किस्ताबन्दीमा संबिधान

Sunday, October 14, 2012


वास्तवमा भन्ने हो भने लाजिम्पाट दरवार सर्त प्रस्ताव र सपना उत्पादन गर्नको लागी सबै भन्दा उर्भर ठाँउ हो । जहाँ बाट हरेक दिन नयाँ नयाँ सर्त हरु उत्पादन हुन्छन । र त्यसले नेपाली राजनीतिलाई लट्याइरहन्छ र उनकै वरीपरी घुमाइ रहन्छ । दिन दिनै नयाँ नयाँ प्रस्तावहरु उत्पादन हुने गर्दछ । जसले हप्तौ राजनीतिलाई तरङित बनाइदिन्छ र मिडियालाई आफुतिर खिच्छ । त्यहाँ दिनदिनै नयाँ नयाँ सपनाहरु पनि उत्पादन हुने गर्छ । जसबाट सबै पार्टीका नेताहरु आफुलाई हुनेवाला प्रधानमन्त्री बनाउछन र आफुलाई लाजिम्पाटकै वरीपरी घुमाउछन ।

लाजिम्पाटे सपनाको सुरमा धेरै नेताहरुले पटक पटक आफुलाई प्रधानमन्त्री बनाइ सकेका छन । पछील्लो समय अस्ती मात्र सुसिलदा प्रधानमन्त्री बन्नु भयो । त्यसपछी अस्ती बाट एकाएक लाजिम्पाटले जनतालाई पनि सपनाको नसामा लठ्ठ पारेको छ । त्यहा बाट संबिधान बन्ने जस्तो कुरा आएको छ । अब नमिल्या कुरा पछी मिलाउने गरी भए पनी संबिधान भने बनाइहाल्ने कुरा अघी आएको छ । यस अर्थमा संबिधान अब किस्ताबन्दीमा आउने भएको छ ।

यदी त्यो सपना बिपनामा परिणत भएमा मिलेका बिषय राखेर पहिलो किस्ताको संबिधान जारी हुनेछ । त्यसपछी अर्को टुक्रा कुरा मिल्लासाथ त्यसलाई राखेर दोस्रो किस्ताको संबिधान जारी हुनेछ । यसरी । मिलेका कुराहरुको मात्र संबिधान बनाउदै जादा संबिधान का थुप्रै भागहरु बन्ने छन । अत्यमा पुरै किस्ता चुक्ता हुने छ । र संबिधान नेता र दलहरुका मुठ्ठी बाट फुस्किएर जनाटकओ मुठीमा आउने छ ।

त्यसको लागी जनताले हेरी रहनु पर्छ धर्य र प्रतिक्षा गरिरहन पर्छ । हुन पनि आजभोलि बजारमा सबै कुराहरु किस्ताबन्दीमा पाइन थालेका छन त्यसमा संबिधान चाही किन अछुतो रहन्थ्यो र ? 

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका