"सररर चचहुइइइ !
सररर चचहुइइइ !"
राम्बाबु पिङ मच्चाउदै चिच्याएको आवाजले सबका निद खतम गर्यो । पुकमल,झलुनाथ,छुसिल,कुने,खड्ग,चन्द्र,बादुर कसैले पनी आरमले सुत्न सकेनन । मोहनबाले कानमा रुओ खाँद्ने मेसोमा एउटा तकिया पुरै उदारेर सके तर चचहुइको आवाजलाई कानमा पस्नबाट रोक्न सकेनन । "कती वाहियात र कर्कस आवाज हो यो ? बिस्तारबादी संगित मिसिएको !" बुढा एक्लै जंगिए । तर जंगिएका मोहनबालाई फकाउन निन्द्रादेबीले चासो दिइनन र उनका ढोका ढक्ढकाउन आइनन ।
साच्चै भन्ने हो भने राम्बाबुले पिङ मच्चाउन थाले देखिनै राजनीतिक टोलबाट निन्द्रादेवी अलप भइन । निन्द्रादेबिको अनुपस्थितीले टोलका बासिन्दाहरु बेचैन देखिए । नियास्रो र छट्पटीको रोगले च्यापेर उठौ कि बसौ कि कुदौ झै हुन थाल्यो । र आफु पनि त्यसैगरी पिङ खेलेर चचहुइको भाकामा चिच्याउने रहर बढ्दै गयो ।
सदाझै आज पनि पिङचौरमा सारा टोलबासी जम्मा भयो । पिङ खेल्ने आसाले लिङाछेउ उभिए । राम्बाबुले कसैलाई बाल दिएनन । कहिले उठेर त कहिले बसेर कहिले रिङ्गाएर आफ्नै धुनमा पिङ खेल्न मस्त रहे । उही धुनमा चियाइरहे -"
"सररर चचहुइइइ !
सररर चचहुइइइ !"
झुस्स दारीमा हात पुर्याउदै छुसिलले भने -" ए राम्बाउ ! तिमी मात्रै त्या चडेर मच्चिदै उ गर्ने? हाम्रा चन्द्र,बादुरहरु पनि रहर गर्दैछन । उनिहरुलाई नि उ गर्न दिन परेन ? " राम्बाउले वस्तै गरेनन । आफ्नै धुनमा पिङ खेली रहे । "
गरालो,लठारो,लिङा र काम्रो सबैको निरिक्षण पच्यात मोहनबाले भने - "लठारो पुरै बरालिएको छ । गरालो दखिन ढल्किएको छ । यिनी नियतबस दखिन मच्चिदै छन यिनलाई खसाओ । "
"कहिले काही गुरिल्ला सैलीमै बुर्कुसी मारेपनी , कहिले कही चै साह्रै मनासिव कुरा गर्छन यीनी ।"
अली अघी सर्दै खड्गले भने ।
"यिनिलाई खसाल्नै पर्छ । ह्या बाँदरको अनुहार परेको को छ ?लु यो बाँसमा चडेर हल्लाई हालुम त !"
"बर्तमान परीपेक्षमा गरालो दखिन फर्किएको रहस्य, मोहन बाले जसरी खोल्नु भो त्यसरी बाँस हल्लाएर यिनी खस्दैनन !"
आफ्नो अनुभब सुनौदै कुनेले भने ।
"यही गरालो दखिन फर्किएको कारण नै पिङ खेल्या खेल्यै गरेको मेरै अनुभव छ । बरु अरु जुक्ती खोजुम ।"
"भन्देखिन्लाई अर्को जुक्ती भन्नसाथ मलाई फ्याट्ट एउटा उपाए फुर्यो । "
चेस्मा मिलाउदै बादुरले जुक्ती फुराए ।
"अब सितलेबा लाई माथी चडाएर लठारो काट्न लगाइदिम । राम्बाबु भुइमा पछारीन्छ अनी ठीक्क पर्छ । "
"तोइट !"
कुम हल्लाउदै पुकमल जंगिए ।
"लठारो नै काटेपछी तिमारु चै के खेल्छौ पिङ ?"
अरुले सोधे- "अनी क्यार्ने त ?"
पुकमलले भने -"यिन्लाई म फकाइ फुलाई ओराल्छु तर त्यसको लागी चै एउटा सहमती गर्नु पर्छ । "
अरुले सोधे - " के सहमती ?"
पुकमलले भने -"त्यसपछी पिङ खेल्ने पालो मेरो
No comments:
Post a Comment