संबिधानसभाको उपलब्दी रक्षा

Friday, September 28, 2012

संबिधानसभा बिघटन भए पछी प्राय सबै दल र नेताहर्ले भन्दै आएका छन की संबिधान सभाका उपलब्दीलाई कुनै पनी हालतमा गुम्न दिनु हुन्न । यसो सुन्दा एक्लै मरी मरी हासो उठ्छ । ए रात्तै जुन संबिधान बनाउन आएको संबिधान नै नबनाइ गयो भने त्यसको कुन उपलब्दी छ र त्यसलाई रक्षा गर्ने ? तै पनि के सत्तापक्षी के प्रतिपक्षी दुबैले एकै स्वरमा भनेका भन्यै छन -"अरु जे भए नि संबिधान सभाको उपलब्दी चै गुम्न दिनु हुन्न है ।"
गर्ने कामै गर्न नसकेको संबिधानसभाको उपलब्दी रक्षा गर्ने कुरा हासो पनी उठाउछ । अचम्म पनी बनाउछ । तर कहिले काही अली आसा पनि जगाउछ उपलब्दी रक्षे गर्न त उपलब्दी पनि हुनै पर्‍यो । हुँदै नभाको उपलब्दी त रक्षे गर्ने कुरो भएन । यसरी बुझ्दा बाहिर केही नभए पनि भित्र भित्र चैनी खुपै प्रगती भएछ की भन्ने लाग्छ । तर भाको जस्तो त केही देखिदैन । तर आजकाल अली कुरा बुझिन थालेको छ । वास्तवमा संबिधानसभा मुलुक र जनताको लागी खासै उपलब्दीमुलक हुन नसके पनी । नेता बर्गको लागि भने निकै नै उपलब्दीमुलक भएको छ ।

संबिधान सभाकै अबधीमा कती नेताज्युको रातो पासपोर्ट ब्यापार फस्टाएको थियो । अझ कती ठुलो कुरा ६०१ जनाले राम्रै र आरामकै रोजगारी पाएका थिए । कती नेताज्यु अस्थाइ बासिन्दा भएर काठमाडौं छिरेका थिए अहिले माहाआस्रम बनाएर स्थाइ बासिन्दा बनेका छन । कतिले गाडी जोडेका छन । अझ ठुला नेता हर्का त कुरा नगरुम । ह्वहाँर्ले त आफ्न बालबालिका लाई दुई तीन फेरा विवाह नै गराउन सफल हुनु भयो यस् अवधीमा । यस्ता अनगिन्ती उपलब्दी हरुको बर्णन गरी साध्हे छैन । कती नेता सभासद ज्यु हरुले त यती धेरै उपलब्दी गरी सक्नु भाको छ की अब उहाहरुले जीवनमा अरु कुनै उपलब्दी नै गरिरहनु पर्दैन । मात्र त्यस्लाई नगुमाएर राख्न सक्न मात्रै पाए पनि जीवन सार्थक बन्यो ।
अहिले अचानक दलहरु बिच सहमती भएर चुनावको घोषणा भएको छ । चुनावको चुनावको सहमतीले पनी दल अनी नेताहर्मा त्यती उत्साह जगाएको छैन बरु एउटै त्रास र आसंका बाँकी नै छ उहा हरुमा जीवनको सबैभन्दा ठुलो कमाइ भनु या सफलता भनु त्यही बिलमी नै बनाएर पठाइदिएको संबिधान सभाको उपलब्दी थियो । त्यो पनि गुम्यो भने ? हो साच्चै उपलब्दी गुम्न हुन्न । उपलब्दी गुम्यो भने नेताका आँखामा आँसु देखिन्छ । जनताको आँखामा देखिने आँसु नेताको आँखामा देखियो भने त घोर अनर्थ भाई हाल्यो नि । त्यसैले 'गुम्न दिनुहुन्न संबिधानसभाको उपलब्दीलाई गुम्न दिनुहुन्न यसलाई :)

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका