लामो समयको ग्याप पछी
फेरी दिनै जसो भटाभट नेपाल बन्द हुन थालेका छन । संबिधान बन्ने दिन नजिकिदै जाँदा संबिधान
सभा चुनाव हुने बेला ताका जसरी नै दिनहुँ बन्द हुन थाल्दा हाम्रो शिशु गणतन्त्र साँच्चिकै
संस्थागत हुन थाल्यो कि भनेर मनमा त्यसै त्यसै हर्श को मेची काली उर्लिएको छ । जसरी
पैले पैले दिनहु बन्द हुँदा जसरी संबिधान्सभाको चुनाव भाथ्यो अहिले पनि उसै हरी दिनहु
बन्द हुँदा संबिधान नै बन्ने हो कि भन्ने आसा उखर्माउलो बन्दै गएको छ । त्यसभन्दा पनि
दिनदिनै बन्द, बिहान बिहानै बन्द । दिम्सो दिनभरी बन्द । बेलुका फेरी सम्साझै बन्द
। उस्तै परे निन्द्रा लागेन भने मध्यराती उठेर पनि बन्द ।
यसरी लगातारको बन्दले
नेपाल साच्चिकै नेपाल जस्तो देखिएको छ । लामो समय सडक नदेखिएको नेपाली पन फेरी जुर्मुराएको
छ । फेरी सडक हरु रित्ता देखिन थालेका छन । झड्याम झड्याम गाडी हरु धुलिन थालेका छन
। सडक हरु बडा गणतान्त्रिक देखिन थालेका छ । तपाईं भन्नु होला क्या हो यो गणतान्त्रिक
सडक भन्या भनेर ? वास्तवमा हाम्रा सोचमा उठेको गणतन्त्र त्यो हो । जहाँ मानिस स्वतन्त्र
हुन्छन । ठुला साना सबै बराबर हुन्छन । यो बन्दमा पनि असिमित स्वत्रन्त्रता हुन्छन
काला काला सडकको बिचबाट मस्ताराम हिंड्न पाईन्छ । कसैले रोक्दैनन नत गाडी ले हान्ला
भन्ने डर नै हुन्छ । फेरी गाडी भएका र नभएका दुबै थरी मान्छे हरु एउटै सडकमा पैदलै
हिड्छन ।
यस्तो लोभलाग्दो समानता बन्दले जुराउने गर्दछ अहिले यस्तै स्वतन्त्रता जुरिरहेको
अवस्था छ ।
पछील्लो समय जाती र
भुगोलको नाममा बन्द गर्ने फेसन चल्या छ । जहाँ दलित जनजाती देखी बाउन छेत्री सम्मले
बन्द गरी सकेका छन । र बन्द नगरेको जाती भेट्नै गाह्रो भैसकेको छ अब त जातिय इज्यत
र पहिचान का लागी समेत बन्द गर्नु पर्ने स्थिती आइ सक्यो । त्यो जाती जसले बन्द गर्दैन
भने त्यो जाती नै नरहला भन्ने डर हुन थाली सक्यो । बन्द नगर्ने जाती त अपहेलित हुन्छन
अब त । स्थिती यस्तै रह्यो भने र कुनै जातीले बर्षमा दुई चार खेप बन्द गर्न सकेन भने
त उसली पानी नै नचलाऊलान भन्ने डर छ । तब न हरेक जाती हरु बन्द गर्न तम्सेका छन । यसै
साता मात्रै बाहुन क्षेत्रीले बन्द गरे । समाज मा पहिले देखिनै कथित ठुला जाती भनेर
मानीएका बाहुन क्षेत्री ले समेत बन्दको कम्पिटिसन मा आफु पछी परेको र यसरी पछी पर्दा
जातीय पहिचान गुम्ने हो कि भन्ने डरले हुनु पर्छ । उनिहरु ले पनि गज्जपले नै दुई दिन
सम्म बन्द गरे । एक जना मित्र भन्दै थिए त्यो बन्द जनै लगाउने हरुको बन्द हो । अब जनै
लगाउने बाहुन हरुले बन्द गरे पछी जनै लगाउने बाहुन हरुले पनी बन्द गर्नै पर्यो । जनै
लगाउने नलगाउने ले बन्द गरेपछी प्याज खाने र नखाने हरुले पनि बन्द गर्नु पर्यो । अब
कोही बाहुन ट्वाँट लगाउछन कोही बाहुन ट्वाट लगाउदैनन बन्दको प्रतिस्पर्धामा ट्वाँट
लगाउने नलगाउने दुबैले बन्द गर्नै पर्यो ।
यसरी सबै जात उपजात
हरुको बन्द गर्ने मेसोमा बन्द नभएका दिन बिरलै भेटिन थालेका छन । सक्ने हरुले पुरै
मुलुक बन्द गर्छन । नसक्ने हरुले स्थानिय स्तर मा बन्द गर्छन । हुँदाँ हुँदा अब त कुनै
नयाँ समुहले बन्द गर्ने हो भने त । खाली दिन पाउनै मुस्किल छ । बन्द गर्नु त्यती ठुलो
कुरा रहेन । तर बन्द गर्नको लागी खाली दिन पाउन मुस्किल छ । बन्द गर्न पनि महिना १५
दिन अगाडी दिन बुकिङ गर्नु पर्ने स्थिती छ अब । हुँदा हुँदा एक दिन त्यो दिन आउछ जुन
दिन बन्द गर्ने दिन पाउनको लागी पानी फोर्स लगाउन पर्ने हुन्छ । य त अगाडी नै बन्द
बुकिङ गर्ने बाट दिन किन्नु पर्ने हुन्छ ।
एक दिन त्यो दिन आउछ जुन दिन बन्द गर्ने को लागी दिन देउ भन्दै आन्दोलन हुनेछ यहाँ
। र बन्द गर्ने दिन को पनि समानुपातिक बितरणको कुरा उठ्ने छ । त्यो बन्द गर्ने दिन
को बाँड फाँड पनी कुन आधारमा गर्ने पार्टीय आधारमा गर्ने वा जातिय आधारमा गर्ने वा
त भौगोलिक आधारमा गर्ने त्यस बिषयमा पनि बबाल बिबाद हुनेछ । उस्तै परे यही निउमा पनि दर्जनौ बन्द हुनेछ ।
तर बन्द गर्दा गर्दा
बन्द भन्ने कुरा यती हल्का हुन थाल्यो कि अब त बन्दले त मागको सुनुवाई हुनै छोड्यो
। त्यसैले अब अब पुरै नेपाल बन्द गर्नु भन्दा ठुला ठुला नेता र मन्त्रीहरुको सौचालय
बन्द गरे कसो होला । एक त जनताले दु:ख नपाउने अर्को त केही घण्टा मै मागको सुनुवाई
हुने ।
No comments:
Post a Comment