पैले पैले अनिस्ट पर्दा
राती आकाशका तारा रुन्छ भन्थे । यसपाली प्रकाश रोए र अनिस्ठ सुरु भएको घोषणा गरे ।
तारा पिलपिल रोए पनि प्रकाश ले चम्किने गर्थ्यो । अहिले केस फरक पर्यो । यस्पाली प्रकाशै
रोए । प्रकाशै रोएसी धर्तिको उज्यालो सेलाउदै गयो । बातावरण अन्धकारमय भयो । चारै तिर
अन्धकार छायो । संबिधानसभाको आकाशमाथी कालो बादल मडारियो । सर्वदलिय बैठकमा के भयो
भनी जान्न ब्यग्र पत्रकारको अगाडि उनी क्वाँ क्वाँ रुँदै प्रकट भए । माइक र केमराको
सामुन्ने आइपुग्दा उन्को रुवाइको भोलुम अझै तेज भयो ।
"ही ही ही ही
!"
उनी रोए ।
"हैन नेता कामरेड
के भयो तपाईंलाई । "
पत्रकारले सोधे ।
"ही ही ही ही
!"
उनी बोलेन मात्र रोइरहे
"ही ही ही ही
!"
"हैन कामरेड के
भयो तपाईंलाई ? खाली रोइरनु हुन्छ । यत्राो जुँगा मुठे मान्छे यसरी रुन्छन ?? देख्नेले
नि के भन्लान ? बेइज्यत । "
एक जना अली पाका पत्रकारले
फकाउदै सोधे ।
"खुपै । जुँगा
मुठे ! को जुँगामुठे ?"
"जुँगा मुंठे
त प्रचन्ड काम्रेड पो त । के आँखा हेर्नुन्छ तपाईंहरु पनी ? मैले त सफाचेट पार्या छु,
बिहान मात्रै काट्या । हजामले ५० रुप्पे ठटायो । "
त्यसपछी के बिर्सें
जस्तो गरे। यता उती चारै तिर हेरे । अनी गोजिमा
हात घुसारे फेरी निकाले । अनी केही सम्झे जस्तो गरे । अनी फेरी रुन थाले ।
"ही ही ही ही
!"
"अरे कामरेड तपाईं
त फेरी पो रुन थाल्नु भयो त !"
दिक्क मान्दै पत्रकार
हरुले भने ।
"मुलुक चलाऊनु
पर्ने तपाईंजस्ता मान्छेले यसरी पिल पिल रोएर हुन्छ ? रातभरी संबिधान लेख्नु पर्ने
मान्छे आसुले कापी किपात भिज्यो भने संबिधान लेखन भाँडिडैन ?? लु बरु कामरेड लाई एउटा
ठुलो क्याटबरी दिम्ला । नरोइकन खुरुखुरु भन्नोस त बैठकमा के भयो । बाबु ग्यानी !!
पत्रकारले फकाएसी ।
सर्टको बाउलाले आँसु पुछ्दै प्रकाशले भने ।
"बैठकमा पैरो
गयो "
"बैठकमा पैरो
गयो रे"
पत्रकारले सोधे ।
"बैठक त कोठा
भित्र बस्या हैन र ?अनी क्यारी गयो पैरो ??कोठा भित्र नि पैरो जान्छ थोडी ??"
"किन जादैन ।
हिउदमा पैरो जाने नै कोठामा हो । पखेराँ जाने त साउनाँ हो । "
उनले भने ।
"पैरो मात्र हैन
आकाश खस्यो । धरती फाट्यो । "
"अनी के भयो
?"
आस्चर्य मान्दै उत्सुकता
पुर्वक पत्रकारहरुले सोधे ।
"अनी संबिधान
सभा बिघटन भयो !"
उनले भने ।
"यतास्थितिबादी
हरुले खड्यन्त्र गरे "
"हैन संबिधान
सभा त बिघटन भा छैन नि त अझै भैसक्यो र ?"
पत्रकार हरुले सोधे
।
उनले प्रश्नमा बाल
देनन र भने ।
"मुलुक डुब्यो
मुलुक बिग्रियो मुलुक सकियो "
भन्दै गर्दा रुन बिर्सेंका
उनले फेरी हिँहीँ गर्न थाले र भने -"लौन प्याज काट न कसैले , आँसुले नि साथ दिदैन
कहिले काँही त !"
आखिर उनले भने जस्तै
भोली संबिधानसभा पनि बिघटन भयो । रुने काममा प्रकाश कामरेडले नै उछिनेका हुँदा प्रचन्ड
कामरेड चाँही न रुन सके न त हाँस्न नै ।
No comments:
Post a Comment