समय अत्यन्त लोसे भैरहेछ । जहाँ सबै प्रगतीहरु घस्रिदै छ । सबै कुरा ओरालो
गतिमा तिब्र छ । तर अपवाद,बजारमा बस्तुको मुल्य भने बढी रहेछ बढीरहेछ उभोतिर ।
सुनियो मुला पर्साद, फर्सी कुमारी ,गाजरी नानी, टमाटर लाल , भेन्टामणी , परवल राम ,आलु कुमार , काउलिनी बजै लगायत सारा तरकारीहरुका मुल्यहरु एक दिन पर्वतारोहणमा उत्रिए रे । छिडी चडेर
सुरु भएको उनिहरुको पर्वतारोहण । साना साना पहाड हिमाल हुँदै अन्नपूर्ण मनास्लु
सम्मा पुगिसक्यो रे । धौलागिरीमा त उहिल्यै बसेर उनिहरुले बियर दन्काइसके रे ।
यता पेट्रोलियन पदार्थको मुल्यलेले झन औधी गरिसकेछ । बिस्तारि उहिल्यै खुत्रुक
खुत्रुक नाम्छे हुँदै सगरमाथा उकालो लगाएर अस्ती नै बिजयी झन्डा फहराएछ । यता का
उपभोक्ता ट्वाँ परेका पर्यै । कारण अब
पेट्रोलियम पदार्थको मुल्य सगरमाथा पुगी सक्यो । अब त यो खरिद गर्न तेन्जिङ नोर्गे
शेर्पाको भन्दा कम साहसले पुग्दैन ।
मुल्य बृदिको साइज यसरी बढेछ की त्यसको उचाइले सगरमाथालाइ टपेछ । तैपनी उसको
बृदि रोकिएनछ । हुँदाहुँदै एक दिन मुल्य बृदिको अनुहार हेर्न खोज्दा सगरमाथाको
टोपी खस्ने दिन आएछ । र सगरमाथा लाई डल्ले भनेर जिस्काएर हैरान पार्न थालेछ । एक
दिन त अत्ती भएर सगरमाथाले मुल्यब्रिद्दिलाई थर्काएछ -"अब चै डल्ले डल्ले
भनेर जिस्काइस भने कुटाइ खान्छस !"
यि त खाध्यान्न र उपभोग्य बस्तुको मुल्यमा भएको बृदिको कुरा भो । अब कुरा गरुम
खासै उपभोग गर्न आवश्यक नपर्ने सुनको कुरा । एउटा बाबु साह्रै झोक्किएर आएर छोरा
लाई थर्काएर भनेछन -"कुलङ्गार मोरा !"
एक्कसी थर्काएको देख्दा छोरो जिल्ल पर्दै सोधेछ -"किन बुवा के भयो र ?
किन कुलङ्गार भनेर गाली
गर्दै हुनुन्छ ?"
बाबुले भनेछन-" केही गरिस भनेर
हैन केही गरिनस भनेर कुलङार भईस । यो उमेर भै सक्दा पनी एउटा केटी भगाइनस ।
अब यो महगो सुन किनेर बिहे नै गर्दिनुपर्ने बनाइस है !"
सङ्राहलय मा भिड थियो जहाँ एउटा बाक्सामा पहेलो बस्तु राखिएको थियो । एक महिला
अर्किलाई त्यो बस्तु चिनाउदै भन्दै थिन - "बाक्सा भित्रको पहेको बस्तुलाई सुन
भन्दछन । पहिले पहिले महिलाहरु यसका लगाउथे रे !
No comments:
Post a Comment