बच्चामा पढाईको
सुरुवात नै ए फर एप्पल बाट भएर हो कि किन हो । जुनै मानिस पनि स्याउ भनेसी हुरुक्क
हुन्छन । राती रङमा पाइने गुलियो फल स्याउ स्वादमा पनि कम्ता मिठो हुन्न । त्यसैको
स्वादमा आदी मानवहरु फसेर संसारमा
पापको जन्म भएको हो रे । तर अचेल त्यो गुलियो रातो फलले मान्छे हुरुक्क भएका होइनन
। अहिले हुरुक्क भएका छन त स्वादहिन सेतो फलले । अचेल स्याउ अर्थत एप्पल भन्नाले
रुखमा फल्ने फल बुझिन्न । बरु हाम्लाई सबभन्दा बढी लोभ्याउने ग्याजेट हरु आइफुन , आइप्याडका जुठो स्याउको चित्र अन्कित ब्राण्ड लाई बुझाउछ । जुन यो पुस्ताको
लागी सबैभन्दा दाम्मी गिफ्ट बनेको छ ।
त्यसैले त हामी
खादा सुत्दा उठ्दा बस्दा पिउदा चपाउदा निल्दा खाली त्यै स्याउ ब्रण्डे अाइफुन फाइव
देखी देख्दैनौ । बनाउने हरुले हाम्रा अपरेटर हरुका सिम नै नलाग्ने बनाइदेछन तैपनी
आइफुन का पछाडी कुद्ने हरुको लाइन घटेको छैन । हेर हाम्रा मोटा बुद्दी ! हम्म्रा
मुस्ताङ ,जुम्ला तिर त्यस्ता स्वादिला स्याउ हरु त्यसै कुहिरहेका छन
। ति स्याउ उत्पादक हरु बजार नपाएर पुर्पुरामा हात लगाएर बसिराछन । तर हामी चै
त्यै न त खान मिल्ने न त हाम्रा अपरेटर हरुको सिम हालेर चलाऊन मिल्ने त्यही
अमेरिकी सेतो स्याउको पछाडी कुदिरहेका छौ ।
अमेरिकाबाट महगाँ
सेता स्याउ बनाएर खेलाउनु भन्दा जुम्ला बाट स्वादिला राता स्याउ मगाएर खाए कसो
होला ? त्यो एउटा सेतो स्याउ किन्ने पैसोले कती बोरा राता स्याउ
आउछ बिचार पुर्याउनुभा'छ कहिल्यै ? खाने नै स्याउ सस्तामा पाईन्छ भने जाबो खेलाउने
स्याउ किन त्यत्रो पैसो तिरेर किन्ने ??
No comments:
Post a Comment