भरे बेलुका पानी पर्‍यो भने ??

Saturday, May 5, 2012


त्यतिबेला एक्कासी मेघ गड्गडाउने  
बिजुली चम्किने
र झपक्कै छोप्ने कालो बादलले
हेर्नको लागि आकाश हुने छैन
गन्नको लागी तारा हुने छैन

साच्चै भरे बेलुका पानी पर्यो भने
के सोचेर बस्ने होला ,
कुन गीत सुन्ने होला ?


बलेसिमा भेल चल्ने छन
निथ्रुक्क पार्ने छन बाछिटाहरुले
साँझ परेसी बस्तुभाउ बास पसे झै 
तछाड्मछाड छिर्ने छन यादहरु
बर्षातको चिसोमा सल्कन्छन यादहरु
र  पोल्नेछन  भतभती  

साच्चै भरे बेलुका पानी पर्यो भने
कुन यादमा तड्पने होला,
कुन लेबल पिउने होला ?

2 comments:

asmi said...

good writing but seems you have edited it a lot :)

Rabi Mishra said...

धन्यवाद । तर कसरी थाहा भयो मैले जे गरे ??

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका