्त्री हरु त अझ चालिस पचास हजार हुनु पर्छ अनी तीन तीन महिनामा सरकार फेरिएमा एक दिन सबै नेपालीको मन्त्री बन्ने अवसर प्राप्त हुन्छ । अनी सबै नेपालीको जीवन स्तर उकासिन्छ । उहाँले यस्तो पुनित कार्यको सुरुवात गर्दै हुनुहुन्छ । आलोचना किन ? प्रोत्साहित गर्न पार्ने ठाउमा उल्टै हतोत्साहित किन ??

बरु एउटा कुरा चाँही अली अचम्म लागिरा'छ । त्यति धेरै मन्त्री हरु भएसी सबैलाई प्रधानमन्त्री ज्युले चिन्नुहुन्छ की चिन्नुहुन्न होला ?? तर जे होस् मन्त्री हरुले चै अवस्य चिन्नुहुन्छ उहाँलाई । एक्कासी जम्काभेट हुँदा मन्त्रीले भन्नु होला -" प्रम ज्यु नमस्ते !"
प्रम ज्युले भन्नु होला -"नमस्ते नमस्ते !"
मन्त्रीले भन्नु होला -" अनी आरामै ?"
प्रम ज्युले भन्नुहोला -" आरामै भएको अवस्था हो ,तर तपाईंलाई अली चिनिन भन्ने हामिलाई लाइरा'छ !"
मन्त्रीले भन्नु होला -" ल ! कस्तो नचिन्नु भा'को त ? म उही क्या त अस्ति भर्खर तपाईंले सफत खुवानुभा'को मन्त्री !"
प्रम ज्युले भन्नु होला -"ए मन्त्री ज्यु पो ? कस्तो चिन्नै गाह्रो भएको त !एक फेर परिचय पत्र देखौनोस त !"

मन्त्रीले भन्नु होला - "चिनेर साध्दे पनि हुनु परो नी ! दश बिश जना मन्त्री भए पो चिनिन्छ । त्यति धेरै मन्त्री हरु एक से एक कसरी चिन्नु ? लु हेर्नोस मेरो परिचय पात्र !"
(त्यसपछी मन्त्रीले परिचय पत्र देखाउनु होला अनी प्रम ज्युले चिन्नु होला )

अब जो पनि मन्त्री कार्यालय मा खर्दार को जागिर खान भन्दा मन्त्री बन्न सजिलो हुन थालिसक्यो ।एक सिटे पार्टी ले तीन चाडा मन्त्री पड्काउन थालिसके । यस्तैमा प्रम एक दिन एक बुढा प्रम ज्यु को ढोका मा प्रकट भएर भनेछन -" प्रम ज्यु नमस्कार !"
प्रमले भन्नु भएछ -" नमस्ते नमस्ते !!"
बुढाले भनेछन - "मलाई चिन्नु भयो ? !"
 प्रम ज्युले भन्नु भयो -"किन नचिन्नु तपाईं मेरो सुभचिन्तक हुनुहुन्छ !"
बुढाले भनेछन -" बाबु म त तपाईंको सुभचिन्तक हुँ अब तपाईं नी मेरो सुभचिन्तक बनिदिनु पर्‍यो । बाबु मलाई सहयोग गर्न पर्‍यो । म बुढाको उद्दार गर्नुहोस । "
प्रम ज्युले भन्नु भयो -" भन्नुहोस! मैले के गर्नु परो भन्ने तपाईंलाई लाइराछ ??"
बुढाले भनेछन - बाबु , मेरो छोरा साह्रै लन्ठु भएर निस्कियो । त्यसले नत पढ्न सक्यो न त कुनै इलमै गर्‍यो । यसलाई पनि मन्त्रीमा जागिर लगाइदिनु परो !"
(प्रम ज्यु अक्क न बक्क हुनुभएछ )

Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका