कुरै कुरामा भुलाएर फुत्त सरकाराँ छिराउन के बेर तपाईंले

Wednesday, May 9, 2012


"ए कामरेड !"

चलाईराखेको मुस्ताङ गाडी रोकेर टिटिट पार्दै कामरेड बाबुरामले सोध्नु भयो ।
"कता ?"
"दक्षिण तिर । "
सिनित्त आइरन गरेको कोट पाइन्ट । उभो फर्काएको कपाल चेस्मा अनी चड्कन खाइ रातो बनेको भुक्लुक्क उप्सिएको च्वाँक गालामा चिरिच्याट्ट परेका कामरेड झलनाथले मन नलागी नलागी उत्तर दिए -"दक्षिन तिर लागेको म ?"
"दक्षिण पट्टी रे ??"
जुगाँ मुसार्दै बाउराम कामरेडले भन्नु भयो .
"दक्षिण तिर लाग्न हुन्न "
कारण खुलाउनु भयो ।
"दक्षिण तिर लाग्यो भने भने दक्षिणपन्थी होइन्छ । "
"के रे के रे ? कम्निस्ट पार्टीको कार्जेलए जाँदा नि दक्षिणपन्थी होइन्छ थोडी ?"
टाउकाबाट बाफ छुटाउदै कामरेड झलनाथले भन्नु भो ।
म बस्छु डल्लु पार्टी कार्यलय छ बल्खु । अनी दक्षिणजादा दक्षिणपन्थी होइन्छ भनेर उत्तर लागुम म ??
"एमाले दक्षिणपन्थी बाटोमा गयो भनेर भाषण ठोकिन्थ्यो । अहिले सहि लाग्यो "
पाएको मौकालाई नगुमाइकन बाउराम कामरेडले ठेली हाले ।
" जुन पार्टीका अध्यक्षे नै पार्टी कार्यलय जाँदा दक्षिण तर्फ बाटो लाग्छन भने त्यो पार्टी डेफिनेट्ली दक्षिणपन्थी हो भन्ने हामीलाई लाइरा छ " 
"ए रात्तै ! को दक्षिणपन्थी ? जस्तो आफु उस्तै च्यापु भन्ने ?"
कमरेड झलनाथ रन्किनु भयो ।
"त्यो त बैध्य कामरेड लाई सोधे भन्दिन्छन दुध को दुध पानीको पानी "
"ति बुढाको न कुरा गरुम "
कामरेड बाबुरामले भन्नु भो ।
" तिनी पनि कम्ती छैनन दक्षिणपन्थमा । पार्टी कार्यालय बुद्दनगर हुँदा । तिन्का डेरा गंगबु थियो । त्यसैले पार्टी कार्यालय आउँदा जहिल्यै दक्षिण तिर पर्थ्यो । दक्षिण तर्फको यात्रा गर्दा गर्दा तिनलाई पनि दक्षिणपन्थी संक्रमणले भ्याउनु भ्याएको छ । पछी पो पेरिसडाँडा सर्यो त अपिस । "
"उटटाप कुरा नगरनोस खै बाटो छाड्नोस "
कामरेड झलनाथले भन्नु भयो ।
"मलाई जान हतार भयो !"
"हैन हैन कामरेड एक छिन त पर्खनोस "
कामरेड बाबुरामले भन्नु भो ।
"मेरो कुरा त सुन्नोस "
"सुन्नु पर्या छैन कसैको कुरा । "
कामरेड झलनाथ बम्किनु भयो ।
"म किन सुनुम ??"
फेरी एकछिन सोच्नु भो र भन्नु भयो ।
"भन्नोस न त भन्नोस । के भन्न लाग्या सुनुम । "
"हाहाहाहा मलाई थाहा थियो तपाईंले सुन्नु हुन्छ भनी । लु सुन्नुहोस । "
कामरेड बाबुरामले भन्नु भो ।
"कम्निस्ट हरु बिर्सेंर नि दक्षिण लाग्नु हुन्न । उनिहरुलाई दक्षिण फाप्दैन तेसैले अन्तै बिचार  गर्नोस दक्षिण नलाग्नोस । "
थप्नु भयो
"यदी लाग्न खोज्नु भो भने त्यस भन्दा अघी कालो बिरालोले बाटो कटाइदिन्छु । "
"केरे केरे ?? बिरालोले बाटो कटाइदिने रे ? तेसो चै गर्नु भो भने त सेओर अबिश्वासको प्रस्ताब पेलिन्छ तपाईंलाई "
कामरेड झलनाथले अली कडै रुपमा भन्नु भो ।
"दक्षिण नलागे कता लाग्ने त ? भन्न खोज्या चै के तपाईंले ??"
"आम्नोस पूर्वतिर जाम । सिंहदरबारतिर "
कामरेड बाबुरामले भन्नु भयो ।
"मैले भन्न खोज्या चै यही " 
"अँ यही पो भन्न लाग्या अघी नै देखी ? सिंहदरबार मा त ज्यान जाला गइन्न "
कामरेड झलनाथ बाटो लाग्नु भो र भन्नु भो ।
"बिरालो को के कुरा बाघैले बाटो कटाइदिए पनी दक्षिण लागे म "
"ए कामरेड एक्छिन त पख्नोस । "
कामरेड बाबुरामले भन्नु भो ।
"ल आम्नोस आम्नोस ह्याँ मुस्ताङमा बस्नोस म तपाईंलाई दक्षिणै पुर्याइ दिन्छु । "
"अँह अँह पर्या छैन कसैको मुस्ताङमा बस्न "
कामरेड झलनाथले भन्नु भो ।
 "कुरै कुरामा भुलाएर फुत्त सरकाराँ छिराउन के बेर तपाईंले "
(पात्रहरु र सम्बाद काल्पनिक हुन् )

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका