दर कि दारु ?

Tuesday, September 18, 2012


यसपाली तिजमा दर र दारुले खुबै चर्चा पायो । मनसुन सकिएर भर्खर पानी छिट्याउन थाले पछी सुरु भएको दर खाने क्रम अस्ती पात्रो मै लेखिदिएको दर खाने दिनमा आएर टुङ्गिएको छ । परार भन्दा पोहोर बढी पोहोर भन्दा अहिले बढी देखिएको महिनौ दर खाने चलन बढदै गएको देख्दा यस्तो लाग्छ कि । अब कुनै बर्ष देखी नेपाली महिलाहरु सालीन्दा नौ महिना दर खान्छन एक दिन ब्रत बस्छन र दसैं कटाएर बाँकी समय सामान्य जीवनयापन गर्छन ।
तस्बिर साभार :  orgs.okstate.edu
"क्यार्न खाएको त्यो उल्काले दर ?" नसोध्नोस सिधै उत्तर आम्छ कि " पुरुषहर्ले बाह्रै महिना दारु खान हुने । अनी हामीले चै जाबो एक डेड महिना दर खान किन नहुने ?" त्यसो त दर दरमा मात्र सिमित छैन । दरमा खाद्य पदार्थ मात्रै पनि सिमित छैन । प्रसस्तै भेटिन्छन पेय पदार्थ मिसाउनेहरु पनि । नत्र के का अम्बल ले खान्थे र महिनौ दर ? खिर को लत पक्कै बस्दैन । मासुको लत पक्कै बस्दैन । भटारे, पुलाउ , लालु राजमा टक पक्कै बस्दैन । गिलासमा खन्याएर जुस, कोकाकोला सधैं पिउन मन लाग्दइन । अचेल महिलाका गिलासमा पनि पुच्छर उम्रिन थाललेका प्रसस्तै देखिन थालेका छन । तब न दर दारुको बाहना बन्न थालेको छ । र महिलाहरुले महिनौ सम्म दर खाए की दारु खाए अली कन्फ्युज कन्फ्युज भएको छ ।

शब्दैमा हेर्ने हो भने पनी दर र दारुमा खासै भिन्नता छैन । मात्र द लाई कान लगाइदिएर र लाई तर्कुले लगाउनासाथ दर दारु बन्छ । प्राक्टिकल मै हेर्ने हो भने पनि केही चौटा हरुलाई बिथापित गरेर त्यहा बोतलको झोल लाई सामेल गराउना साथ त्यो दर हैन दारु पार्टी बन्छ । दर भनम वा दारु भनौ आखिर दुबै पिउने बहाना नै हुन । अब दर लाई सुन्दा यसमा इकार उकार केही नलागेकोले यो पुरुषबाचक शब्द जस्तो लाग्छ त्यसैले महिलाहरु दर तर्फ लागेका छन । दारुमा उकार लागेकोले सुन्दा स्त्रीबाचक लाग्छ त्यसैले पुरुषहरु दारु तिर लागेका छन ।
एउटी श्रीमती साँझमा दर खान निस्किदा श्रीमानलाई पनी फाईदै छ । कारण उ पनी ढुक्कले दारु खान जान पायो । रोक्ने कोही भएन । भरे फर्किदा दुबैको मुख गनाउने कसैलाई कसैको बालै भएन । साच्चै तिजको पुर्वसन्ध्यामा गज्जपै भयो । श्रीमती रातो सारीमा दर खान गयो । श्रीमान कालो दारीमा दारु खान गयो ।        

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका